के.एन. सिग्देल
एमाले प्रवेश गर्न आग्रह गर्नुहुने हालसम्म समाजवादीका र केहि एमालेका आत्मीय मित्रहरुलाई हार्दिक आभार प्रकट गर्दछु । एमाले पार्टी बनाउन मेरो पनि उर्जाशिल समय, पसिना, मेहनत र योगदान छ यहाँहरुलाई प्रष्ट नै छ भन्ने लाग्दछ। र, अहिले पनि सिन्धुपाल्चोक एमाले पार्टी र सिन्धुपाल्चोकका एमालेका अग्रज नेता तथा सहकर्मी आत्मीय कमरेडहरु प्रति मेरो उच्च सम्मान छ ।
कमरेडहरु, म अहिले एमालेमा गएँ भने एमाले अझ बलियो र समाजवादी अझै कमजोर त होला तर मेरै नजरमा मेरो आत्म सम्मान रहन्न । संसद विघटन देखि स्थानिय, प्रदेश र संघिय निर्वाचन २०७९ सम्म बारम्बार एमाले र एमालेको नेतृत्व विरुद्ध नारा, जुलुस, पुत्लादहन लगाएत मैले एमाले विरुद्ध गरेको क्रियाकलाप एमाले नै भएर समीक्षा गर्दा गम्भीर अनुशासनको उलङ्घन र राजनीतिक अपराध हो । यसले मलाई आत्मग्लानी भइ रहने छ ।
कमरेडहरु, केपी बा आइ लव यू र केपी ओली मुर्दावाद भन्नेहरु एउटै पार्टीमा रहेपनि उनीहरुको मन कहिल्यै एक हुन सक्दैन, यो केवल देखावटी एकता मात्रै हो । यो कुरा निर्वाचन पछिका सामाजिक सञ्जालहरुमा र व्यक्तिगत भेटघाट तथा चियागफहरुमा एमालेका साथीहरुले व्यक्त गर्ने गरेका भनाइबाट बुझ्न सकिन्छ नै ।
नेकपा कालमै पार्टी नेतृत्व बिरुद्ध लाग्न पे्ररित गर्ने, केपी ओलिले गरेको संसद विघटन लगाएतका गतिबिधि गलत हो, केपी ओली सच्चिँदैनन्, कम्युनिष्ट पार्टी नेतृत्वले गलत बाटो लिँदा काल्र्समाक्सले त नयाँ कम्युनिष्ट केन्द्र बनाउनु भएको थियो, हामीले पनि पार्टी पुनर्गठन गरेर वा अर्को पार्टी बनाएर भए पनि कम्युनिष्ट आन्दोलनको रक्षा गर्नु पर्छ भनेर हामीलाई सिकाउने हाम्रा आदरणीय नेताहरुको भनाईलाई आत्मसात गर्दै तत्कालीन पार्टी नेतृत्वका बिरुद्ध लागियो ।
यसरी तत्कालीन पार्टी नेतृत्वको गलत गतिविधिविरुद्ध लाग्ने हामी र केपी ओलीले जे गर्नु भयो ठिक गनुभो भन्नेहरु कसरी एकै ठाउँ हुन सक्छौँ ? केपी ओलीसँग असहमत हुने नेता देशै भरी र सिन्धुपाल्चोकका पनि १० बुदेँ भन्दै उहाँहरु एमालेमै रहन (केपी ओली नै ठिक छन् भन्ने तिर फर्किन) तयार हुनु भयो । त्यस समयमा हामीले उहाँहरुलाइ प्रश्न गर्यौँ- के केपी ओली सच्चिएको हो ?, तपाइँहरुले भन्ने गरेको प्रतिगमन सच्चिएको हो ? उहाँहरुको जबाफ थियो- होइन केपी ओली सच्चिएका छैनन् र अब हामी गएर सच्च्याउने हो । हामीले यति दुःख गरेर बनाएको पार्टीमा किन अरुलाई मात्र हालीमुहाली गर्न दिने ? नयाँ पार्टी बनाउन चानचुने मेहनतले हुँदैन, त्यसैले बसौँ एमालेमै ।
