काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम बैठक सम्पन्न भएको छ।
असार २७ र २८ गते किर्तिपुरमा उक्त बैठक सम्पन्न भएको हो। पार्टी अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, उपमहासचिव तथा अनेरास्ववियूका पूर्वअध्यक्ष राजेन्द्र राई, स्थायी कमिटी सदस्य तथा संगठनका इन्चार्ज रामकुमारी झाँक्रीलगायतले बैकलाई सम्बोधन गर्नुभएको थियो।
‘विद्यार्थी आन्दोलनको इतिहास, क्रान्तिकारी परिवर्तनको इतिहास’ भन्ने नाराका साथ अनेरास्ववियूको केन्द्रीय बैठक सम्पन्न भएको हो। स्वागत मन्तव्य सहअध्यक्ष मिलन राईले राख्नुभएको थियो भने बैठकको सञ्चालन महासचिव राजन शर्मा पराजुलीले गर्नुभएको थियो।
बैठकमा सार्वजनिक शिक्षालाई व्यापारीकरणबाट जोगाउने, युवाहरूको रोजगारी सुनिश्चित गर्ने, महँगी र भ्रष्टाचारविरुद्ध विद्यार्थी आन्दोलनको नयाँ लहर सिर्जना गर्ने, तथा देशमा राजनीतिक रूपान्तरणको संघर्षलाई सघन बनाउन अनेरास्ववियूको भूमिकाबारे गहिरो बहस गरिएको थियो।
बैठकमा संगठनका पूर्व सहअध्यक्ष वसिम आलम, पूर्वउपाध्यक्ष यशु लामालगायतले सम्बोधन गर्नुभएको बैठकमा स्थायी कमिटी सदस्य बलराम बास्कोटा, सहइन्चार्ज भिम राई, पूर्वअध्यक्ष एवं पोलिटब्युरो सदस्य सुदेश पराजुली, पोलिटब्युरो सदस्य असेष घिमिरे, दामोदर अर्याल र केन्द्रीय सदस्य माधव पन्तकोसमेत सक्रियसहभागिता रहेको थियो।







