झविलाल राहु मगर
तालिवानी लडाकु सेनाले सन २००१ सेप्टेम्बरमा अमेरिका स्थित टि्वनटावर ध्वस्त बनाए पश्चात अमेरिका र उसको सहयोगी राष्ट्र मिलेर अफगानिस्तानमाथि हमला गरे र त्यसको केही हप्तामै तालिवानलाई सत्ताच्यूत गरियो। त्यसपछि त्यहाँ अमेरिकालाई समर्थन गर्ने उदारवादी सरकारको गठन गरियो।
तर, तालिवानहरू अझै समाप्त भएका थिएनन। तालिवानहरुले आफुहरुलाई फेरी संगठीत गरे र जोडदार रुपमा विद्रोहको सुरुवात गरे। तहाँको सत्ता कब्जा गर्नको निम्ति तालिवानहरुले अमेरिका, नेटो र अफगानी सेनामाथि भीषण आक्रमण गर्न थाले, सन २०२० फ्रेबवरि अर्थात तालिवानहरुले युद्ध सुरु गरेको १९ वर्षपछि संसारलाई चकित पार्दै विश्वको महाशक्ति अमेरिकासँग कतारको दोहा शहरमा मञ्च सेयर गर्यो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिनिधी मण्डलसंग एउटा सम्झौतामा हस्ताक्षर पनि गर्यो यो सम्झौता अनुसार अमेरिकाले सन २०२१ मे सम्ममा आफ्ना सबै सेना अफगनिस्तानबाट फिर्ता लाने सहमत भयको थियो, दोस्रो विश्व युद्ध बिजेता अमेरीकाको यो २१औं सताब्दीमा पहिलो हार मात्र होइन यस्लाइ पुजिवाद र साम्राज्यवादीको पतनको सुरुवात पनि भनिन्छ र समाजवादको जितको सुरुवात पनि।
अर्थ व्यवस्था डामाडोल
केही वर्ष देखि अमेरिकन र युरोपियन हरुले चिनलाइ एउटा आरोप लगाई रहेका छन। चिनले आफूहरूको नक्कल गरेर उत्पादन क्षेत्रमा आफ्नो बजार समाप्त पारेको पश्चिमाहरूको आरोप छ। जब चिनले विश्व बजार कब्जा गर्दै गर्यो तब अमेरिकी र युरोपीहरुले सन २०२२ को ताका चिनले आफ्नो उत्पादनको हदबन्दी कायम गर्नुपर्छ भनेर निहु खोज्न थाले।
बजारमा चीनसँग प्रतिस्पर्धा गर्न नसकेपछि चिनको उत्पादन कसरी सीमित पार्ने र आफ्ना बजार जोगाउने भन्नेमा पश्चिमाहरु २०२२ देखी चिनको विरुद्धमा लागी परेका परेका छन्। अर्थात उनिहरुको आफैले ल्याएको नवउदारवाद र खुल्ला बजार अर्थतन्त्रको विरुद्धमा संरक्षणवादलाई प्राथामिकता दिन थालेका छन।
पस्चिमाहरू आफैले ल्याएको नवउदारवाद र खुल्ला बजार अर्थतन्त्रको नीतिले उनिहरुलाई नै समाप्त पार्दै छ । किनकि अमेरीकामा जब ट्रम्पको उदय भयो उनले नै नवउदारबादलाइ संम्क्षरण गर्ने नीति अपनाए अर्थात अमेरीकी उत्पादन र अर्थतन्त्र जोगाउन उनले चिनबाट आउने सामानहरुमा प्रतिबन्ध। लगाए र केही युरोपियनहरूले पनि यही गरे ।
पछिल्लो समय रुस र युक्रेनको युद्ध चलिरहेको बेला G7 को नाममा एउटा गजबको निर्णय बाहिर आयो पश्चिमा पुजिबादी देश र जापान लगायतका देशहरूको पुँजीवादी सङ्गठनले बजारमा रूसी ग्यासको मूल्य बढेपछि त्यसको एउटा निश्चित मूल्य तोक्ने र त्यो भन्दा बढी मूल्यमा रुसी ग्यास नकिन्ने निर्णय गरे ।
