चरिकोट ,भदौ १८
नेपाल आदिवासी जनजाति महासंघ ( समाजवादी ) दोलखाको प्रथम जिल्ला भेला सम्पन्न भएको छ। भेलाले बुद्धसिंह तामाङको अध्यक्षतामा ५१ सदस्यीय नेपाल आदिवासी जनजाति महासंघ ( समाजवादी ) दोलखा जिल्ला कमिटी चयन गरेको छ।
कमिटीको उपाध्यक्षमा यज्ञ बहादुर श्रेष्ठ, राम बहादुर तामाङ ,सचिव केशर बहादुर थामी ,उपसचिव कुमार श्रेष्ठ ,वसन्त जिरेल र कोषाध्यक्षमा निरू तामाङलाई सर्वसम्मत चयन गरेको हो ।
साथै भेलाले ४ वटा घटक सङ्घहरूको समेत गठन गरेको छ जसअनुसार तामाङ संघ ( समाजवादी ) मा संयोजक बुद्ध सिंह तामाङ ,सचिव राम बहादुर गोले रहनु भएको छ । यस्तै शेर्पा संघ ( समाजवादी ) को संयोजकमा आङ छिरिङ शेर्पा सचिव मिङ्मा छिरिङ शेर्पा रहनु भएको छ भने थामी संघ ( समाजवादी ) मा संयोजक सुशीला थामी ,सचिव रामशरण थामी र नेवार संघ ( समाजवादी ) को संयोजक धन बहादुर श्रेष्ठ,सचिव यज्ञ बहादुर श्रेष्ठ लाई चयन गरेको छ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य पासाङ शेर्पा ,गोपाल न्यौपाने ,दिनेशराज शिवाकोटी ,प्रदेश कमिटी सदस्यहरु रामकाजी कायस्थ , दिपकधनुके ,मोहन थापा ,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,सचीव अशोक दहाल,नेताहरु बिकल श्रेष्ठ ,पेमसाङ्बो शेर्पा ,तारा लामा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।