तेह्रथुम चैत १६
तेह्रथुम जिल्लामा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नेहरुको लर्को लागेको छ । स्थानीयतहको निर्बाचनलाई लक्षित गर्दै नेकपा एकीकृत समाजवादी तेह्रथुमले जिल्लामा आफ्नो गतिविधि बढाएसँगै पार्टीमा प्रवेश गर्नेहरुको लर्को लागेको बताइएको छ ।
समाजवादीले जिल्ला र स्थानीयतहमा प्रशिक्षण र पार्टीमा समाहित गराउने कार्यक्रमलाई तिब्रता दिएपछि अन्य पार्टीहरु छोडेर एकीकृत समाजवादीमा लाग्नेहरु बढेका हुन् ।
बुधबार सदरमुकाम म्याङ्लुङमा सम्पन्न कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि करिब २ सय जना कार्यकर्ता नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् ।
कार्यक्रममा नेकपा एमाले म्याङ्लुङ्ग नगरपालिका २ का वडाध्यक्ष तथा निवर्तमान जिल्ला कमिटी सदस्य वलदेव सिं तुम्वाहाङ्फे, एमालेकै निवर्तमान जिल्ला कमिटी सदस्य सुविन्द्र थेगुवा र नेकपा माओबादी केन्द्रका नेता नेत्र सोदेम्बा लगायत करिब २ सय बढी कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा समाहित भएको जिल्ला अध्यक्ष कृष्ण बहादुर चोङबाङले जानकारी दिनु भयो ।
पार्टीमा प्रबेश गर्ने कार्यकर्ताले बा मालेको अहंकारी, दम्भ, नीति विनाको नैतिकता र विधि विनाको ढाट, जालझेल र षड्यन्त्रको खेति गर्ने पार्टी नेकपा एमाले भएको भन्दै उक्त पार्टी कम्युनिष्ट निति र सिध्दान्त पनि नभएको भन्दै नेकपा एकीकृत समाजवादीमा समाहित हुने धरणा राखेका छन् ।
नेकपा(एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा नेपाल सरकारका राज्यमन्त्री भवानी खापुङको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
जिल्लामा स्थानियतहको निर्बाचनलाई लक्षित गर्दै नेपाली काग्रेस, नेकपा माओेबादी केन्द्र , नेकपा एकिकृत समाजवादी,जनता समाजबादी पार्टी नेपाल, मञ्च सम्बद्व लिम्बुवान पार्टीले जिल्लाका सवै तहमा गठबन्धन गर्ने निर्णय गरि सकेका छन् ।