म्याग्दी चैत्र १५
नेकपा(एकीकृत समाजवादी) म्याग्दीकी इन्चार्ज मुना बानियाँले केपी ओलीले ध्वस्त बनाएको कम्युनिस्ट आन्दोलनलाई आफूहरुले जोगाउन नयाँ पार्टी एकीकृत समाजवादी गठन गरेको बताउनुभयो ।
बेनी नगरपालिका ९, घतान म्याग्दीमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को वाड कमिटी गठर्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि बानियाँले “लिगबाट बाहिर गएपछि रेलको जे हालत हुन्छ, त्यही हालत हुँदैथ्यो नेपालको कम्युनिस्ट आन्दोलन ।
तर आफूहरुको निरन्तर खटनका कारण कम्युनिस्ट आन्दोलन जोगिएको छ” बानियाँले भन्नुभयो । बिशिष्ठ अतिथि पार्टीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले युवाहरुको जोस र उत्साहको प्रतिफल नै एकीकृत समाजवादीको जन्म भएका कारण आफ्नो पार्टीले युवाहरुलाई राजनितिमा अगाडि बढ्ने अवसर दिने बताउनुभयो ।
“आउनुहोस् युवा साथीहरु हामी युवाहरु गोलवद्ध भएर एकीकृत समाजवादीलाई शिखरमा पुर्याउँ” विश्वकर्माको भनाई रहेको थियो ।
समाजवादीका बेनी नगरपालिका अध्यक्ष मुक्ति पाइजाले गाउँगाउँमा भ्रष्टचार र विकृतिहरु बढ्दै गएकाले अब त्यसलाई रोक्ने जिम्मा हामी युवाहरुको काँधमा आइपुगेका कारण निडर भएर अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
भेलाले सुनिल दामलको अध्यक्षतामा ५१ सदस्यीय वाड कमिटी गठन गरेको छ ।
उपस्थित भेलालाई सम्बोधन गर्दै निर्वाचित वाड कमिटी अध्यक्ष दामलले पार्टीले दिएको जुनसुकै जिम्मेवारी आफूले निर्वाह गर्ने भन्दै सबैलाई समाजवादी पार्टीमा आवद्ध हुन आग्रह गर्नुभयो ।
एकीकृत समाजवादी बेनी नगर अध्यक्ष मुक्ति पाइजाको अध्यक्षता, म्याग्दी जिल्ला इन्चार्ज मुना बानियाँको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन सचिवालय सदस्य प्रदिप खत्रीले गर्नुभएको थियो ।