उहाँहरुको अभिव्यक्ति मलाई ठीक लागेन । उहाँहरुले भनेको कुरा मानेर त्यतिबेला म एमालेमै रहेको भए त्यो सर्त सहितको बसाइ हुन्थ्यो । केपी ओली ठीक भन्नेहरुले ल्याएका कुराको विरोध गर्नुपथ्र्यो र केपी ओलीलाई सच्याउँछु भन्नेहरुले ल्याएको कुरा ठीक भन्नु पथ्र्यो । पार्टीको इमानदार कार्यकर्ताले यसरी व्यक्ति हेरेर धारणा बनाउनु मलाई उचित लागेन ।
तत्कालीन पार्टी नेतृत्वको विरुद्धमा भएका र्यालि र कार्यक्रमहरुमा सहभागी गराउन र केपी ओलीका विरुद्ध आन्दोलन गर्न भनेर गाउँगाउँबाट गाडी रिजर्भ गरेर, सामान्य कार्यकर्तादेखि जनतासम्मलाई बबरमहल, माइतीघर र पुतलीसडकमा सहभागी गराउँदा तिनै सहभागीहरु मध्येको एक सहभागी भएका नाताले मेरो त्यतिबेलाको बहस भनेको कि केपी ओली बेठीक, कि हामी बेठीक हो । केपी ओली पनि ठीक र हामी पनि ठीक कसरी हुन सक्छौँ ? कुन पार्टीमा रहने, कुन नेतालाई मान्ने भन्ने कुरामा सबैजना व्यक्तिगत स्वतन्त्र हुनुहुन्छ । त्यसमा मैले कसैको पनि व्यक्तिगत आलोचना गर्दिन । तर, जुन पार्टीमा बसेर पार्टी नेतृत्वको विरुद्ध आन्दोलनमा सहभागी भएर विना कुनै समिक्षा विना छलफल त्यही पार्टीमा रहिरहनु भनेको राजनीतिक अपराध हो भन्ने मेरो चेतनाले बुझेको छ ।
मैले मेरो पहुँच पुग्ने एमालेका नेता, कार्यकर्ता कमरेडहरुलाई पनि भनेको छु कि मैले तत्कालीन पार्टीमा रहँदा कारबाही योग्य राजनीतिक अपराध गरेकाले म एमाले मै रहने हो भने मलाई कारबाही गर्न पार्टी तयार रहनु पर्दछ । कि नेतृत्वले आत्मसमिक्षा गर्नुपर्छ । नेतृत्वले स्वेच्छाचारी ढङ्गबाट गरेका संविधान, देश र पार्टी विपरीत गतिविधिमा साथ दिइरहने, पार्टीभित्र राजनीतिक अपराध गर्ने कार्यकर्तालाई आत्मालोचना नगराउने, सचेत नगराउने वा कार्यकर्ताहरु यस्ता अपराध गर्दै जाने, पार्टीले माफी दिँदै जाने जस्ता कार्यहरु गर्दै जाने हो भने पार्टीमा एकले अर्कालाई नमान्ने र अराजकता बढ्ने अवस्था आउन सक्छ ।
कम्युनिष्ट कार्यकर्ता भनेको कडा अनुशासनमा बाँधिने कार्यकर्ता हो भनेर सिकेको मैले कारबाही भोग्न पनि तयार रहनु पर्दछ । म र मजस्ता तत्कालीन पार्टीमा रहेर अराजक गतिविधि गर्नेहरुलाई पार्टीले कम्तिमा पनि एक महिना निलम्बन र एक तह घटुवा गर्ने प्रस्ताव गर्दै र म पार्टीले गरेको कारबाहीको भागिदार हुन तयार रहँदै एमालेमै रहन्छु भनेर मैले एमालेका नेता, कार्यकर्ता कमरेडहरुसँग बारम्बार भन्ने गरेको छु र मेरो उक्त अडान अहिले पनि कायम रहेको छ ।
