काभ्रेपलान्चोक जिल्ला, वामपन्थिको किल्ला भन्ने गरिन्छ। उतिबेला, पञ्चायती व्यवस्थाको समयमा काभ्रेका अग्रजहरूले वामपन्थि आन्दोलनलाई धेरैमाथि पुर्याउन योगदान गरेको यादहरू बारम्बार आउने भन्दै नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता प्रमेश हमालले स्मरण गर्नुभएको छ। उहाँले, काभ्रेका वामपन्थि नेताहरूले, वाम आन्दोलनमा ठूलो योगदान गरेको बताउनु भएको छ। पुरानो कुरा स्मरण गर्दै हमालले माले गठन हुनुअधि नै काभ्रेका केदार प्रधानाङ्ग वाम आन्दोलनमा सक्रिय रहेको भन्दै प्रशंसा गर्नुभयो ।
हमालले इतिहास सम्झदै भन्नू भयो, ‘वामपन्थि नेता केदार प्रधानाङ्ग काभ्रेली वाम आन्दोलनका धरोहर हुनुहुन्छ। कम्युनिष्ट आन्दोलनमा उहाँको भूमिका महत्त्वपूर्ण छ। प्रधानाङ्गको योगदानको मूल्याङ्कन गरेर सकिदैन। उहाँ एक त्यागी र इमानदार वाम विचारक हुनुहुन्थ्यो। हामीले उहाँबाट धेरै कुरा सिक्नुपर्छ। इमान, त्याग र निरन्तरताले मानिसलाई त्यो उचाइमा पुर्याउने हो।
काभ्रे अन्य धेरै बामपन्थि नेताहरूको उर्वर भूमि हो। गोविन्द नाथ उप्रेती, कृष्णप्रसाद सापकोटा, विदुर सापकोटा र अहिले काभ्रेलाई हाँकिरहनु भएका कमरेडहरूको पनि कम योगदान छैन। त्यसैले काभ्रे जिल्लामा बारम्बार आईरहन मन लाग्ने हमालको भनाइ छ। देशमा गणतान्त्रीक व्यवस्था आएपनि आफू सन्तुष्ट नभएको उहाँको तर्कछ। कुनै समय राजतन्त्र र अर्धउपनिवेशवाद उस्तै हो भन्ने लाग्थ्यो। त्यसको अन्त्य गरेपछि मुलुकलाई समृद्ध बनाउँछौ भन्ने थियो। तर, धेरै गर्न बाँकी रहेछ। हामीले २०६२÷६३ मा राजतन्त्रको मात्रै अन्त्य गरेका रहेछौँ।
हमालको अनुभवले बताए अनुसार, राजतन्त्र भन्दा ठूलो त पूँजीवाद रहेछ। हाल, त्यहि पूँजीवादले गाँजेको व्यवस्थाबाट नेपाली नागरिक पीडीत छन्। त्यसको सिकार राजनीतिक दलहरू भएका छन्। पूँजीवादको दलदलले नागरिक प्रताडित छन्। देश खण्डहर बनिसकेको छ। दलाल, बिचौलिया र कमिशनखोरहरू पूँजीवादी मानसिकताबाट परिचालित छन्। वर्तमान सरकार पूँजीवादको नाइके भएको उहाँको आरोप छ। यो विपरीत लार्जेष्ट पार्टीको सरकारले दिन खोजेको सन्देश के हो? भनि प्रश्न गर्नमन लागेको छ।
यिनीहरूको चरित्रले पूँजीवादको भरणपोषण गरिरहेको भन्ने गार्हो नभएको उहाँको बुझाई छ। हमालले विभिन्न फोरम, प्रशिक्षण तथा अन्तरक्रियामा भन्ने गर्नु भएको छ, ‘अप्राकृतिक रूपमा बनेको यो सरकारले पूँजीवादको प्रतिनिधित्व गरिरहेको छ।’ अहिलेको समयमा केपी ओली र प्रचण्ड मिलेर नेपालमा पश्चिम बंगालको जस्तो कम्यनिष्ट पार्टी बनाए। नेकपा बन्ने समय तिरको स्मृति गर्दै हमाल भन्नू हुन्छ, ‘केपी र प्रचण्ड मिलेर अचानक माधब नेपाललाई भेटनुभयो। उहाँहरूले अब मिलेर जानुको विकल्प नभएको भन्दै एकताको प्रस्ताव गरेको देखेर मलाई अचम्म लागेको थियो। अन्तमा विभिन्न चरणको छलफलपछि नेकपा बन्यो। त्यो त्यति खराव थिएन। हामीले बामपन्थी सरकार जोगाउन सरकारमा सहभागी भयौँ। तर, यो एकता सबै स्वार्थको दलदलमा फसेर गयो।
