आजको परिस्थिति बारे केही कुराहरु
–झलनाथ खनाल
१.हाम्रा सामु रहेका वस्तुगत परिस्थिति हाम्रो चिन्तन र चाहना भन्दा स्वतन्त्र हुन्छ । त्यसलाई हाम्रो
आग्रह वा पूर्वधारणाका आधारमा विश्लेषण गरेर सच्चाई पत्ता लगाउन सकिन्न । हामीले माक्ंर्सवादी
वैज्ञानिक र वर्ग दृष्ट्रिकोणका आधारमा विकासवान वस्तुगत परिस्थितिको विश्लेषण गर्नुपर्छ र
सच्चाइलाई आत्मसाथ गर्नुपर्छ ।
२ २०६२–०६३ को जनक्रान्ति हाम्रो सामुन्ने घटिरहेको थियो, क्रान्ति भइरहेको थियो तर तत्कालीन
हाम्रो पार्टी त्यस कुरालाइ बुझ्न, विश्लेषण गर्न र संश्लेषण गर्न सकिरहेको थिएन । पुँजीबादीहरmका
तर्फबाट कान्तिपुर दैनिकले “दोस्रो जनआन्दोलन सफल” भनेर राजनीतिक, सामाजिक परिवर्तनको त्यो
घटना प्रवाहलाई विश्लेषण ग¥यो । तत्कालीन अवस्थामा हाम्रो पार्टी पनि त्यसमा बग्न थाल्यो । तर
मैले वैशाख ११.गते एउटा कविता लेखे । त्यसको शिर्षक हो “क्रान्ति” । मैले क्रान्तिलाई कविताबाट
स्वागत गरे । तर पार्टीले त्यो काम गर्न सकेन ।
३. विस्तारै छलफल हुँदै गए । घटनाक्रमको विश्लेषण हुँदै गयो । पार्टी महाधिवेशन तिर उन्मुख भयो
।पार्टीभित्र वहस छलफल खुकुलो भयो । आखिर आठौं महाधिवेशनमा पुग्दा तत्कालीन हाम्रो पार्टी
२०६२–०६३ को परिवर्तनको घटना प्रवाह भनेको जनवादी क्रान्ति नै हो । अब नेपालमा पुँजीवादी
जनवादी क्रान्ति सम्पन्न भयो भन्ने निश्कर्षमा पुग्यौं । त्यसबेला पनि पार्टीभित्र उक्त क्रान्तिलाई
स्वीकार नगर्ने एउटा दक्षिणपन्थी तप्का थियो, तर त्यसले त्यसबेला टाउको उठाउने दुस्साहस गरेन ।
४.यसरी कहिले काही बस्तुगत परिस्थिति बदलिसकेको हुन्छ तर आत्मगत चेतनाले त्यो घटनाक्रमलाई
तत्क्षण आत्मसात नगर्न पनि सक्छ । तर वस्तुगत परिस्थितिमा परिवर्तन आएपछि आत्मगत स्थितिमा
पनि परिवर्तन अनिवार्य हुन्छ । ढिलो चाँडोको कुरा मात्र हो ।
५.आज हाम्रो बीचबाट केही घटनाक्रमहरु त्यसरी नै अघि बढ्दै छन् । एउटा खास परिस्थितिमा नेकपा
(एमाले) भित्र के.पी ओलीको नेतृत्वमा एउटा दक्षिणपन्थी गुट विकसित भयो । पार्टी र के.पी गुटका
बीचमा अन्र्तरविरोध प्रकट भयो । आखिर नवौँ महाधिवेशनमा पुगेपछि त्यो गुटले पार्टी नेतृत्व नै मूलतः
कब्जा गर्यो । त्यो नेतृत्व गुट र सिंगो पार्टी बिच अन्र्तरविरोध प्रकट भयो ।
६.जब २०७४ को आम निर्वाचन आयो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्र बीच
कार्यगत एकता भयो । संयुक्त रुपले निर्वाचन लडियो । संसदमा दुईतिहाइको बहुमत प्राप्त गरियो र
