पर्वत चैत्र १५
पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवा स्थित जनसहयोगी प्राविधिक तथा व्यवसायिक माविमा सोमबार एक कार्यक्रमकाबीच खेलकुद सामाग्री वितरण गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू जिल्ला कमिटी पर्वतको आयोजनामा “म अनेरास्ववियू सार्वजनिक समस्यामा मेरो दायित्व” कार्यक्रम अन्तर्गत उक्त सामाग्री वितरण गरिएको हो ।
मुडिकुवामा गठित अनेरास्ववियू प्रारम्भिक कमिटीले केही समय पहिले गरेको साहित्यिक कार्यक्रम “पलेटीमा तीन कवि” नामक कार्यक्रम संचालन गर्दा बचत भएको रकम र नेकपा एकीकृत समाजवादी पर्वत जिल्ला कमिटी सदस्य लोकनाथ भुषालको बिशेष सहयोगमा भलिबल, फुटबल, चेस, क्रीकेटबल, क्रीप्याड आदि गरेर २० हजार रुपैयाँ बराबरको खेलकुद सामाग्री वितरण गरिएको अनेरास्ववियू पर्वतका अध्यक्ष सन्तोष सुनामले जानकारी दिनुभयो ।
अनेरास्ववियूले विद्यार्थीहरुको हक हितमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताउदै उक्त सामाग्री उपलब्ध गराउन नेकपा एकीकृत समाजवादी पर्वतका जिल्ला कमिटी सदस्य भुषाललाई धन्यवाद दिनुभयो । खेलकुद वितरण कार्यक्रममा बोल्दै फलेवास नगरपालिकाका प्रवक्ता तथा मुडिकुवाका वडा अध्यक्ष टिकाराम गौडेलले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा जोड दिदै खेलकुद सामाग्री वितरण गरेकोमा अनेरास्ववियू पर्वतलाई धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भएको बताउदै अनेरास्ववियूले प्रदान गरेको खेलकुद सामाग्रीले विद्यार्थीहरु उत्कृष्ट खेलाडी बन्नमा सहयोग पुर्याउने बताउनुभयो ।
वडा तथा पालिकाले बिद्यार्थीरुको रुचि चाहाना अनुसार खेलकुद सामाग्री उपलब्ध गराउन नसकेको अवस्थामा अनेरास्ववियूले सामग्री वितरण गरेकोमा प्रसंशा व्यक्त गर्नुभएको थियो । स्वास्थ्य पढ्ने समयमा पढ्न र खेल्ने समयमा खेल्न अनुरोध गर्दै खेलकुद सामाग्रीको सहि सदुपयोग गर्न गौडेलले विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
जनसहयोगी प्राविधिक तथा व्यावसायिक माबि अनेरास्ववियू प्रारम्भिक कमिटी अध्यक्ष सुदिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निमित्त प्रअ तुलसीराम तिवारीको धन्यवाद मन्तव्य र कार्यक्रमको संचालन समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण विश्वकर्माले गर्नुभएको थियोे