अहिले सिर्जना भएको परिस्थिति त्यसैको पराकाष्ठ हो। त्यति नै बेला भू-राजनीतिक स्थितिले पनि नेपाललाई प्रभावमा पारेको थियो। नेपाल चारै दिशाबाट बाँधिएको स्थितिमा कसरत गरिरहेको थियो। नेतृत्वको दक्षिणपन्थी सोच साथै, राष्ट्रिय अन्तर्राष्ट्रिय असहयोगले दलहरूलाई विभाजनको परिस्थितिमा धकेल्दै लग्यो। त्यसैबेला सरकार ढल्यो। त्यो बाध्यात्मक परिस्थिति हो। नेकपा सरकारको विलय हुनु भनेको पुँजीवादले टाउको उठाउनु भनेको हो। काङ्ग्रेस सभापति देउवाको विकल्प थिएन। उनै प्रधानान्त्री भए।
देउवाको नेतृत्वमा माओवादी र एकीकृत समाजवादीको सरकारले निर्वाचन सफल गरायो। तर, निर्वाचनमा गठबन्धनले केही धोका(धडिको व्यबहार गरे। ७९ को मंसिरमा भएको निर्वाचनबाट वामलोकतान्त्रीक सरकार बन्नमा एकीकृत समाजवादीको ठूलो भूमिका थियो। त्यसको तत्कालीन सरकारले नजर अन्दाज गर्न नसक्नु उनीहरूको कमजोरी हो। सत्ता गठबन्धन जब दलाल, बिचौलीया र भ्रष्टाचारीलाई कारबाही गर्ने मनसायले कदम चाल्न थाल्यो त्यसले धेरै नेताहरू कार्वाहीमा पर्ने देखियो। सरकार परिवर्तनको निम्ति यही घटना काफी थियो। जब विपरीत ध्रुबका शक्तिशाली पार्टी मिलेर सरकार बन्यो यसले पूँजीवादी र व्यापारी घरानालाई पक्ष पोषण गरिरहको छ भन्ने प्रष्ट बुझ्न सकिन्छ। अहिलेको केपी ओली र देउवाको सरकार यहि सरकार हो। यो सरकार निर्माण हुँदा आफू अचम्ममा परेको भन्दै हमालले आश्चर्य व्यक्त गरे।
मैले त पार्टी अध्यक्ष माधव नेपाललाई कल गरेर सोध्दा मात्रै थाहा भयो। यो सरकार व्यापारीको घरमा बसेर सल्लाह गरि बनेको सरकार रहेछ। त्यसपछि बामपन्थी आन्दोलन स्खलन भएको उनको भनाइ थियो। मानव तस्करी काण्डमा गृहमन्त्रीको संलग्नता बाहिर आउनु दलालको रजगज कस्तो छ भन्ने थाहा हुन्छ। गृहमन्त्री माथि प्रश्न उठेपछि त्यसको नैतिक जिम्मेवारी हुने कुरा बिर्सिनु हुने थिएन्। यस्तै चरित्रले त्यसको प्रतिनिधित्व गरेको छ। दलालहरूले देशलाई कता लैजाँदै छन्, देख्न थालिएको छ। वर्तमान राजनीति दलालहरूको गठजोड हो भन्ने उहाँको आरोप छ।
अहिलेको तथ्यांक हेर्ने हो भने हुम्ला जिल्ला ६७औँ पूर्ण साक्षर जिल्ला भएको छ। विकासका यस्ता सुचक हेर्ने हो भने हरेक स्थानमा केही न केही प्रगति भएको छ। तर, समान आर्थिक र भौतिक विकास हुन नसकेको उहाँको बुझाई छ। दलहरुले पावर र पैसा प्रयोग गर्ने, पपुलिष्ट र पुनरुथान वादिहरुको उदय र नागरिकमा उत्पन्न चरम निराशाले चापिरहेको बेला यस्तै दिनहरूदेख्न सकिन्छ। राजावादीहरू सडकमा छन्। सदनमा पनि आफ्नो माग राखिरहेकै छन्। उनिहरुको