सुरुमा संयुक्त सरकार बनाइयो । अझ अघि बढेर पार्टी एकीकरण गरियो र एकल पार्टी नेकपाको
दुईतिहाइ बहुमतको शक्तिशाली सरकार गठन भयो, तब के.पी ओलीका नेतृत्वमा रहेको सत्ताधारी गुट
दक्षिणपन्थी औसरवाद, विसर्जनवाद र गुटवादको बाटोमा मात्र होइन सत्तालाई बिल्कुलै गुटको सत्ताका
रुपमा रुपान्तरण गर्ने, शासन सत्तालाई केन्द्रीकरण गर्ने, सत्ताको समेत दुरुपयोग गरेर पार्टीमा एकलौटी
करण गर्ने, सम्पूर्ण सत्तालाई गुटको हितमा प्रयोग गर्ने र एक किसिमको एकाधिकारवादी निरंकुश
शासन सत्ता स्थापना गर्ने बाटोमा अघि बड्यो । त्यसले गर्दा त्यो निरंकुश सत्तासँग हाम्रो पार्टीको मात्र
होइन आम जनताको समेत अन्तरविरोध प्रकट हुन थाल्यो । त्यो अन्र्तरविरोधलाई वैचारिक रुपले
समाधान गर्न खोजियो तर सम्भव भएन । यो एउटा राजनीतिक अन्तरविरोधका रुपमा विकसित
भैसकेको थियो ।
७.अझ अघि बढेर पार्टीका नेताहरुलाई थाहा पत्तो सम्म पनि नदिइ बिल्कुलै एकाधिकारपूर्ण र मनपरी
ढंगले संविधानलाई कुल्चिने र छदाखादाको आफ्नै पार्टीको दुईतिहाइको बहुमत भएको
प्रतिनिधिसभालाई विघटन गर्ने दुस्साहस गरेपछि त्यो निरंकुश गुट एउटा प्रतिगमनकारी गुटमा समेत
परिणत हुनपुग्यो । त्यसका विरुद्ध हामीले प्रतिगमन विरोधी संयुक्त जन आन्दोलन समेत संगठित
गर्नुपगर्यो र अदालतमा समेत न्यायिक संघर्ष गर्नु पर्यो ।
८.यसरी त्यो गुटका विरुद्ध संघर्ष एकातिर दक्षिणपन्थी औसरवाद, विसर्जनवाद,गुटबाद र अहंकारवादका
विरुद्धको वैचारिक –सैद्धान्तिक संघर्षका रुपमा अघि बढ्यो भने अर्कातिर एउटा
एकाधिकारवादी,निंरकुश,संविधान विरोधी, संसद बिरोधी र प्रतिगमनकारी सत्ताधारी गुटका विरुद्ध
राजनीतिक संघर्षका रुपमा अघि बढ्यो । अघिल्लो संघर्ष एउटा वैचारिक संघर्ष हो भने पछिल्लो पक्ष
एउटा बिशिष्ट राजनीतिक सर्घष नै हो ।
९. यो गुटका विरुद्धको बैचारिक संघर्ष अहिले पनि जारी छ । तर त्यो गुटका विरुद्धको राजनीतिक
संघर्ष भने विभिन्न चरण हुदैँ अघि बढ्दै आयो ।
प्रथमतः त्यो गुटका विरुद्ध हामीले पाँच दलिय गठवन्धन बनायौँ र एकातिर सडकबाट प्रतिगमन
विरोधी संघर्ष सुरु गर्यो । अर्कातिर सर्वोच्च अदालतमा कानुनी संघर्षलाई अघि बढायौँ । त्यो कानुनी
संघर्षमा सर्वोच्च अदालतले के.पी गुटको संसद विघटन गर्ने र संविधान कुल्चिने असंबैधानिक
कदमलाई असफल गराइदियो । कानुनी संघर्षमा उक्त गुटको पराजय भयो । त्यो पराजय सँग सँगै
हाम्रो प्रतिगमन विरोधी आन्दोलन पनि समाप्त भयो । यो के.पी गुट विरोधी संघर्षको पहिलो चरण हो
