कठमाण्डौ,जेठ २०
आगामी असार ६ गते हुने अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवार बनेका २ जना उम्मेद्वारी सहीत ४ जनाको मताधिकार खारेज भएको छ ।
एन्फा निर्वाचन समितिमासदस्य पदमा उम्मेदवारी दिएका सप्तरीका रेमशकुमार श्रेष्ठ र बाराका शम्भुसिंह ठकुरीको उम्मेद्वारी खारेज भएको छ भने सिराहा फुटबल संघका मताधिकार प्रतिनिधि प्रविणकुमार यादव, फ्रेन्ड्स क्लबका दीपक थापा, सरस्वती युवा क्लबका उत्तम भण्डारी र महिला संघका विना श्रेष्ठकोे मत अधिकार खारेज भएको हो ।
उनिहरु मध्ये यादव र ठकुरीले समयमा उम्मेदवारीबापत बुझाउनु पर्ने भौचर समयमा नवुझाएकोले उम्मेद्वारी खारेज भएको बताइएको छ ।
उनीहरुले उम्मेद्वारी दर्ता गराएको चार दिनपछि अर्थात १६ गते भौचर बुझाएका थिए । एन्फाको निर्वाचनसम्बन्धित विधानमा उम्मेदवार आफै उपस्थित भएर भौचर अनिवार्य बुझाउनु पर्ने उल्लेख छ । जसका कारण एन्फाको इन्ट्रीग्रिटी कमिटीले पनि यो उम्मेदवारीलाई मान्यता दिएन । उनीहरूले अपिल समेत गर्न नमिल्ने निर्वाचन समितिले जनाएको छ ।
यसअघि निर्वाचन समितिले बुधबार मताधिकार खारेज भएका चार जना सिराहा जिल्ला फुटबल संघको मताधिकार पाएका प्रविणकुमार यादव, फ्रेन्ड्स क्लबको मताधिकार पाएका दीपक थापा, सरस्वती युवा क्लबको मताधिकार पाएका उत्तम भण्डारी र महिला संघको मताधिकार पाएकी विना श्रेष्ठको नाम अन्तिम मतदाता नामावलीबाट हटाइएको थियो ।
दाबी विरोधको उजुरीको अध्ययनपछि चार जनाको मताधिकार अवैध भएको भन्दै निर्वाचन समितिले उनीहरूको मताधिकार खारेज गरेको थियो । निर्वाचनमार्फत् एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ ।
अध्यक्षकाका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम र राजिव पौडेलले उम्मेदवारी छ ।