नुवाकोट भदौ ३१
नेकपा ( एकीकृतसमाजवादी ) नुवाकोटले आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनको लागि उम्मेदवारहरूसिफारिस गरेको छ ।
जस अनुसार नेकपा ( एकीकृतसमाजवादी ) नुवाकोट जिल्ला कमिटीको बैठकले संघ तर्फ क्षेत्र नम्बर १ मा राजेन्द्रप्रकाश लोहनी र क्षेत्र नम्बर २ मा सूर्यबहादुर कँडेललाई सर्वसम्मत सिफारिस गरेको छ ।
यसैगरी, प्रदेशतर्फ प्रदेश १ ( क ) मा राजेश थापा, राम थापा, कृष्ण प्रसाद लामिछाने, अर्जुन श्रेष्ठ र बालकृष्ण आचार्यलाई सिफारिस गरेको छ । प्रदेश १ को ( ख ) मा अच्युत पान्डे , रामशरण भन्डारी , जगदिश पाठक, हरि गिरी र राममणि अधिकारीलाई सिफारिस गरेको छ ।
यसैगरी, क्षेत्र नम्बर २ को ( क ) प्रदेशमा डाक्टर शंकर खतिवडा, राजु सडौला र सजन श्रेष्ठलाई सिफारिस गरेको छ भने क्षेत्र नम्बर २ को ( ख ) प्रदेशमा यमकुमार खाती र रामप्रसाद रिमाललाई सिफारिस गरेको नेकपा समाजवादी नुवाकोटले जनाएको छ ।
यसैगरी, समानुपातिक तर्फ क्षेत्र नम्बर १ को सङ्घमागोविन्द नेपाली, रामकुमार बस्नेत, शिवकुमार लामा, धनकुमारी रिजाल, सानुमाया लामालाई सिफारिस गरेको छ ।
यस्तै, प्रदेश सभा तर्फ शान्ता थापा अधिकारी, जितबहादुर बलामी, अन्जु मायातमाङ , उपेन्द्र खनाल, सुब्बा लामा, राममणि अधिकारी, सुजना खतिवडा, नारायण गुरुङ, उत्तम श्रेष्ठ, हरिबहादुर लामा र राजेन्द्र सुनारलाई सिफारिस गरेको नेकपा ( एकीकृतसमाजवादी ) नुवाकोटले जनाएको छ ।