।त्यसमा हामीले राम्रो सफलता हासिल गर्यो ।
दोस्रो, यसरी सर्वोच्चबाट पराजित भइसकेपछि हाम्रो सडकबाट संचालित हुने संघर्ष समाप्त भयो र
संघर्ष संसदभित्र केन्द्रित हुन पुग्यो । त्यो गुटलाई सत्तामा राखेर संविधान, लोकतन्त्र र जनवादी
क्रान्तिका उपलब्धिहरूलाई जोगाउन सकिँदैन थियो । त्यसैले पाचँ दलीय गठबन्धनले संसदबाट के.पी
गुटको एकाधिकारवादी, निरंकुश, संविधान विरोधी, संसद बिरोधी र प्रतिगमनकारी सरकारलाई
सत्ताच्युत गरिदियो । पाँचदलीय गठबन्धनको नयाँ सरकार गठन गरियो । केन्द्रमा उक्त सत्ताधारी गुट
पराजित भयो । संसद पुर्नस्थापना भयो । संविधान सुचार भयो र व्यवस्था अघि बढ्न थाल्यो । यो
के.पी गुट विरोधी संघर्षको दोस्रो चरण हो ।यो चरणमा पनि हामीेले सफलता हासिल गर्यो ।
तेस्रो, त्यसपछि पनि उक्त गुट विभिन्न प्रदेशहरुमा रहेका सत्तालाई प्रयोग गरेर आफ्ना गलत कार्यलाई
जारी राखिरहेको थियो र संघीय संसदलाई चल्नै नदिने हर्कत गरिरहेको थियो । त्यसकारण ती
प्रदेशहरुमा पनि के. पि गुटका बिरुद्ध पाचँ दलीय गठबन्धनको संयुक्त संघर्षलाई अघि बढाउन जरुरी
थियो । तद्नुरूप हामीले ७ मध्ये ६ वटै प्रदेशमा पनि के.पि गुटका पक्षधर सत्तालाई संसदीय र
संवैधानिक संघर्षको प्रकृया मार्फत सत्ताच्युत ग¥यौँ । यो के.पि गुट विरोधी संघर्षको तेस्रो चरण हो ।
यी सबै संघर्षमा त्यो गुट सत्ताबाट पराजित हुँदै गयो । यो त्यो गुटको शर्मनाक रानीतिक पराजय हो ।
चौथो, अझैपनि त्यो गुटमा संसदका दुबै सदनमा आफू सबैभन्दा ठूलो दल रहेको घमण्ड छँदै थियो ।
त्यसलाई पनि ठेगान लगाउनु आवश्यक देखियो । त्यसैले राष्ट्रिय सभाको यस वर्ष हुने १÷३ सिटको
निर्वाचनमा पनि पाँच दलीय गठबन्धन एक भएर निर्वाचन संघर्ष गरियो । उक्त संर्घषमा पनि के.पी
गुट नराम्ररी पराजित भयो ।
यहाँ सम्म आउँदा के.पी गुटका विरुद्धको राजनीतिक संघर्षमा हामीले आधारभुत सफलता प्राप्त ग¥यौँ ।
त्यो गुट आफै कमजोर हुँदै गइरहेको थियो र वामपन्थी आन्दोलनलाई पनि कमजोर बनाउँदै गरिरहेको
थियो । अब त्यो गुटका विरुद्धको राजनीतिक संघर्ष अन्त्य हुदै गएको थियो र अव वैचारिक– सैद्धान्तिक
संघर्षले प्रधानता प्राप्त गरिरहेको थियो ।
१०. त्यसपछि हामीले नयाँ धरातलबाट अघि बढ्न जरुरी थियो । खासगरी स्थानीय तहको निर्वाचनको
विन्दुमा आइपुगे पछि हाम्रो पार्टीले मुलुकको परिस्थितिमा आएका परिवर्तनहरुलाई,स्वयम् के.पी गुटको
