काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लिपुलेक लिम्पियाधुरा तथा कालापानीको सम्स्या वार्ताको माद्यमबाट सुमाधान गर्नुपर्नेकुरा बताउनु भएको छ ।
सोमबार पार्टी स्थापनाको चौथो वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस बार्ेमा सरकारले नेपाली भूमी कायम गर्न आवश्यक प्रकृुया थाल्नुपर्ने बताउनु भयो । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै भूभाग हो यसलाई अहिले जसरी विवादमा ल्याईएको छ त्यस बारेमा सरकारले कुटनीतिक तवरले वार्ताको माद्यमबाट सुमाधान गर्नुपर्छ उहाँले भन्नुभयो ।
सरकारले कदम चालोस नेकपा एकीकृत समाजवादी त्यसमा साथ दिन तयार छ । उहाँले भन्नुभयो उहाँले भन्नुभयो वैज्ञानिक समाजवादका कुरा शब्दमा मात्र गरेर नहुने बताउनु भएको छ । अहिलेको अवस्थामा कसरी अघि बढ्दा पार्टी र आन्दोलनलाई लक्ष्यमा पुर्याउन सकिन्छ भनेर बुझ्नुपर्ने बताउनु भयो ।
वैज्ञानिक समाजवादका कुरा वास्तवमा यो शब्दले मात्र पनि हुँदैन’, नेपालले भने– ‘यो शब्दका धेरै बखानहरू सुन्यौ ।’ उहाँले सर्वहारा वर्गीय चरित्र महत्त्वपूर्ण हुने भन्दै आफ्नो पार्टीको पहिलो राजनीतिक प्रस्तावमा प्रस्तावित विषयको अध्ययन गर्नुपर्ने बताउनु भयो ।
नेपालको राजनीति र कम्युनिस्ट आन्दोलनमा एकीकृत समाज पार्टीको महत्त्वपूर्ण भूमिका रहेको भन्दै यो पार्टीलाई सशक्त नबनाएसम्म त्यो भूमिका निर्वाह गर्न नसकिने बताउनु भयो ।
‘कमजोर, निमुखा र निरीहलाई कसैले टेर पुच्छर लाउँदैन । विचारको समस्या छैन’, अध्यक्ष नेपालले भने, ‘पार्टी निर्माण गर्ने आँट नगरेको भए, त्यही पार्टीमा पनि विद्रोही चेत भएका मानिस देखिने थिएनन् ।’
अध्यक्ष नेपालले निराश हुनुपर्ने अवस्था नरहेको पार्टीमा अनुशासनहीन काम गर्नेलाई छुट नदिने बताउनु भयो । ‘जे गर्नुछ भित्र राख्ने हो । अनुशासनहिनतालाई छुट दिन सकिँदैन । ज-जसले अनुशासनहीन काम गर्छ भने छुट दिन सकिँदैन’, अध्यक्ष नेपालले बताउनु भयो ‘पार्टीको पक्षमा बोल्नु र विपक्षमा बोल्नु एउटै कुरा होइन ।’
उहाँले पार्टीको पक्षमा दृढताका साथ बोल्न निर्देशन दिँदै कसैका लेखाइमा पार्टीमाथि आँच पुर्याउने काम हुन्छ र पार्टी नेतृत्वलाई बदख्वाइँ गर्ने काम भए कुनै हालतमा नछाड्ने बताए । ‘त्यस्तालाई छुट दिन सकिँदैन । पार्टी सिध्याउन खोज्ने प्रवृत्तिलाई छुट दिन सकिँदैन’,
नेपालले अनुशासन आयोग, सङ्गठन विभाग,प्रचार विभाग, र सबै नेता कार्यकर्तालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले नेपालका सबै पार्टीहरू सङ्कटग्रस्त रहेको भन्दै आफ्नो पार्टीलाई कतिपयले सानो सानो भन्ने गरेको भन्दै के ३२ सालमा कोअर्डिनेसन सानो भन्दै हिँडिएको थियो भनेर प्रश्न गर्नुभयो ।
‘नकारात्मक र हिनभावबाट ग्रसित नहुनुस् । त्यस्ताले पार लाउँदैनन्, पलायन भएर जाँदा रहेछन्’, उनले कुनै विषय भए पार्टीभित्र बसेर छलफल गर्न सकिने पनि बताउनु भयो । अध्यक्ष नेपालले नेपालको कम्युनिस्ट आन्दोलन सङ्कटको अवस्थामा रहेको समेत बताउनु भएको छ । उहाँले कम्युनिस्ट आन्दोलनमा मात्रै भई राजनीतिक दलहरूमाथि नै चुनौती बढिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी चुनौतीलाई पन्छाउँदै अघि बढिरहेका छौँ। त्यसलाई समाधान गर्ने आँट राख्नुपर्छ। पार्टीभित्र समस्या पनि छन्, पार्टीमा काम गर्ने साथीहरू पनि छन्, सबै यहाँ धाउने मात्रै होइन, जिल्ला सदरमुकाममा गएर मात्रै बस्न पनि पाइँदैन। जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ।’
पार्टीका नेता कार्यकर्तालाई निराशालाई हटाएर सकारात्मक ढङ्गले अघि बढ्न आग्रह गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलन र राजनीतिमा आफ्नो पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भयो । पार्टीमा विचारको कुनै समस्या नै नरहेको बताउनु भयो ।
‘मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अघि बढाउने नीति अघि बढाउनुपर्छ भनेका छौँ। हामीले त्यो बेलामा विद्रोह नगरेको भए, आँट नगरेको भए त्यही पार्टीभित्र पनि विद्रोही चेत भएका मानिसहरू तयार हुने थिएनन्। हामी सुनिरहेका छौँ, ती पार्टीहरूको समस्या।’