पक्षमा जनमत बन्दै गएको देख्नु पर्दा व्यवस्था माथि प्रश्न उठेको छ। राजावादी वा पुनर्उत्थानवादीलाई माथि आउन दिने हो? भने समाजवादको जग हल्लिने छ र लोकतन्त्र माथि उठन सक्दैनन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीले गएको वर्ष दशौँ महाधिवेशन गर्यो। यसको उदेश्य विद्रहको औचित्य पुष्टि गर्नुथियो। समयक्रममा केन्द्रीय कमिटी पनि गठन भयो। तर पद विभाजनमा मत भेद देखिनु स्वभाविक थियो। त्यसलाई समान्य रुपमा लिइदिन कार्यकर्ताहरुलाई हमालले अपिल गर्नुभएको छ। नेकपा (एकीकृत समाजवादी) लाई वैचारिक रूपमा पार्टीलाई सुस्पष्ट बनाउने र नेपाली विशेषताको समाजवाद अवलम्बन गर्ने पार्टीको दशौ महाधिवेशनले सुनिश्चित गरिसकेको छ।
नेपाली विशेषताको समाजवाद अन्य देशको अवधारणा भन्दा फरक छ। अहिले पनि विभिन्न खाले उपनिवेशबाद र हस्तक्षप निरन्तर छ। त्यसको प्रतिवाद र विरोध हाम्रो मुल उदेश्य रहेको छ। नेकपा एमालेको पाँचौ अधिवेशनले जनताको बहुदलीय जनवाद भनेर भनेको अहिलेको अर्ध सामन्तवादको अवशेषले प्रमाणीत गरिसकेको छ।
जव सोभियत संघ ढल्यो नेपालमा पनि नौलो जनवादी क्रन्ति सुरुभयो। त्यहिबाट नेपाली विशेषताको नौलो जनवादी व्यवस्थाको बाटो अबलम्बन गरियो। तर २०६२/६३ मा सात राजनीति दलको सहमतिमा आएको आन्दोलनले नै जवजको मुल आधारलाई पक्षपोषण गरेको थियो। हाल नेपालले भोग्नु परेको अबस्था त्यसको उपज हो। अब देशमा समाजवादी क्रान्तिको विकल्प नभएको मेरो धारण रहेको छ। हामीले अबलम्वन गरेको मार्ग दर्शन माक्सबाद र लेलिनवाद हो। तर नेपाली विशेषताको समाजवादी राज्य हाम्रो लक्ष्य हो। एकीकृत समाजवादीको यहि कार्यक्रमले पार्टीलाई अगाडि बढउने छ।
नेपाली विशेषताको समाजवादलाई सफल पार्न अन्य बामपंथी दलहरुसँग मिलेर पनि कार्यक्रम अगाडि बढाउन सकिन्छ। अब हामिले संसदीय प्रणालि र निर्वाचन प्रकृयाबाट यसका निम्ति भूमिका निर्वाह गर्न सक्नु पर्छ। हमालले एक प्रशिक्षण कार्यक्रममा पार्टीमा आबद्ध नेता कार्यकर्तालाई अनुरोध गर्दै पार्टीको संगठन विस्तार र मजबुद हुनु पर्ने बताउनुभयो। उहाँका अनुसार पार्टी निर्माण नगरी कसैले वास्ता गर्ने छैनन्। त्यसको परिणाम गएको निर्वाचनमा हामीले भोगेका थियौँ। हरेक निर्बाचन वा प्रतिष्पर्धामा तालमेल भयो भने आफ्नो दलको शक्तिले त्यसलाई निर्धारण गर्ने हो। संगठन निर्माण गर्न सकियो भने मात्रै हामीले पेलेर काम लिन सक्छौ नत्र विपक्षीले हामीबाट फाइदा लिन्छन्।
गत ८१ चैत १५ गतेकोे आन्दोलनले गणतन्त्रबादी र राजावादीको शक्ति कस्तो छ भन्ने देखाइसकेको छ। सरकारको विरुद्ध आन्दोलन गर्दा राजावादीको कार्यक्रमले हाम्रो प्रदर्शनले शक्ति सन्तुलन विषयलाई राम्रोसँग मूल्यकन गर्न सजिलो भएको मान्न सकिन्छ। समाजवादी मोर्चाको कारण उनीहरु कमजोर भएको उहाँको व्यक्तिगत बुझाइ रहेको छ। हामीले आफ्नो शक्ति संचय गर्नाले सत्तारूढ दल पनि आँत्तिएका थिए। त्यतिबेला सरकारलाई नराम्रो धक्का लागेको थियो। त्यसकारण पनि समाजवादी मोर्चा जरुरी छ।
