काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पेशागत जिल्ला कमिटीको आठौं जिल्ला अधिवेशन २०८२ आषाढ १४ गतेका दिन जिल्ला कमिटीका अध्यक्ष क.राजन रेग्मीको अध्यक्षतामा सम्पन्नभयो।
आठौं जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य राख्नुहँदै पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तर्राष्ट्रिय राजनीति, राष्ट्रिय राजनीति, हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा खेलेको भूमिकाका साथै आगामी दिनमा पार्टीले खेल्नुपर्ने भूमिकाका बारेमासमेत प्रकाश पार्नुभएको थियो।
उक्त कार्यक्रममा केन्द्रीय निर्वाचन आयोग प्रमुख माधव पौडेल, उपत्यका ईन्चार्ज तथा स्थायी कमिटी सदस्य विश्वनाथ प्याकुरेल, जिल्ला कमिटी ईन्चार्ज प्रमोद शर्मा उपत्यका प्रदेश कमिटी अध्यक्ष विष्णु लामिछानेले शुभकामना मन्तव्य राख्नुभयो।
अधिवेशनमा पार्टी पोलिटव्युरो सदस्यहरू, केन्द्रीय कमिटीका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, केन्द्रीय सल्लाहकार सदस्यहरू, उपत्यका प्रदेश, बागमती प्रदेशका सदस्यहरू र पेशागत आन्दोलनका अग्रज कमरेडहरूका साथै उल्लेख्य मात्रामा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
उक्त अधिवेशनले पेशागत क्षेत्रको विषयगत कार्यक्षेत्र युवा, विद्यार्थी, महिलालगायत अन्य क्षेत्रबाटसमेत प्रतिनीधित्व हुनेगरी बेद लावतीको अध्यक्षतामा ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ।