देउखुरी, भदौ १२
नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) का पोलिट्ब्युरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले एकीकृत समाजवादी सीमान्तकृत जनताको अभिभावक भएको बताउनु भएको छ ।
शनिबार लालमटियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भन्नुभयो , ‘ नेताहरु जनताबाट निर्वाचित हुने तर निर्वाचनपछि जनता बिर्सिने गरेकाले जनता वाक्क भएका छन् । जुन जोगी आएपनि कानै चिरेका जनताले त्यसै भनेका होइनन् । गणतन्त्रका लागि लडेका नेताहरूमा समेत यस्तो प्रवृत्ति देखिनु दर्भाग्य पूर्ण हो ।’
नेता भइसकेपछि जनताका सुख दुखबाट टाढा हुन नहुने धारणा राख्दै सहरी मन्त्री चौधरीले भन्नुभयो , ‘देश जोगाउने सन्दर्भमा, व्यवस्था परिवर्तन गर्ने सन्दर्भमा, क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेबेला ठुलो कुर्बानी गरेका सीमान्तकृत जनतालाई झनै बेवास्ता गरिएको छ । हाम्रो पार्टी सीमान्तकृत जनताको बलमै निर्माण भएको हो । तपाईँहरूका समस्या समाधान गर्ने पार्टी पनि हाम्रै पार्टी हो । हाम्रो पार्टी नै तपाईँहरूको अभिभावक हो ।’
विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला दाङ आइपुगेका मन्त्री चौधरीले जनतालाई सचेत हुन समेत आग्रह गर्नुभएको छ । उक्त कार्यक्रममा देवी कुमाल, कबेली कुमाल, श्यामीदमाई , पार्वती नेपाली, गोकर्ण नेपाली, अमर बहादुर बुढाथोकी, अमृता कुमाल, राधा कुमाल, पुष्पा रोका, विना कुमाल, सन्तोषी कुमाल, बिमला कुमाल, देब नेपाली लगायत दुई दर्जन बढी नेता कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको थियो ।