भैरहवा
चैत २३ ।
वर्तमान सरकारका गठबन्धन दलहरुबिच स्थानिय तहकाे निर्वाचनमा पनि सहकार्य हुने गठबन्धन घटक नेकपा एकीकृत समाजवादिका अध्यक्ष माधव कुमार नेपालले बताउनु भएकाे छ ।
भैरहवा स्थित गाैतमबुद्ध अन्तरास्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग धारणा राख्दै पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेपालले भन्नुभयाे,"गफाडिहरु, प्रतिगमनकारिहरुलाई परास्त गर्नु नै मुल उदेश्य हाे । यसैले सरकारमा सहभागी दलहरुबिच स्थानिय निर्वाचनमा सहकार्य हुन्छ, गठबन्धन हुन्छ । "
अध्यक्ष नेपालले गठबन्धन पाटिकाे स्थानिय कमिटिकाे निर्णयलाई प्राथमिकता दिईने समेत बताउनुभयाे । उहाँले भन्नुभयाे, " यहि रुपन्देहीमा जिल्ला स्तरिय नेतृत्वले सरकारमा सहभागी दलहरुबिच गठबन्धन गर्नेगरि तयारि गर्नुभएकाे छ । देशैभर यस्तै छलफल चलिहरेकाे छ । यसैले समय पनि छैन , केही दिनमै गठबन्धनकाे तर्फबाट साझा उमेदवार पनि घाेषणा हुन्छ । "
नेता नेपालले अग्रगामि र परिवर्तनकारि शक्तिहरुबिच गठबन्धन भईरहदा प्रतिगमनकारि, परिवर्तन विराेधि शक्तिबिच सहकार्यकाे छलफल चलेकाे भन्दै टिप्पणी समेत गर्दै भन्नुभयाे, " गफाडिहरु , परिवर्तनका विराेधिहरु, संविधानकाे विराेधिहरुलाई जनताले किन भाेट दिने ? अाजकाे नेपाली जनता धेरै सचेत छन , जसले संविधानकाे धज्जि उडायाे , जसले परिवर्तन विरुद्ध लाग्याे , जसले गणतन्त्रको बिराेध गर्याे त्यसलाई परास्त गर्न हाम्राे पाटि सम्पुर्ण किसिमले तयारि अवस्थामा छ । "
अध्यक्ष नेपालले बैज्ञानिक ढंगले हिजाेकाे मतकाे विह्लेषण गर्दै दलिय उमेदावर छानि साझा रुपमा घाेषणा समेत गरिने बताउनुभयाे ।
पाटिकाे प्रदेश सचिव राजु गुरुङ, लुम्बिनी प्रदेश सरकारकाे मन्त्री रमा घर्ती, नेता सिद्धिचरण भट्टराई लगायतकाे अातिथ्यता रहेकाे उक्त पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले एकीकृत समाजवादि पाटिमा जनलहर बढ्दै अाएकाे समेत दाबि गर्नुभयाे ।