स्थितिलाई, नेकपा (एमाले)को समग्र स्थितिलाई, त्यस भित्र रहेका अन्र्तरविरोधहरूलाइ, नेतृत्व गुट र
आम कार्यकर्ता पंक्ति बीचको भिन्नतालाई, स्थानीय तहको निर्वाचनको राजनीतिक महत्वलाई, त्यसलाई
सहि ढङ्गले उपयोग गर्ने सम्भावनालाई, यस निर्वाचनमा बढीभन्दा बढी सफलता प्राप्त गर्ने
उपायहरूलाई, विभिन्न राजनीतिक पार्टीहरूसँग निर्वाचनमा तालमेल गर्ने सम्भावनाहरुलाइर्, विभिन्न
पार्टीको वर्गीय स्थिति र चरित्रहरुलाई नयाँ धरातलबाट र खुल्ला रुपले विश्लेषण गर्न जरुरी थियो ।
पाँच दलीय गठबन्धनको घेराभन्दा माथि उठेर मुलुकको परिस्थिति, हाम्रो पार्टीको स्थिति, वाम
आन्दोलनको स्थिति र क्रान्तिकारी अग्रगतिका बारेमा सोच्न जरुरी थियो । तर हामी पाँच दलीय
राजनीतिक घेराबन्दीमा बाधिन पुग्यौँ । त्यहि धरातलबाट मात्र पार्टीका नीति र योजनाहरु बन्न पुगे ।
हामीले पाँच दलभित्रैबाट हुन सक्ने वर्गीय र औसरबादी धोखाधडीलाई आंकलन गर्न सकेनौं । परिणाम
स्वरुप स्थानीय तहको निर्वाचनमा केहि थोरै स्थानमा बाहेक हामीले देशव्यापी धोखा खायौँ । हामीले
आफ्नो स्वतन्त्र पहलकदमी र सकृयतामा प्राप्त गर्न सक्ने सफलताहरुबाट आफैलाई वञ्चित पा¥यौँ ।
११.अब स्थानीय तहको निर्वाचन समेत समाप्त भएको छ । त्यो सबैका निम्ति गहन ढङ्गले अध्ययन
गर्नुपर्ने र शिक्षा लिनुपर्ने एउटा ठोस व्यवहारिक अनुभबका रूपमा हाम्रा सामु प्रस्तुत छ । हामीले यो
अनुभबका सबै अध्याय र पहलुहरूको गहन अध्ययन र विश्लेषण गर्नुपर्छ ।
यो निर्वाचनले मुलुकको राजनीतिक शक्ति संन्तुलनमा ठुलो परिवर्तन ल्याएको छ ।
देशमा वामपन्थीहरूको करिब ७०% जनमत देखिन्छ तर नेपाली कांग्रेस जस्तो पुँजीवादी शक्ति
मुलुकको सबैभन्दा ठूलो पार्टीका रूपमा प्रकट भएको छ ।
वामपन्थीहरm वीचमा के.पी गुटको प्रतिगमन सम्मको संविधान विरोधी गलत कार्यले ल्याएको व्यापक
विभाजनले देशका दक्षिणपन्थी शक्तिहरुलाई ठूलो फाइदा पुगेको छ ।
यो निर्वाचनले स्वंय के.पी गुटका विरुद्ध एमालेभित्रको संघर्षलाई पनि तीव्र पारिदिएको छ र त्यसलाई
बिभिन्न कुरामा पुर्नबिचार गर्न बाध्य पारिदिएको छ ।
यो गुटका इच्छाका विपरीत करिब ९ महिना सम्म जबर्जस्त अवरोध गरिरहेको संसदलाई अहिले
बिनासर्त खोल्न र सूचारु गर्न एमाले बाध्य भएको छ ।
एमालेको कार्यकर्ता पंक्ति केहि ठाँउमा स्थानीय तहमा हामीसँग कार्यगत एकता वा सहकार्य गर्न
सहमत देखिएको छ ।
उनीहरूको माथिल्लो तहमा पनि छिटफुट अनौपचारिक संवादहरु सुरु भएका छन ।
