काठमाडौ, साउन ३१
पेशागत महासंघ नेपाल आवद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी संघ नेपाल काठमाडौँ र ललितपुर जिल्ला भेला छुट्टा छुट्टै समय र स्थानमा सम्पन्न भएको छ ।
भेलाको प्रमुख आतिथ्यता महासङ्घका केन्द्रीय संयोजक तथा नेकपा एकीकृत समाजवादीका पोलिटब्युरोसदस्य प्रेमल कुमार खनालले गर्नु भयो भने विशेष अतिथिहरू महासङ्घका सचिवालय सदस्य तथा राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालका इन्चार्ज धरणीधर अधिकारी लगायत अन्य अतिथिमा महासङ्घका केन्द्रीय सदस्यहरूएवम् पार्टीका ललितपुर अध्यक्ष हरी कृष्ण थापा समेतको उपस्थिति रहेको थियो ।
काठमाडौँको भेला पेशागत भवन लैनचौरमा राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालका महा सचिब गंगा रिजालले सञ्चालन गर्नु भयो भने ललितपुरको भेला सातदोबाटो स्थित नेकपा एकीकृत समाजवादीको जिल्ला पार्टी कार्यालयमा राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालका सचिवालय सदश्य ऋषिराज भेटवालले सञ्चालन गर्नु भयो ।
भेलाद्वारा राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको १५ सदस्यीयकाठमाडौँ जिल्ला समिति गठन भयो । समितिको संयोजक प्रकाश खत्री सह संयोजकमा विनु खत्री , सचिवमा शान्ता घिमिरे , कोषाध्यक्ष पद खाली , सदस्यहरूमा हरि ब.थापा , मुना कार्की, जुली नेपाली , रबी सुवेदी , अशोक महर्जन , रोशन गुरुङ , सुमन लामा निर्विरोध निर्वाचित हुनु भयो । त्यसैगरी ललितपुर जिल्लामा सानुकाजी महर्जनको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित भएको छ ।
दुबै भेलाहरूमा प्रमुख अतिथि , विशेष अतिथि तथा अतिथिहरूद्वारा सम्पूर्ण विजयी पदाधिकारी र सदस्यहरूलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालका संयोजक भरत कुमार श्रेष्ठले गर्नुभएको थियो ।