काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीको चौथो बैठक सम्पन्न भएको छ।
अध्यक्ष हरिकृष्ण थापाको अध्यक्षता एवं पार्टीका महासचिव घनश्याम भूसालको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो। ‘सुशासन र रोजगारी, समाजवादीको तयारी’ को मूल नाराका साथ बैठक सम्पन्न भएको हो।
मुलुकमा बेरोजगारी समस्या समाधान गर्न,अनियमितता र भ्रष्टाचार अन्त्य गर्न पार्टीले राष्ट्र व्यापी माग र आन्दोलन सञ्चालन गरेको महासचिव भूसालले बताउनुभयो।
भूसालले अगाडि भन्नुभयो, ‘युगान्तकारी परिवर्तनबाट गणतन्त्र आए पनि जनतालाई सुशासन र रोजगारी दिन सकिएन। राज्यले यसतर्फ ध्यान दिएन। उल्टै मुलुकमा अनियमितता र भ्रष्टाचार बढेर गयो। जनतामा निराशा र आक्रोस बढेको छ। राज्यको नालायकीपनले पुनरुत्थानवादीहरु, राजावादीहरुर पपुलिष्टहरु व्यवस्था र संविधानका विरुद्ध सडकमा अराजक ढंगबाट प्रस्तुत भएका छन्। राज्य यतिबेला निरीह बनेको छ। सत्ताको दम र उन्मादले सरकारले राष्ट्र र जनताको समस्या समाधान गर्न ध्यान दिएको छैन। मुलुकमा यस्तो गम्भिर परिस्थिति उत्पन्न भएको बेला एकीकृत समाजवादीले रोजगारी र शुसासनको ठोस् कार्यक्रम अगाडि सार्दै माग आन्दोलन गर्दै यस एजेन्डामा सहमत हुन सबै राजनीतिक पार्टीलाई आग्रह गर्दछु।’
बैठकमा पार्टी पोलीटब्यूरो सदस्यीय प्रेमलकुमार खनाल ,जिल्ला ईन्चार्ज कृष्ण लाल महर्जन,सह इन्चार्ज राधा सिल्वाल,पार्टी केन्द्रीय सदस्यहरु उषा बज्राचार्य, एस केसी, सुनिता थापा, अनुशासन आयोगका रामकुमार वान्तवालगायत, केन्द्रीय नेताहरु, बागमती प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु सहभागी रहेको बैठकमा अध्यक्ष थापाले पार्टीको आगामी जेष्ठ ११ गते देखिनको दोश्रो चरणको संघर्षको कार्यक्रम प्रस्तुत गर्नु भएकोमा बैठकले पारित गरेको छ।
पार्टीको आगामी संघर्षको कार्यक्रममा जेष्ठ ११ गते महालक्ष्मी नगरपालिकामा र जेष्ठ १३ गते गोदावरी नगरपालिकामन पार्टी कार्यकर्ताहरुको व्यापक सहभागीतामा माग पत्र पेश गर्ने , जेष्ठ १६ गते जिल्ला प्रशासन कार्यालय र ललितपुर महानगर पालिकामा जेष्ठ १९ गतेस्मरण पत्र बुझाउने , जेष्ठ २० गते महांकाल गाउँ पालिकामा ध्यानाकर्षण पत्र बुझाउने ,यसैगरी ललितपुर जिल्लाका सबै वडामा जेष्ठ १० गते देखिन २३ गते सम्ममा वडाका समस्यालाई लिएर वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाई सक्ने निर्णय गरेको छ।
यसैगरी जेष्ठ २२ गते पार्टीले अगाडि सारेको रोजगारी र सुशासनका विषयमा जिल्लाका विभिन्न राजनीतिक पार्टीहरु र बुद्धिजीवी विच विचार गोष्ठी आयोजना गर्ने , जेष्ठ २३ गते माग नारा उल्लेखित प्लेकार्ड सहित ललितपुर नगरपालिका अगाडि २ घन्टाको धर्ना कार्यक्रम संचालन गर्ने , जेष्ठ २५ गते लगन खेल र जेष्ठ २७ गते लुभु र जेठ २८ गते गोदावरी प्याङमा माग नारा उल्लेखित पर्चा वितरण र कोण सभा गर्ने , जेष्ठ ३० गते जातीय भेदभावका विरुद्ध राष्ट्रिय गोष्ठी गर्ने र असार ६ गते पत्रकार सम्मेलन गर्ने निर्णय भएको छ।