यतिमात्र होइन एमाले भित्र वामपन्थी एकता र सहकार्यको पक्षमा बाहिरै महसुस हुनेगरी कतिपय
साथीहरु आवाज पनि उठ्न थालेको छ ।
उपरोक्त कुराहरु एमालेमा देखा परेका केही सकारात्मक कुराहरु हुन् । कतिपय नेता र
कार्यकर्ताहरुमा हिजोका गल्तिहरुका बारेमा महसुस हुन थालेको छ । तर पार्टीे नेतृत्व त्यो बिन्दुमा
पुगिसकेको छैन । हामीले त्यो पार्टीलाई उपरोक्त सकारात्मक कुराहरुलाई समातेर कमसेकम कार्यगत
एकताको धरातलमा उठाउने दिशामा ठोस प्रयत्न गर्नुपर्छ ।
१२.अब हामीले पार्टी विद्रोह गरिरहेको बेलामा जस्तो भावावेशमा र आक्रोशमा बगेर होइन, बदलाको
भावना लिएर पनि होइन, हामीले मनस्थितिका साथ वस्तुगत स्थितिको नयाँ धरातलमा उभिएर नीति
निष्ठ र सिद्धान्तनिष्ठ तथा बस्तुनिष्ठ ढंगले अघि बढ्नुपर्छ । हामीले व्यवहारमा सकेसम्म कार्यगत
एकताको प्रक्रियालाई अघि वढाउनु पर्छ । साथ साथै के.पीे गुटको दक्षिणपन्थी औसरवादका विरुद्ध
वैचारिक– सैद्धान्तिक संघर्ष र रुपान्तरणको प्रक्रियालाई घनिभुत बनाउँदै लानुपर्छ ।
१३. यसको अर्थ के हो भने हामीले के.पी गुटका विरुद्ध सुरु गरेको वैचारिक र राजनीतिक संघर्ष मध्ये
राजनीतिक संघर्षमा हामीले राम्रो सफलता हासिल गरेका छौँ । ठिक यहि राजनीतिक संघर्षका निम्ति
५ दलीय गठबन्धन बनेको हो । कतिपय आबश्यक बिषयमा राजनीतिक संघर्ष समेत गर्नुृका साथसाथै
अब हामीले के.पी गुटका विरुद्ध पनि मूलतः वैचारिक –सैद्धान्तिक संघर्षमा केन्द्रित हुनुपर्छ । यो
संघर्षलाई अझ सशक्त रुपले अघि बढाउन जरुरी छ । अब पनि हामीहरु दक्षिणपन्थी, पुँजीवादी
शक्तिहरुसँग गठबन्धन गरेर एउटा वामपन्थी समूहका विरुद्ध राजनीतिक मोर्चाबन्दीमा लाग्छौँ भने
हामी स्वयं नै दक्षिणपन्थी भड्काउ तिर धसिने खतरा पैदा हुन्छ । हामीले ठिक यहि बिन्दुबाट पार्टीमा
प्रकट हुन सक्ने दक्षिणपन्थी खतराबाट जोगिनुपर्छ र पार्टीलाई जोगाउनुपर्छ ।
१४.हामीले यतिबेला के पनि गहिरो गरी बुझ्नु पर्छ भने हामी समाजवादी क्रान्ति र रूपान्तरणको
शान्तिपूर्ण बाटोमा छौं । अहिले पनि नेपाली कम्यूनिष्ट आन्दोलन विभाजित अवस्थामा छ । एउटा
शक्तिशाली कम्युनिस्ट पार्टी आजको युगको आवश्यकता हो । तर कुनै बाम समुहमा दक्षिणपन्थी
भड्काउ छ, कुनैमा उग्रवामपन्थी भड्काउ छ । ति भड्काउका विरुद्ध आजको धरातलमा खडा भएर
वैचारिक संघर्ष गर्नुपर्छ । उनीहरुलाई रुपान्तरण गर्दै एउटा राष्ट्रव्यापी, जनव्यापी र शक्तिशाली
एकीकृत कम्युनिष्ट पार्टी बनाउनुपर्छ । त्यसका लागि कसलाई वास्तविक कम्यूनिष्ट पार्टी मान्ने ?
