काठमाडौं। पुदिना नेपालको जुनसुकै ठाउँमा पाइन्छ। विशेषगरी पहाडी भेगमा पुदिना प्रसस्त पाइने गरिन्छ।
ओसिलो ठाउँ, खोलाको किनारलगायत स्थानमा यो आफैं उम्रिएको हुन्छ। चर्को घाम नपर्ने ठाउँमा यसलाई रोपेर हुर्काउन पनि सकिन्छ।
यसलाई ताजा एवं सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ। पुदिनालाई चियामा वा तातो पानीमा मिलाएर खाना सकिन्छ । यसलाई आचारको रूपमा पनि प्रयोग गर्ने गरिन्छ । पुदिना थुप्रै आयुर्वेदेक औषधिमा प्रयोग गरिएको हुन्छ । पुदिना बहुउपयोगी जडिबुटी हो ।
पुदिनाका सात फाइदाहरु
१। पुदिनाले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउन, थकान घटाउनेलगायत काम गर्छ ।
२। पुदिना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्या कम गर्न पनि उपयोगी मानिन्छ । यसले छालामा चमक ल्याउने, सफा राख्न मद्धत गर्ने, डन्डिफोर आउन नदिने काम गर्छ ।
३। बान्ता हुने तथा टाउको दुखाइको समस्या समाधान पनि गर्छ ।
४। पुदिनाले नाक, घाँटी, स्वासनली तथा फोक्सोको बाटोलाई खोल्ने तथा श्वासप्रश्वासलाई सहज बनाउन मद्दत गर्छ । पुदिनाले खोकी कम गर्न पनि सहयोग गर्छ ।
५। दमका बिरामीलाई पनि पुदिना लाभदायक मानिन्छ ।
६। पुदिनाको प्रयोग तौल नियन्त्रका लागि उपयोगी छ । यसले आलस्यता पनि हटाउँछ ।
७। पुदिनाले जिब्रो र दाँत पनि सफा राख्न, कपाल झर्नबाट रोक्न पनि मद्दत गर्छ ।