मैले त्यतिबेला नेकपा (एकीकृत समाजवादी) रोज्दा ठूलो पार्टी होला, ठूलै भाग पाइएला भनेर रोजेको पनि होइन । तत्कालीन एमालेको नेतृत्व गरेको असंवैधानिक कदमको विरुद्ध लाग्ने नेताहरुलाई साथ दिएको मात्र हो । तत्कालीन एमालेका हामीले नेता मानेका तर अहिले एमालेमै रहनुभएका कमरेडहरुले एमालेबाट बाहिरन हामीलाई प्रोत्साहन पनि गर्नुभएकै हो । तर बिचैमा उहाँहरुले कहाँ गएर के पाउनु भयो ? अथवा के सोच्नुभयो ? हामीलाई चित्त बुझ्दो कारण नबुझाईकन उहाँहरुले हामीलाई साथ दिनु भएन र हाम्रो साथ पनि चाहनु भएन । माक्र्सवाद, लेनिनवाद, जनताको बहुदलीय जनवाद लगायतका कम्युनिष्ट सिद्धान्तको समान्य ज्ञान भएकाले जीवन र जगतलाई नै हेर्ने वैज्ञानिक दृष्टिकोणको म आफैँले विश्लेषण गर्दै म जहाँ छु, ठीक छु, सके यही नेकपा एकीकृत समाजवादी पार्टी बनाउँला अथवा कारबाही भोग्दै आत्मालोचना गर्दै आफुलाई मनपरेको पार्टीमा रहुँला नसके स्वतन्त्र रहुँला । मेरो मनमा रहेको, मैले बुझेको, मैले जानेको कम्युनिष्ट सिद्धान्त र बामपन्थी सोचाइ मसँग हमेशा रहिरहनेछ ।
कम्युनिष्ट आन्दोलन भनेको जनता, जनजिविका र जनसरोकारका विषयलाई विषयान्तर गरेर पार्टीको नाम, चुनाव चिह्न ,नेताले प्राप्त गरेको लाभको पद र राज्यसत्ता मात्र होइन । कम्युनिष्ट आन्दोलनका क्रममा पार्टीभित्र रहेका जुन समस्या र प्रवृत्तिका कारणले विद्रोह गरिन्छ, या त त्यसको कारण समाप्त भए पछि एकजुट हुन सकिन्छ, यदि त्यो कारण बाँकी नै छ भने त्यसलाई हटाउने क्षमता राखेर मात्र एकजुट हुन सकिन्छ अथवा समस्याहरु हट्दैनन् हटाउन पनि सकिँदैन भन्ने आपूmलाई लाग्दछ भने त्यसबाट बाहिरिनु नै उपयुक्त हुन्छ । यो मेरो बुझाइ हो । मेरो बुझाइसँग फरक बुझाइ राख्ने कमरेडहरुले आफ्नो व्यक्तिगत निर्णयहरु जे र जस्तो पनि गर्न सक्नुहुन्छ । यो उहाँहरुको व्यक्तीगत स्वतन्त्रताको कुरा हो ।
अहिले उहाँहरुले जे गर्दै हुनुहुन्छ आफुलाई ठीक लागेरै नै गर्नलाग्नु भएको हुन सक्छ । र अन्त्यमा तपाँइहरु जुन पार्टीमा जादै हुनुहुन्छ त्यसपार्टी बिरुद्ध सार्वजनिक रुपमा व्यक्त गर्नुभएका अभिव्यक्तीको लागी मौखिकै भएपनि आत्मसमिक्षा तथा आत्मालोचना गर्नुहोला त्यसले तपाईलाई एकहद सम्म आत्मसम्मान मिल्नेछ । नेकपा एकिकृत समाजवादीमा रही हालसम्मको सहयात्राको लागि हार्दिक धन्यवाद यहाँहरुलाई आगामी राजनीतिक जीवनको उज्यालो भविष्यको शुभकामना व्यक्त गर्दछु ।
हार्दिक अभिवादन ।
सिन्धुपाल्चोक ।