काठमाण्डौं । जनसाहित्य मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले डा. राजेन्द्र कोजुको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ ( समाजवादी ) सम्बद्ध जनसाहित्य मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनले डा. कोजुको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा शान्तिप्रिय वन्दना र बालमुकुन्द कार्की महासचिवमा उर्मिला कुँवर सचिवमा रघुनाथ कडरीया र रामचन्द्र खतिवडा कोषाध्यक्ष यदुनाथ वसन्तपुरे रहनु भएको छ । कमिटीको सदस्यहरुमा प्रवजन न्यौपाने, छन्दविज्ञान निरौला, कृष्णमायाँ वि.क.प्रदिप विक ,दुर्गा परियार, ध्रुव रायमाझी,बखत खड्का,दिपसागर पन्त,अर्विन न्यौपाने ,पुन्य घिमीरे र नारायणराज उप्रती रहनु भएको छ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा पार्टीका उपमहासचिव डा. विजय पौडेल, स्थायी कमिटी सदस्य भविसोर पराजुली, पोलिटब्युरो सदस्य माधव पौडेल, देवशंकर पौडेल, प्रेममहल खनाल, केन्द्रीय सदस्य गिता सोडारी, जनसाँस्कृतिक महासंघ समाजवादीका अध्यक्ष कृपाराम शर्मा धमालालगायतका नेताहरूले मन्तव्य राख्नु भएको थियो। कार्यक्रम मञ्चका अध्यक्ष डा.पुष्कर भट्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।