काठमाडौँ। आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन्। वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुनेछ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभावछ। त्यसैको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। आज बिहान बागमती र कोशी प्रदेशमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद गंगा नगरकोटीले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन्। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको उनले जानकारी दिइन्।
आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बुधबार पनि देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। बुधबार राति भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
गएराति काठमाडौँ उपत्यकासहित पहाडी जिल्लाहरुमा हावाहुरीसहित वर्षा भएको थियो। वर्षाका कारण तुवालो हट्दै गएको र डढेलो पनि कम हुँदै गएको मौसमविद नगरकोटीले बताइन्।
गृह मन्त्रालय अन्तर्गतको विपद जोखिम न्यूनीकरण पोर्टलमा देशका १८० स्थानमा मात्रै डढेलो लागेको देखिन्छ। केही दिनअघिसम्म एकै दिन पाँच सय स्थानमा डढेलो लागेको देखिएको थियो।