काठमाडौँ। नेपाल राष्ट्रिय उद्योग ब्यवसायी महासंघको चौथो बैठक सम्पन्न भएको छ।
गत शनिबार राजधानीको अर्याल इन्टरनेशनल होटल नयाँ बानेश्वरमा सम्पन्न बैठकको अध्यक्षता महासंघका अध्यक्ष लंक बहादुर के.सी.ले गर्नु भएको थियो भने नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यस्तै बैठकमा स्थायी कमिटी सदस्य एवं महासंघ ईन्चार्ज विरोध खतिवडा, लेखा आयोगका अध्यक्ष एवं महासंघका निवर्तमान अध्यक्ष भरत कुमार श्रेष्ठ, उद्योग वाणिज्य विभाग प्रमुख परमानन्द भट्टको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन उपमहासचिव कुमार थापाले गर्नुभएको थियो।
उपरोक्त सम्बन्धमा नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघ नेपाल सरकारसँग आवद्ध रहेको विशेष आर्थिक ऐन २०७३ र उपभोक्ता संरक्षण ऐन २०७५ सँग आधिकारिक आवद्धता तथा ऐनले व्यवस्था गरेको समितिमासमेत प्रतिनिधित्व गर्दछ।
महासंघको कार्यसमितिको चौथो बैठकबाट विभिन्न दश बुँदासहित विविध विषयमा छलफल गरि महासंघलाई अझ सशक्त बनाउन पार्टीमासमेत सुझाव पेश गर्ने गरि मुख्यत निम्न विषय पारित गरि बैठक समापन भएको थियो।
निर्णय
१.समाजवाद उन्मुख अर्थतन्त्र विषयक सेमिनार, गोष्ठि आयोजना गर्ने।
२.नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी, केन्द्रीय विभाग, प्रदेश र जिल्ला कमिटीमा महासंघको प्रतिनिधि हुनुपर्ने माग गर्ने।
३.महासंघको सवलीकरणका लागि निम्न संयोजक रहेको उपसमिति गठन गर्ने।
क)आर्थिक उपसमिति-संयोजक, प्रेम कुमार मल्ल
ख) कार्ययोजना निर्माण-संयोजक, मदन कुमार आचार्य
ग) बजेट छलफल संयोजक-प्रकाश पाण्डे