हामीले ठोस माक्र्सवादी मापदण्ड अघि सार्नुपर्छ ।
१. माक्र्सवाद –लेनिनवादलाई आफ्ना सबै विचार र व्यवहारको मागदर्शक सिद्धान्त मान्ने।
२.नेपालमा हामीले जनवादी क्रान्ति सम्पन्न ग¥यौँ र हामी समाजवादी क्रान्ति र रुपान्तरणको युगमा
प्रवेश ग-यौँ । अब वैज्ञानिक समाजवाद स्थापनालाई रणनीतिक लक्ष्य बनाएर अघि बढ्नुपर्छ भन्ने कुरालाई
मान्ने।
३.आन्तरिक रुपमा दलाल पुँजिवाद र प्रतिक्रियावादका विरुद्ध संघर्ष गर्ने र बाह्य रुपमा साम्राज्यवाद,
प्रभुत्ववाद, नव उपनिवेशबाद, शक्ति राजनीति, गुट राजनीति, सैनिक गठबन्धन, युद्ध र आक्रमणको विरोध
गर्ने ।
उपरोक्त तीन वटा मापदण्डलाई मान्ने सबै समूहलाई कम्युनिष्ट समूह मान्नुपर्छ र उनीहरुसँग वैचारिक
–राजनीतिक कार्यदिशा, नीति, सिद्धान्त र संङ्गठनात्मक पद्धतिमा एकरुपता हुनेहरु सँग पार्टी
एकीकरणका दिशामा पनि अघि बढ्नु पर्ने हुन्छ । त्यसका निम्ति हामीले सबै भन्दा पहिले आफुलाई
स्वतन्त्र जगमा खडा गर्नुपर्छ । आफ्ना बैचारिक र संगठनात्मक स्थितिलाई प्रष्ट पार्नुपर्छ । साथै
तत्काल पार्टी एकता नहुने अबस्थामा हामीले सबै बामपन्थी समुहहरु सँग कार्यगत एकता गर्न सकिने
ढोका खुला गर्नुपर्छ ।
१५.उपरोक्त मापदण्डलाई पूर्णरूपले नमाने पनि वर्तमान समाजलाई आमूल परिवर्तन गर्न चाहने
आफूलाई कम्यूनिष्ट भन्ने सबै समूहलाई वामपन्थी समूह मान्नुपर्छ । ती समूहहरुसँग दक्षिणपन्थी वा
उग्रवामपन्थी बैचारिक भड्काउ रहेका हुन सक्छन । ती भड्काउहरसँग मैत्रीपूर्ण ढंगले नीतिनिष्ठ
संघर्ष गर्दै अघि बढ्नुपर्छ । तर ती सबै समूहसँग पुँजीवादी शक्तिहरुका विरुद्ध राजनीतिक संघर्षमा
कार्यगत एकता गर्ने नीतिमा अघि बढ्नुपर्छ ।
१६.अहिले हामी पाँच दलिय गठबन्धनका साथ अघि बढिरहेको विशेष अवस्थामा छौं । यो अस्थायी
मोर्चा हो र विशेष राजनीतिक संघर्षका निम्ति बनेको मोर्चा हो । यस्तो अबस्थामा कार्यनीतिक रूपमा
अहिले हामीले जहाँ जो सँग कार्यगत एकता गर्दा हाम्रो पार्टीको अग्रगति लाई फाइदा हुन्छ,त्यहि ढंगले
कार्यगत एकता गर्ने नीति लिएर अघि बढ्नुपर्छ । हामीले कसैसँग पनि पानी बाराबारको ढोका बन्द
नीति लिनुहुदैन । त्यस्तो नीतिले हामीलाई स्थानीय तहको निर्वाचनमा निकै ठुलो नोक्सानी पुगेको छ ।
प्रथमत - हामीले अब आफुलाई नयाँ धरातलमा खडा गर्नुपर्छ ।
