काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सम्पर्क अन्तर्गतका भोजपुरेहरूको आयोजनामा पार्टी केन्द्रीय परिषद बैठकमा जिल्लाबाट उपस्थित प्रतिनिधिहरू तथा जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पार्टीका केन्द्रीय पदाधिकारीहरूबीच अन्तरक्रियात्म एवं परिचयात्मक भेटघाट बैठक सम्पन्न भएको छ।
पार्टी सम्पर्कको सभाकक्ष शान्तिनगरस्थित सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य जीतबहादुर चौहानको अध्यक्षतामा तथा कोशी सम्पर्क कमिटीका कार्यवाहक अध्यक्ष दिलीप कुमार राईद्वारा सञ्चालित बैठकमा पार्टी उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य जयन्ती राई, पार्टी सचिव तथा कोशी प्रदेश सभाका सदस्य एवम् पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई, केन्द्रीय कमिटी सदस्य तथा पार्टी जिल्ला कमिटीका सह इन्चार्ज इन्द्रावती राई, जिल्ला कमिटीका अध्यक्ष वीरजंग राई, केन्द्रीय परिषदका सदस्यहरू सिद्धि कुमार राई तथा रेखा राई प्रधानको उपस्थिति थियो।
त्यसैगरी कोशी सम्पर्क कमिटीका आर्थिक विभाग प्रमुख उषा राई, सदस्यहरू हरि के सम्पाङ्, भीमराज राई, भोजपुर-काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष भद्र पराजुली तथा सम्पर्क मञ्चका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा पार्टी उपाध्यक्ष जयन्ती राई र सचिव राजेन्द्र कुमार राईले पार्टी नेतृत्वका बैचारिक, सैद्धान्तिक एवम् राजनीतिक(सामाजिक महत्व माथि प्रकाश पार्दै मन्तव्य राख्नुभयो। त्यसैगरी केन्द्रीय कमिटी सदस्य इन्द्रावती राई, जिल्ला कमिटी अध्यक्ष वीरजंग राई, केन्द्रीय परिषद सदस्य सिद्धि कुमार राई तथा सम्पर्क मञ्चका अध्यक्ष भद्र पराजुलीले पनि आआफ्ना मन्तव्य राख्नुभएको थियो।
बैठकले पार्टीको भूगोल र सम्पर्क बीच सहयोग, सद्भाव र सूचना आदानप्रदान, जिल्लामा भौतिक पूर्वाधार र सामाजिक विकास लगायतमा महत्वपूर्ण तीन प्रस्तावहरू पारित गर्दै पार्टी केन्द्रीय कमिटी सदस्य तथा जिल्ला कमिटी इन्चार्ज रमेश शाक्य मृगौला सम्बन्धी समस्याको उपचार गराइरहनु भएकोमा शीघ्र एवम् पूर्ण स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारमा आर्थिक सहयोग जुटाउन प्रदेश सम्पर्क कमिटी सदस्य हरि के साम्पाङ राईको संयोजकत्वमा टोली गठन गरी अभियान संचालन गर्ने निर्णय गर्यो।