राजनीति क्षेत्रमा नेताहरूको भूमिका समाज रूपान्तरणका निम्तिभन्दा धनार्जनतर्फ केन्द्रीत भएको कुरा घाम जस्तै छ । नेताको नामभन्दा नेताको कामलाई प्राथमिकता राख्नुपर्ने आजको आवश्यकता हो । हाम्रो देशमा नेताको कामभन्दा नेताको नामका आधारमा पछि लाग्ने गरेको देखिन्छ । नेपाल जस्तो विकासोन्मुख राष्ट्रमा, राजनीतिक नेतृत्वले जनताको आकांक्षालाई पूरागर्ने, देशको समृद्धि र स्थायित्वको मार्ग प्रशस्त गर्ने जस्तो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्नुपर्ने हो ।
तर, यस्तो अवस्थामा नेताहरूले आफ्नो कर्मलाई प्राथमिकता दिनुको सट्टा धनार्जनमा व्यस्त बनेका छन् । नेता नेतृत्व नै व्यक्तिगत भलाईमा लाग्दा देशको विकास, समृद्धि र समुन्नती होइन कि देशले ठूलो मूल्य चुकाउनु पर्ने हुनसक्छ ।
साथै धनार्जनको प्रयासमा लाग्दा, नेताहरूले भ्रष्टाचार, अनियमितता, र जनताप्रतिको उत्तरदायित्वबाट विमुख हुने जोखिम बोकिरहेका हुन्छन् । राजनीति भनेको सेवा हो र यो सेवाले समाजको हकहितमा कामगर्ने प्रतिबद्धता समेट्नुपर्छ । जसले गर्दा भावी पुस्ताले सयांै वर्षसम्म नेतालाई सम्झिरहुन । जब नेताहरूले व्यक्तिगत लाभलाई प्राथमिकता दिन थाल्छन्, तब उनीहरू जनताको अपेक्षालाई वेवास्ता गर्छन्, जसले गर्दा देशमा विकासको गति अवरुद्ध हुन्छ र जनताको जीवनस्तर खस्किन्छ ।
नेताहरूले आफ्नो कर्मलाई प्राथमिकतामा राख्नुपर्दा, उनीहरूले जनताका समस्या समाधान गर्ने, देशको विकासका लागि योजनाहरू बनाउने, र सबैलाई न्याय र समान अवसर प्रदानगर्ने प्रयास गर्नुपर्छ । यो एक कठिन बाटो हो, जहाँ तत्काल आर्थिक लाभ सम्भव छैन, तर, दीर्घकालीन रूपमा जनताले प्राप्तगर्ने लाभको कुनै तुलना हुँदैन । उदाहरणका लागि, इमानदार नेताहरूले शिक्षा, स्वास्थ्य, र पूर्वाधारमा सुधार ल्याउन ठोस योजनाहरू बनाउँछन्, जसले दीर्घकालीन रूपमा देशलाई समृद्ध बनाउँछ।
धनको मोहले नेताहरूलाई अनुचित मार्गतिर धकेल्न सक्छ। जब नेताहरूले भ्रष्टाचार, घुसखोरी, र शक्ति दुरुपयोग गर्न थाल्छन्, तब जनताले उनीहरूप्रति आफ्नो विश्वास गुमाउँछन् । जनताले चुनावमा दिएको मतको कदर नगर्ने नेताहरूले मात्र आफ्नो व्यक्तिगत धन वृद्धि गर्न खोज्दा लोकतन्त्र कमजोर हुन्छ। लोकतन्त्रको आधार भनेको जनताको विश्वास र सहभागिता हो, जुन नेताहरूले इमानदारीपूर्वक कर्म गर्नाले मात्र कायम राख्न सकिन्छ । नेताहरूले कर्मलाई प्राथमिकतामा राख्न सफल भएमा, उनीहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई होइन, देशको भलो सोच्न थाल्छज् ।
उनीहरूले जनताको हितका लागि कडा निर्णयहरू लिन र कठिन परिस्थितिहरूमा पनि सत्य र न्यायको पक्षमा उभिन सक्छन् । यस्ता नेताहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्छन् । उदाहरणका लागि, नेताहरूले भ्रष्टाचारविरोधी नीति ल्याउँछन र भ्रष्टाचारको बिरुद्द उभिन्छन भने, समाजमा इमानदारीताको संस्कार बढ्छ र आर्थिक समृद्धिको बाटो खुल्छ । धेरैजसो अवस्थामा, नेताहरूले व्यक्तिगत लाभलाई प्राथमिकतामा राख्दा देशले ठूलो क्षति बेहोर्नुपरेको छ।
उदाहरणका लागि, विकासका नाममा भइरहेको ठूला परियोजनाहरूमा भ्रष्टाचारका कारण देशले वित्तीय संकट बेहोर्नुपरेको छ। यस्ता गलत निर्णयहरूले देशको भविष्यलाई खतरामा पार्छ, जसको असर लामो समयसम्म रहन्छ। त्यसैले नेताहरूले आफ्नो व्यक्तिगत लाभलाई तिलाञ्जली दिएर देशको दीर्घकालीन हितलाई प्राथमिकतामा राख्नुपर्छ। नेताहरूले आफ्नो कर्मलाई प्राथमिकतामा राख्न सफल भएमा, उनीहरूले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्छन।
जनताले उनीहरूलाई आदर्श मान्न थाल्छन, जसले गर्दा नयाँ पुस्ताका नेताहरूले पनि इमानदारी र कर्मप्रति प्रतिबद्धता प्रदर्शन गर्न प्रेरणा पाउँछन। यसले देशमा स्वस्थ राजनीतिक संस्कारको विकास गर्न मद्दत गर्छ, जसले लोकतन्त्रलाई बलियो बनाउँछ। निष्कर्षमा, राजनीतिक नेताहरूले धन कमाउनेभन्दा पनि कर्म कमाउनेतिर ध्यान दिनु अत्यावश्यक छ ।
इमानदार र निस्वार्थ नेताहरूले मात्र देशको सही मार्गनिर्देशन गर्न सक्छन् । उनीहरूको कर्मले समाजमा विश्वास, सन्तुलन, र स्थायित्व कायम राख्छ । धनार्जनले नेता व्यक्तिगत रूपमा सम्पन्न बनाउन सक्छ, तर देशको समृद्धि र स्थिरताका लागि कर्मको मूल्य अनन्त छ । देशको भविष्य सुनिश्चित गर्न, नेताहरूले इमानदार र निःस्वार्थ कर्मलाई नै आफ्नो प्रमुख लक्ष्य बनाउनु पर्छ । ताकी नेपाली जनता र हाम्रो भावी पुस्ताले उनीहरुको नाम इतिहासको कालन्तरसम्म स्वर्णिम अक्षरमा पढी रहन पाउन ।
संसारमा नेता त धेरै जन्मिए तर कसको नाम सुन्दा हामि कसरि उसलाई मुल्याकंन गर्छाै भन्ने उदहारणहरु माकर््स, भ्द्लामिर लेनिन, महात्मा गान्धी, नेल्शन मन्डेला, चेन्काइ सेकलाइ लिदा हुन्छ । हाम्रा नेपाली नेता गणहरुले पनि आफ्नो नेताको दर्जा कहाँ स्थापित गर्ने हो सोको मुल्याकंन तपाईहरुकै कर्म र कामका आधारमा हुने हुदा राम्रो कर्म गर्नका सुझाव छ।