पोखरा ,भदौ १२
नेकपा ( एकीकृतसमाजवादी ) ले आगामी मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । कास्कीमा ६ प्रदेशसभा र ३ प्रतिनिधिसभा क्षेत्र छन् ।
शनिबार बसेका पार्टीका छुट्टा छुट्टै बैठकले प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो ।
नेकपा एकीकृत समाजवादी कास्की सहसचिव पूर्ण लामाका अनुसार प्रतिनिधिसभामा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं १ बाट श्रीनाथ बरालको नाम सर्वसम्मत सिफारिस भएको छ । समानुपातिकतर्फ चुडामणि जंगली , दिलकुमारी पन्त र जैनब खातुन उम्मेदवारका रुपमा सिफारिस भएका छन् ।
प्रदेश सभा १ ( क ) मा प्रत्यक्षतर्फ मदन केसी, दिननाथ ढकाल , माधव तिवारी र कपिल पौडेल उम्मेदवार सिफारिस हुँदा समानुपातिकतर्फ शारदाप्रसाद सुवेदी, विजयबाबु वनवासी र सुमित्रा अधिकारी सिफारिस भएको सहसचिव लामाले जानकारी दिनुभयो । प्रदेश सभा १ ( ख ) मा प्रत्यक्षतर्फ पूर्ण लामाको एकल नाम सर्वसम्मत सिफारिस भएको छ । यो क्षेत्रबाट समानुपातिकतर्फका उम्मेदवारमा गजकुमारी गुरुङ , डिकबहादुर राई (डिबी ) डिलाराम लामिछाने, तिलबहादुर वि क र चन्द्रकिशोर गौतमको नाम छ ।
प्रतिनिधिसभा तर्फ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ उम्मेदवारमा तुलबहादुर गुरूङ , भरत बस्नेत, शिवजी गुरुङ, मदन आचार्य, दाताराम आचार्य र सर्मिला पौडेल सिफारिस हुनुभएको छ भने प्रदेशसभा २ (क) बाट प्रत्यक्षमा झपिन्द्रराज रेग्मी, प्रेम थापा, खेमराज आचार्य, दानकुमारी शर्मा, सीता पौडेल, मोतीराम बराल, खड्ग हमाल, शिवराज आचार्य, लेखराज भण्डारी र रामचन्द्र पौडेललाई सिफारिस गरीएको छ ।
रत्ना गुरुङ, मदनकाजी श्रेष्ठ, ढाकामोहन पराजुली, सुशील बस्नेत, देवेन्द्र बास्तोला, दामोदर शर्मा, बुद्धिबहादुर रानाभाट र रवीन्द्रराज पौडेल प्रदेश सभा २ ख बाट उम्मेदवार सिफारिस हुनुभएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ बाट एकीकृत समाजवादीले प्रत्यक्षतर्फ कृष्ण नेपाली, प्रेमप्रसाद पौडेल, नवराज पहारी र मेनका आचार्यको नाम सिफारिस गरेको छ ।
प्रदेश सभा ३ .( क ) बाट दलबहादुर गुरुङ, हिमलाल तिमिल्सिना, गोपाल गिरी, विवेक भुजेल, बाबुराम भण्डारी, कृष्णप्रसाद अधिकारी, असिम गुरुङ, करुणा पराजुली, भीमकुमारी पौडेल र अनिता दमैको नाम सिफारिस भएको छ ।
होमबहादुर नेपाली, हेमकुमार श्रेष्ठ, जगन्नाथ अधिकारी, अर्जुनबहादुर केसी, भुवनेश्वर सुवेदी, देवेन्द्रराज सुवेदी, संगीता केसी, केदारनाथ न्यौपाने, तुलसीप्रसाद बराल र सुरेश जिसी प्रदेश सभा ३ ( ख ) बाट उम्मेदवारमा सिफारिस हुनुभएको छ । सत्ता गठबन्धनमा कास्कीमा एकीकृत समाजवादीले प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभा तर्फ २ सिट दाबी गरेको सहसचिव लामाले जानकारी दिए ।
‘एकीकृत समाजवादीको सांगठनिक हुँदै गएको छ । कार्यक्रमहरू पनि त्यही अनुसार भएका छन् । त्यस कारण जिल्लामा सबै दलको सम्मानजनक उपस्थिति हुनुपर्छ । हाम्रो कास्कीमा प्रतिनिधिसभा तर्फ १ र प्रदेशसभा तर्फ २ सिटमा दाबी हो,’ उहाँले भन्नुभयो ।
गठबन्धन नभए सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने गरी अघि बढेको उनले बताए । ‘गठबन्धन हुन्छ भन्नेमा सय प्रतिशत ढुक्क छौँ । गठबन्धन हुनुपर्छ, आजको आवश्कता हो । कदम्कदाचित भएन भने हामी हाम्रो तरीकाले सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छौं,’ उहाँले भन्नुभयो ।
एकीकृत समाजवादी पहिलो पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुँदै छ । सत्ता गठबन्धनमा कास्कीका क्षेत्र बाँडफाँटबारे औपचारिक छलफल सुरु भएको छैन । अघिल्लो निर्वाचनमा प्रतिनिधिसभाका ३ क्षेत्रमै एमाले उम्मेदवार विजयी भएका थिए । ६ प्रदेशसभा क्षेत्रमध्ये २ वटामा माओवादी केन्द्र र १ क्षेत्रमा कांग्रेस उम्मेदवारले जितेका थिए । बाँकी ३ क्षेत्र एमालेले जितेको थियो ।