नेकपा एकीकृत समाजवादीले नेपाली विशेषताको समाजवादीका कार्यक्रम बनाउन विभिन्न विद्वानहरुसँग छलफल गरेको थियो। साथै अन्य दलसँग पनि यो विषयमा व्यापक छलफल भएको हो। अन्य पार्टीको भन्दा एकीकृत समाजवादीको नेपाली विशेषताको समाजवादी कार्यक्रम उत्कृष्ट, स्तरिय र गतिशील छ। पार्टीलाई आन्दोलनबाट स्थापित गर्ने बाटोमा जानलाई सुशासन र रोजगारी,समाजबादको तयारी भन्ने मूल नारा राखिएको छ।
राज्यको अर्थतन्त्रको मूल आधार रोजगारी हो। रोजगारी सिर्जना नगरी युवा पलायन रोक्न कल्पना पनि गर्न सकिदैन। ५० लाख नागरिक विदेशमा छन्। अझै देशमा सम्भावना नदेखेर पलायन र विस्थापित हुने क्रम बढदो छ।अब त युवा र बौद्धिक वर्गलाई देशमा फर्काउन रोजगारी र अबसर पाउन सक्ने वातावरण बनाउनु पर्छ। नत्र पुँजीवादले मात्रै देश अगाडी बढाउन कठिन छ। चाहिन्छ। त्यसका निम्ति लगानी चाहिन्छ। लगानि भित्र्याउन के गर्ने? भन्ने कार्यक्रम ल्याउनु पर्ने देखिन्छ। संघीयतालाई कसरी प्रभावकारी बनाउने त्यसको गहिरो अध्यायन गर्नु पर्छ। संघ, प्रदेश र पालिका सरकारलाई सचेत गराउन आन्दोलनको कार्यक्रम राखिएको हो।
उहाँले बैचारिक र सांगठनिक रुपमा कसरी गतिविधि गर्ने हो? त्यसको तयारी गर्न देश भरिका नेताहरूलाई अब्हान गर्नु भएको छ। देश भरिका ७ सय ५३ वटा पालिकामा संगठन गठन र पुर्नगठन मजबुत पार्न उहाँको सुझाव थियो। आगामी निर्वाचनमा हरेक वडामा उमेदवार उठाउन आबाश्यक रहेको छ। बागमती प्रदेशमा काभ्रे जिल्ला सशक्त र मजबुत छ। त्यसैले अध्यक्ष माधन नेपालले काभ्रेलाई सधै प्रशंसा गर्नु हुन्छ। काभ्रे जिल्लाबाट अरु जिल्लाले पनि पाठ सिकेर अगाडि बढनु पर्छ। काभ्रेलाई थप प्रसंशा गर्दै हमालले जिल्ला कमिटीले निर्णय गरेका योजना कार्यान्वयन गरेर लैजान अनुरोध गर्नु भएको छ।
यो अस्थिर सरकार ढल्ने कुरा बजारमा आउनु स्वभाविक भएको हमालको भनाइ छ। राष्ट्र बैंकको गभर्नर नियुक्तिको विवादले सरकार ढल्ने स्थितिमा पुगेको थियो। पार्टीका अध्यक्ष नेपाललाई अख्तियारले लगाएको आरोप र एयरपोर्ट काण्डले पनि सरकारको चरित्र देखाएको छ। तर, कता कता लेनदेनबाट सरकार धर्मराउँदै अगाडि बढदै छ। मााफिया सरकार भएकोले कतिखेर ढल्छ थाहा हुदैन। समाजवादी र माओवाद लगायत सबै दलसँग छलफल भएको छ। हरेक दिन नेपाली अर्थतन्त्र बिग्रदै गरेको छ। साथै अन्तर्राष्ट्रिय सम्बन्धमा असर पारेको आरोप छ। नेकपा एकीकृत समाजले सरकारलाई केही मागपत्रहरु बुझाएको छ। त्यसको उचित सम्बोधन नभए संसदमा आबाज उठाउने हमालको तर्क थियो।