पर्वत चैत्र २२
पर्वतको महाशिला गाउँपालिका ६ फलामखानीमा मन बहादुर सुनारको अध्यक्षतामा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को ३३ सदस्यीय वडा कमिटी गठन भएको छ ।
सोमबारको वडा भेलाले समिति गठन गरेको हो समितिको उपाध्यक्षमा शान्ति सुनार, सचिवमा उमादेवी सुनार उपसचिवमा धन बहादुर सुनार र हिमा सुनार चयन हुनुभएको समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
कमिटी घोषणा कार्यक्रममा बोल्दै नेकपा (एकीकृत समाजवादी) पर्वतका उपसचिव विराज हमालले संविधान र लोकतन्त्रको रक्षा गर्दै जनहितमा काम गर्ने उद्देश्यले एकीकृत समाजवादी स्थापना भएको बताउनुभयो । हरेक गलत प्रवृत्तिको बिरोध गर्दै युवा र बुद्धिजीवी वर्ग पार्टीमा हुमिएको उहाँले बताउनुभयो ।
अन्याय,अत्याचार, नातावाद, कृपावादको बिरोध गर्दै पार्टीले गाउँठाउँका समस्या बुझेर जनमुखी काम गर्ने हमालले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य लक्ष्मण विश्वकर्माले फलामखानी लगायत जिल्लाकै विकास,समाज रुपान्तरण र सकारात्मक परिवर्तनका लागि सबै जनता नेकपा एकीकृत समाजवादीमा गोलबन्द हुन आग्रह गर्नुभयो ।
देशभर नै नयाँ जोस जागर, उत्साह, हिम्मत र अठोटका साथ जनता एकीकृत समाजवादीमा होमिएको बताउदै फलामखानीमा पनि उत्साहजनक रुपमा पार्टीप्रतिको आकर्षण बढेको बताउनुभयो ।
फलामखानीको विकास र समृद्धिका लागि निश्चित योजनाका साथ शिक्षा,स्वास्थ्य,सडक,खानेपानी, रोजगार, कृषि र पर्यटनका क्षेत्रमा पार्टीले काम गर्ने विश्वकर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो । अनेरास्ववियू पर्वतका अध्यक्ष जिल्ला कमिटी सदस्य सन्तोष सुनामले नवगठित वडा कमिटी पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै दृढताका साथ पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गर्नुभयो ।