झविलाल राहु मगर
वास्तवमा, युवाहरू नै राष्ट्रको परिवर्तनकामी शक्ति हुन्। कुनै राजनैतिक दलका एक क्रान्तिकारी लडाकु वा सिपाही नै हुन। त्याग, निष्ठा, बलिदान र नवनिर्माणको सुन्दर भावनाद्वारा प्रतिबद्ध युवाहरू राष्ट्रको अमूल्य उदीयमान शक्ति मानिन्छ। युवाहरू स्वभावैले विद्रोही हुन्छन्। उनीहरूको नशा नशामा क्रान्तिकारी परिवर्तनको नवीन उर्जाहरुसल्बलाई रहेको हुन्छ। विश्व सर्वहारा वर्गका महान गुरु मार्क्सले युवाहरू हो जिते संसार छ, हारे केही पनि छैन मात्र हतकडी भनेर जित्नका लागि संसारभरका युवा वर्गमा आव्हान गरेका थिए।
विगतदेखि वर्तमानसम्म आइपुग्दा जनमुक्ति जनजिविका अनि राज्य स्वाधीनताका लागि निरंकुश शासनका दानवीय छायाँलाई परास्त गर्दै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको विशाल राजमार्ग निर्माण गर्ने कार्यमा नेपाली युवाहरूले प्रदर्शन गरेको वीरता विश्वकै लागि अनुपम एवं ऐतिहासिक सन्देश बन्न पुगेको थियो।
तर पछिल्लो समय स्वयम् युवाहरू नै राजनीतिक रूपमा भ्रष्ट खेल, क्रुर उपेक्षा माथि खुराफात र पाखण्डको परम नमूनासँग, राष्ट्रको शक्ति एवं सत्ताको मञ्च माथि कुरूप नाटक प्रदर्शन गर्न भएका छन्। यसले जनताको बौद्धिकता माथि अपमानित भएको छ। नेपाली राजनीतिलाई फनक्क फर्केर यो नाटक बहिष्कार गरिदिऊँ या यसका पूरै पात्र फेरेर नयाँ कथा रोजुँ। तर नेपालीको दुर्भाग्य राजनीतिक मञ्चमा विफलता र भ्रष्टतालेआ-आफ्नै रङ रङका तमासा दोर्होयाइसकेका छन्। इतिहासमा असफलसिद्ध तिनै लम्पट नेतृत्वहरु प्रति बिना सर्त निकै लामो संघर्ष र बलिदानी गरेर आएका लाखौं युवा कार्यकर्ताहरुलाइ मलामी पठाइ रहे। नेपाली राजनीतिको दुर्भाग्य, सबै राजनीतिक गतिविधिको अगाडि युवा पंक्ति मुकदर्शक बनिरह्यो।
युवा नेतृत्वहरुले तल्लो पङ्क्तिलाई एक आपसमा गाली गलौच गर्ने सामाजिक सञ्जालमा होहल्ला गर्ने, राजनैतिक घटना क्रमहरूको अपव्याख्या गर्ने, युवा माज नकारात्मक चिन्तनको बिकाश गर्ने गराउने र आफू राजनीतिमा स्थापित हुन जुनकुनै पनि बाटो समाउनेको जमात ठूलै छ। यो झन् विशिष्ट प्रकारको राजनीति हो भन्ने कुरा आजको युवा बुझ्दैनन्। उसको मानसपटलमा यस्ता नकारात्मक चिन्तनहरू भरिएका हुन्छन् र उसलाई कसैले बुझाउन खोज्दा पनि ऊ बुझ्दैन। राजनीति थोर बहुत बुझ्नका लागि पनि इतिहासदेखि वर्तमान सम्मको राजनीतिक घटनाक्रमहरुको ज्ञान हुनुपर्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने कतिपय युवा वर्गलाई त राजनैतिक विषयमा थोरै ज्ञान पनि हुँदैन लाग्छ उनिहरुलाइ उस्कै नेतृत्वले लम्पट सर्वहारा सम्झेर प्रयोग नै गरेको देखिएको छ ।
अब युवाहरु राजनैतिक र वैचारिक रूपमा चेतनशील एवम् रूपान्तर हुन जरुरी छ र सही नेतृत्वबाट पर भागेर मुलुक र संगठनलाइ झन दुर्घटनामा धकेल्ने काम गर्नु हुँदैन। विधि पद्धति र संगठनलाइ हस्तक्षेप गर्ने गलत प्रवृत्ति भएका व्यक्तिहरुलाई युवाले नबुझ्दा भोलि त्यही गलत प्रवृत्तिका मानिसले स्थान पाउँछन् र मुलुक झन दुर्घटनामा पर्ने जोखिम बढेर जान्छ। गाउँबस्ती, टोल सबैतिरबाट ऊर्जाशील युवाहरु जाग्ने बेला आएको छ। चाकडी गर्न छोडेर नेतृत्वलाई खबरदारी दिन जरुरी छ। हरेकले आफूमा राजनीतिक चेतनाको विकास गर्नुपर्छ। आफ्नो स्वार्थमा लिप्त कदापि हुन हुँदैन।
जस्तो सुकै परिबन्धमापरियोस् गलत प्रवृत्तिको डटेर प्रतिकार गर्नुपर्छ। यद्यपि जबसम्म परिबन्दमा परिँदैन तबसम्म यस्ता क्रान्तिकारी कुरा गरिन्छ र भोलि जालमा फसेपछि गलत गन्तव्य समात्न बाध्य भइन्छ कि भन्ने डर सबैमा छ।सम्पूर्ण युवाहरूलाई म यो कुरा अवगत गराउन चाहन्छु कि, मण्डेला, ओबामा, गान्धी, बुद्ध, जनक, आइन्स्टाइन, वीपी, गणेशमान, प्रचण्ड, माधव, बाबुराम, मदन, मनमोहन सबैले आ आफ्नो युवा अवस्थामा गरेको ऐतिहासिक कार्यबाट आज विश्व आश्चर्यचकित मात्रै होइन लाभान्वित समेत भएको छ। त्यसैले आउनूस्, हामी पनि युवा अवस्थामा केही रचनात्मक काम गरौँ। र सही नेतृत्वको पहिचान गरि युवा नेतृत्वलाई अगाडि बढाउने कोसिस गरौँ ।
( राहुमगर युवा संघ नेपालका सचिवालय सदस्य हुन् )