लुम्बिनी । नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) लुम्बिनीको विशेष अधिवेशन सम्पन्न भएको छ । लुम्बिनीमा भएको भेलाले आईते पुन मगरको अध्यक्षतामा १९ सदस्यीय प्रदेश कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा रामसिंह ठकुरी, सचिवमा खिमबहादुर सुनार चयन हुनु भएको छ ।
कमिटीका अन्य सदस्यहरूमा लौटनथारु, प्रेमबहादुर सुनार, रिमबहादुर रानामगर, नरेन्द्रबहादुर क्षेत्री, धनवीर रानामगर, लालबहादुर थापा, दानप्रसाद सुवेदी, विद्यासागर चौधरी, राज सिरानीया, टेकबहादुर थापा, ध्रुव अर्याल, मेघबहादुर खड्का, गौरीशंकर बस्नेत, बमबहादुर पौडेल चयन हुनु भएको छ ।
यस्तै भेलाले नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) को रूपन्देही, पाल्पा ,नवलपरासी र कपिलवस्तुमा आयोजक कमिटी गठन भएको छ । जस अनुसार रूपन्देही जिल्लाको संयोजकमा धर्मेन्द्र श्रेष्ठ र सचिवमा विद्यासागर चौधरी ,पाल्पाको संयोजकमा टोपबहादुर थापा र सचिवमा धनवीर राना चयन हुनु भएको छ । यस्तै नवलपरासीको संयोजकमा नगेन्द्रबहादुर क्षेत्री र कपिलवस्तुको संयोजकमा भिमबहादुर सुनारलाई जिम्मेवारी प्रदान गरिएको छ ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) का केन्द्रीय अध्यक्ष तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य धनबहादुर कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अब्दुल हुसेन खाँ, पार्टीका जिल्ला कमिटी उपाध्यक्ष चीनबहादुर गुरुङ ,प्रदेश कमिटी सदस्यहरू माधव पन्त, गुप्तबहादुर खत्री, विनोद श्रेष्ठ, चन्द्रबहादुर केसी, साहित्य तथा जनसंस्कृति विभागका सदस्य भेषराज शर्मा। सचिवालय सदस्य केशव आचार्य, जिल्ला सदस्य जगनबहादुर क्षेत्री लगायत नेताहरुको उपस्थिति रहेको थियो ।