रुकुम पश्चिम चैत २३
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव डा. बिजय पौडेलले संविधान र व्यवस्था जोगाउँन कै लागि गठबन्धन गरेको बताउँनुभएको छ ।
बुधबार समाजवादी प्रेस संगठन रुकुम पश्चिमले मुसिकोटमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले चुनावपछि संविधान खतराबाट जोगिने र गठबन्धन पनि त्यहाँसम्म जोगाउने प्रयासमा रहको प्रष्ट पार्नुभयो ।
कम्यूनिष्ट आन्दोलन समाप्त हुने डरले नयाँ पार्टी निर्माण गरेको बताउँदै उहाँले एमाले अध्यक्ष केपी ओलीलाई कारबाहि गर्ने अवस्था आएमा कम्यूनिष्ट एकता हुने जनाउँनुभयो ।
उहाँले भन्नुभयो, कम्यूनिष्ट एकता अहिलेको आवश्यकता हो ।
डा. पौडेलले राजनीति बिचौलीयाले कब्जा गर्दा देश संकटमा परेको उल्लेख गर्दै एउटै मान्छे कतिबेला राप्रपाको सांसद बन्ने, कतिबेला काङ्ग्रेस र कहिले कम्यूनिष्ट बन्ने गरेको बताउँनुभयो ।
राम्रो विचार भएको पार्टी स्थापनाको ६, ७ महिनामा मै राष्ट्रिय पार्टी बनेको विश्व इतिहास रहेको बताउँदै ठिक समयमा ठिक एजेन्डा उठाउने पार्टी छिट्टै बलियो बन्ने विश्वास राख्नुभयो ।
आसन्न चुनावमा तत्कालिन नेकपा एमालेको मत नै एकीकृत समाजवादीको मत हुने उहाँले उल्लेख गर्नुभयो ।
समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य अमरराज पुनले सञ्चालन गर्नुभएको पत्रकार भेटघाट कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य शेरबहादुर केसी, कर्णाली प्रदेशका सचिव ठकेन्द्र प्रकाश पुरी, जिल्ला इन्चार्ज देवी ओली, सह इन्चार्ज बिमल कुमार पुन, जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा लगायतको उपस्थिति रहेको थियो ।