दोस्रो -अब हामीले सबैसँग खुला हुनुपर्छ जोसँग गर्दा बढी फाइदा हुन्छ, त्यो ढंगले अघि बढ्ने नीति लिनुपर्छ
।
तेस्रोः हामी सबैसँग आवश्यकता अनुसार कार्यगत एकता गर्छौं भन्ने नीति लिनुपर्छ ।
चौथो -सबै पार्टीहरूसँग दुई पक्षिय रmपले संबादलाई अघि बढाउनुपर्छ र दुईपक्षीय समझदारी पनि
बढाउनुपर्छ । को सँग एकता गर्दा हाम्रो पार्टीलाइ के हित हुन्छ, त्यो कुरा पत्ता लगाउनुपर्छ ।
पाचौं -वामपन्थी समूहहरुसंगको कार्यगत एकता लाई प्राथमिकता दिएर अघि बढ्नुपर्छ र विस्तारै कम्यूनिष्ट
एकता निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ । तब मात्र हामीहरm समाजबादी क्रान्तिको प्रबाहलाई क्रमशः अघि
लान सक्छौँ ।
१७. हामीले आफ्ना उमेद्वारहरु १६५ संघीय निर्बाचन क्षेत्र र ३३० प्रादेशिक निर्बाचन क्षेत्रमा नै
उठाउनुपर्छ । हाम्रो प्रचार र संगठनलाई त्यहि ढङ्गले अघि बढाउनुपर्छ र सम्भव हुने ठाउँमा होसियारी
पूर्बक तालमेल गर्नुपर्छ ।
१८.यो आगामी निर्वाचनमा पनि हामीले आफ्नो उद्देश्यलाई प्रष्ट पार्नुपर्छ ।
प्रथमतः पार्टीका कार्यदिशा, नीति, सिद्धान्त पार्टीका झण्डा चिन्ह आदिलाई व्यापक प्रचार गर्ने ।
दोस्रो, पार्टीका संगठन र जनवर्गीय संगठनलाई व्यापक रुपले विस्तार गर्ने ।
तेस्रो, हाम्रो पार्टी र क्रान्तिको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
चौथो, समानुपातिक मत बढी मात्रामा प्राप्त गर्न आधार तयार पार्ने ।
पाँचँौ, प्रत्यक्ष निर्वाचनमा आँफै वा तालमेल गरेर पनि बढी सिट जित्ने प्रयत्न गर्ने ।
छैटौँ,संघीय र प्रादेशिक दुबै तहका संसदमा क्रान्तिकारी समाजबादी संसदीय समुह निर्माण गर्ने ।
१९. प्रधान अन्तरविरोध र दुईखाले शक्तिबीचको टकराव ।
अहिले नेपाली समाजमा दलाल पुँजीवाद र ब्यापक जन समुदायका बीचको अन्र्तरबिरोध प्रमुख बर्गीय
अन्र्तबिरोध रहेको छ । त्यो अन्र्तबिरोधलाई फस्यौट गर्न दलाल पुँजीबाद र त्यसलाई प्रतिनीधित्व गर्ने
शक्तिहरmका बिरmद्ध अन्य सम्पूर्ण शक्तिहरmलाई गोलबन्द गर्ने नीति लिनुपर्छ ।
यतिबेला नेपाली समाजमा पुँजीबादी शक्तिहरm र समाजबादका पक्षधर शक्तिहरm बीचमा मुख्य टकराब
छ । अब नेपाली समाज यीनै दुई शक्तिका बीचमा बर्गीय र राजनीतिक रmपले धु्रवीकृत हुदै जाने छ ।
हामीले हाम्रो पार्टीलाई समाजबादका पक्षधर शक्तिहरmको नेतृत्व केन्द्रका रmपमा बिकास,बिस्तार र