त्यो निर्णय पछि रूसले युरोपभरि निर्यात हुने ग्यास बन्द गरिदियो । त्यस पश्चात युरोपमा हाहाकार नै मच्चियो किनकी युरोपको सम्पूर्ण उद्योग कल कारखाना र घर परिवार सम्मपनि ६०% रूसी ग्यासको निर्भरमा थियो । साना देश र अल्पविकसित देशहरूलाई खुल्ला बजार नीति (अर्थतन्त्र) सम्झौता गराउँदै विश्वभरका गरिब देश लुटिरहे र यो कार्यमा विश्व व्यापार संगठन, अन्तराष्ट्रिय मुद्रा संगठन विश्व बैंक जस्ता संस्थालाई प्रयोग गरे। तर अहिले आएर उल्टो देखियो, उनिहरुले आफ्नो ब्यापार चिनले खायो भनेर आफैले ल्याएको नीति विरुद्ध चिनमा उत्पादन हुने सामानहरुमा रोक लगाउन थाले र रुसको ग्यास बढ्यो भनेर फेरि आफै ग्यासको मूल्य तय गर्ने निर्णय गरे यस्ले साम्राज्यवादको कुरूप अनुहार देखियो र उनीहरू कति सम्म कपटी र छल गर्न सक्ने रहेछन भन्ने पनि विश्व सामु छर्लङ्ग भयो।
नेपालका सम्पूर्ण उद्योग कलकारखाना बन्द गराइनुको कारण पनि यही नवउदारवाद र खुल्ला बजार अर्थतन्त्रको नीति नेपालले अवलम्बन गर्नु हो । त्यसको परिणाम अहीले नेपालको कुल बजेट भन्दा धेरै वैदेशिक ऋण छ। नेपालको वैदेशिक ऋण ११ अर्ब भन्दा धेरै छ भने व्यापार घाटा १६ अर्ब भन्दा धेरै छ। यहाँ अचम्मको कुरा त के हो भने कुनै समय पश्चिमाहरूले विश्व लुट्न प्रयोग गरिएको सिद्धान्त को विरुद्धमा आज आफै गईरहेका छन । मतलब उनीहरू संरक्षणको सिद्धान्तमा गइरहेका छन् ।
अरुलाई लुट्न प्रयोग गरिएको त्यही खुल्ला बजार अर्थतन्त्र र नवउदारवादको हतियार अहिले पुजिबादीकै घाँटीमा तेर्सिएको छ र त्यसैबाट रेटिएर मर्नुपर्ने अवस्था सृजना भएको छ। तत्कालीन समयमा आफ्नो धन र शक्तिको उन्नतमा कुनै दिन आफूहरूसँग प्रतिस्पर्धा गर्ने देशको जन्म हुन्न भन्ने हेक्का उनीहरूलाई कदापि रहेन।
पश्चिमा र पुँजीवादीहरू अफ्रिकाबाट पनि घेराउमा
रूस र युक्रिनको युद्धका कारण वर्तमान समयमा विश्व दुई भागमा विभाजन भएको छ। युक्रिन र रुस बाहेक अर्को लडाईको सम्भावना भनेको युरोप र अफ्रीकाको लडाइँ हुने सम्भावना देखिएको छ।
किनकी अहिले युरोपको शक्तिशाली देश फ्रान्स र अफ्रिकाको नाइजर बीच युद्ध हुने प्रबल सम्भावना बढेर गएको छ। २०२३ में २८ मा नाइजरमा सैन्य विद्रोह भयो सैन्य विद्रोहलाई समर्थन गर्दै त्यहाँका जनताले अमेरिका र फ्रान्सको झण्डा जलाउँदै सडकमा अमेरिका ,फ्रान्स मुर्दावाद भन्दै उत्रिएका छन्।
नाइजर देशमा फ्रान्सले करोडौं डलर लगानी गरेका छन र त्यस बापत त्यहाँबाट कौडीको भाउमा अरबौँ डलरको युरेनियम फ्रान्स लाने गरेको छ। विश्वको सबै भन्दा ठूलो युरेनियम खानी अहिले नाइजरमा छ। र त्यस युरेनियममा फ्रान्सको गिद्धे नजर पनि परेको छ। अहिलेको सबै भन्दा महँगो ऊर्जाको रुपमा लिइने युरेनियम आणविक हातहतियार र उर्जा निर्माणमा प्रयोग गरिन्छ। त्यो युरेनियम फ्रान्सले कौडीको भाउमा लाने गरेको छ।