सुदृढीकरण गर्नुपर्छ ।
२०.एउटा जस्केलाबाट बाघलाई लखेट्न खोज्दा मूलढोकाबाट हुडाँर.पस्ने खतरा सँग सर्तक रहनु पर्छ
।
हामीले स्थानीय तहको निर्वाचनमा “एमाले हराऔँ, गठबन्धन जिताऔँ” भन्ने नारा लगायौँ । परिणाम
स्वरूप नेपाली कांग्रेस पहिलो पार्टी बन्यो ।
अब माथिको चुनावमा पनि त्यहि नारा लगाउँदा दक्षिणपन्थी शक्तिहरुले नै बहुमत प्राप्त सरकार
बनाउने स्थिति पैदा हुनसक्छ । त्यस्तो भयो भने लामो समयका लागि कम्युनिष्ट आन्दोलनले धक्का
व्यहोर्नुपर्ने हुन्छ र समाजवादी क्रान्ति र रूपान्तरणको कामले समेत नोक्सानी व्यहोर्नुपर्ने हुन्छ ।
त्यसले समाज्यवादी र प्रभुत्ववादीहरूको चीर परिचित इच्छा र स्वार्थलाई पूर्ति गरिदिने छ ।
२१. हाम्रो कार्यनीतिक कार्यदिशा
१ प्रधान अन्र्तरविरोधको निर्धारण
दलाल पुँजीवाद र व्यापक जनता बीचको अन्र्तरबिरोध
२.प्रधान शत्रु -दलालपुँजीवाद र त्यसका राजनीतिक प्रतिनिधिहरु, मफिया, भ्रष्ट्रचारी ,कमिसन खोर,
बिचौलिया, अन्तर्राष्ट्रिय एजेन्ट, तस्करहरु
३.तत्कालिन कार्यनीतिक लक्ष्य
पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई व्यापक प्रचार ।
पार्टीका झन्डा,चिन्हलाई व्यापक प्रचार ।
निर्वाचन अभियानलाई वर्ग चेतना व्यापक पार्ने अभियानका रुपमा संगठित गर्ने
समाजवादका पक्षमा व्यापक जनमत तयार पार्ने ।
संघीय संसद र प्रादेशिक संसदमा हाम्रो संशक्त क्रान्तिकारी समाजवादी संसदीय समूहहरु निर्माण गर्ने
।
मुलुकलाई समाजवादको लक्ष्य तर्फ उन्मुख पार्ने ।
४.मुख्य कार्यनीतिक नारा
दलाल पुँजीबाद र त्यसका पक्षधर शक्तिहरूको विरोध र भण्डाफोर गरौँ
सिङ्गो देश र जनतालाई वैज्ञानिक समाजवादको दिशातर्फ अघि बढाऔँ ।
५.संगठन र संघर्षको मुख्य रूप
(क) शान्तिपूर्ण, संवैधानिक संघर्षलाई संघर्षको मुख्य रुप बनाउने ।
-संसदीय संघर्षलाई अधिकतम रुपमा प्रयोग गर्ने
-विभिन्न राष्ट्रिय,वर्गीय र सामुदायिक सवालहरुमा बहुआयामिक जन सर्घषलाई अघि बढाउने
(ख)वैधानिक पार्टी, वैधानिक जनसंगठनहरु र विभिन्न संघसंस्थाहरु संगठनका मुख्य रुप बनाउने ।
६.संघर्षको मुख्य शक्ति
श्रमिक बर्ग
किसान जन समुदाय
निम्न पुँजीपति वर्गका आम जनता
७.संघर्षका सहायक शक्तिहरू
मध्यम पुँजीपति वर्ग र त्यस सँग सम्बन्ध राजनीतिक शक्ति र समुदायहरm
देशभक्त शक्ति
बुद्धिजीवीहरू
अभियन्ता –अनुसन्धानकर्ताहरु