आफ्नो सम्पत्ति कौडिको भाउमा बिदेशी लूटदा त्यहाँका जनताले आफू अन्यायमा परेको महशुस गरि त्यसको विरुद्धमा नाइजर सेनाले गरेको सैन्य विद्रोह साथ दिई बिद्रोह ? सफल बनाएका छन ।अहिले फ्रान्सले नाइजर लाई आक्रमण गर्ने धम्की दिइरहेको छ। नाइजरका दुई छिमेकी राष्ट्र माली र बुर्गिना फासो नाइजर को पक्षमा उभिएका छन भने रुसले पनि नाइजरलाई आक्रमण गर्नु भनेको उसलाई नै आक्रमण गर्नु हो भनेर रुसले भनी सकेको छ।
यस अर्थमा पनि साम्राज्यवादी र पुँजीवादीहरू एसिया बाट रुस र चीन अनि अफ्रिका महादेशबाट नाइजर लगायतका देशहरूबाट घेरिएका छन र उनीहरूको अन्त्य नजिक छ भन्ने भान भएको छ।
रूस र युक्रिन युद्ध पुजीवादकै अन्त्यको सिलसिला
सोभियत संघको विघटन हुनु भन्दा केही समय अघि मात्र १९८९ मा चिनको तेनम्यान स्क्वायर शहरमा दुर्घटना भयो चिनिँयाहरुले त्यो दुर्घटनालाई नियन्त्रणमा लिए र दुर्घटनालाई सफल पार्ने पश्चिमा हरुको षडयन्त्रलाइ विफल पारिदिए। चिनलाई समाप्त पार्ने पश्चिमाहरूको त्यो षड्यन्त्र पूर्णरूपमा विफल भयो।
यो घटना पछि चीन र रूसले आफ्नो बाटो बदलेका हुन। पश्चिमाहरुले यही नवउदारबाद र खुल्ला बजार अर्थतन्त्रको निति र परिणामका कारण नै अहिलेको रूस र युक्रिनको लड़ाई बन्न पुगेको हो । किनकि सोभियत संघ विघटन हुँदा मिखाईल गोर्वाचोभ र अमेरीकी विदेश मन्त्री जेम्स ब्रेकर बिच जुन सम्झौता भएको थियो त्यसको उलङ्घन गरे पस्चात रूसले युक्रिन माथी आक्रमण गरेको हो ।
युक्रिन पश्चिमा हरुको रुसमाथी तेर्साएको तरवार थियो र त्यो तरवार आफुमाथी वर्जिनु भन्दा पहिल्यै नै उसले युक्रिन माथि धावा बोलेको हो । त्यसका लागी उसले २० वर्ष पहिले देखी नै समान्तर अभ्यास गर्दै आएको थियो । झट्ट हेर्दा रूस र युक्रिनको मात्र लडाई भई रहेको देखिएतापनि वास्तवमा त्यस्तो नभई सारा पश्चिमा, युरोप, अमेरिका नेटोले युक्रिनको साथ दिई रहेका छन् तापनि रुस टसमस नगरि युक्रिनको २५ प्रतिशत भन्दा बढी भुभाग लडाईमा जितेर ओगटेर रुसमा मिसाइ सकेको छ।
पस्चिमाहरुलाई यो युद्ध अहिले महङ्गो हुनुको साथ साथै सास्ती पनि भएको छ। उनिहरूले अहिले न यो युद्धलाई लामो समयसम्म लान चाहन्छन् न त रोक्न नै सक्ने अवस्थामा छन । मतलब अब अहिले उनिहरू आफै छिन्न भिन्न हुने अवस्थामा पुगेका छन। यो पनि पस्चिमा , साम्राज्यवादी र पूँजीवादीको हार हो।
यस अर्थमा पनि के आन्कल्न गर्न सकिन्छ भने पस्चिमा र पूँजीवादीको सुपर पावर खोसिने अवस्थामा रहेको देखिन्छ। पस्चिमाहरुलाइ सक्ने उद्देश्यका साथ यही भदौ र असोज भित्र पुटिन र किमको भेटहुने कुरा बाहिर चर्चामा आएको छ। किमको रूस भ्रमण पश्चात विश्व समाजवादी राजनितिले नयाँ धुव्रिकरणका साथ समाजवादी बाटोमा निश्चित रूपमा नयाँ मोड लिने देखिएको छ।
(लेखक युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य हुन्।)