लेखनाथ सिकारू
राष्ट्रिय विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको आज १३९औं जन्मजयन्ती। उनको कर्मभूमि पाँचथरसहित देशका विभिन्न भागमा कार्यक्रमको आयोजना गरी मनाईँदैछ।
वि.स.१९४२ कार्तिक २५ गते इलाम जिल्लाको तत्कालीन इभाङ ५ चुक्चिनाम्वा (हाल माङसेवुङ २) मा जन्मेका नरध्वज लिङदेन सिकिस्त बिरामी परेपछि निको हुने जनविश्वासका आधारमा फलामका चुरा लगाई दिएपछि फलामसिं हुँदै कर्मले फाल्गुनन्द भएर उदाएको पाइन्छ।
१६ वर्षको उमेमा ब्रिटिस सेनामा भर्ना भएर काम गर्न थालेका उनले युद्धमा काटमार र मानव मानवको हत्या हिंसा देखेपछि उनी मानव मानव बीचको लडाइ मारामारबाट विश्व शान्ति नहुने भन्दै सैनिक जागिरसमेत छाडेर नेपाल फर्किएका थिए। पाँचथरको अहिलेको फिदिम नगरपालिका ३ चोकमागु लगायतका क्षेत्रमा लिम्बू समुदायमा भएको धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति विसंगति र सुधार गर्नुपर्ने पक्षका बारेमा सचेतना जगाउने काममा लागेका थिए।
उनले लोप हुने अवस्थामा रहेको लिम्बूहरूको सिरिजंगा लिपिको खोजी गरी संरक्षण सम्वर्द्धन साथै लिम्बूहरूको जन्मविवाह मृत्यु संस्कारलाई समायानुकुल परिवर्तनको लागी कार्य गरेका थिए। ८ वर्षकै उमेरबाट हत्या हिंसा गर्न नहुने, झुटो बोल्नु नहुने, नारीहरू सृष्टि कर्ता भएकोले उनिहरुलाइ समाजमा उच्चसम्मान दिनुपर्ने, आफ्ना कुल देवतालाई चोखो नितो भइ बिहान बेलुका पुजा आराधना गर्नु पर्ने,मासु मांस तथा मदिरा पान गर्नु नहुने साथै देवी देवतालाई मासु मंश र मदिरा चढाउनु नहुने जस्ता कुराहरु अभियानकै रुपमा सञ्चालन गरेका थिए।
तत्कालीन अवस्थामा धर्म संस्कार र संस्कृतिको रुपममा देखिएका विकृति विसंगति र कुरितिहरुलाई संसोधन गरी राम्रा रिति रिवाजको संरक्षण र खराबकुराहरुलाई सच्याउनु पर्ने भन्दै विक्रम सम्वत् १९८८ वैशाख २५ गते तत्कालिन १० लिम्बुवान १७ थुमका सामाजिक व्यक्तित्वको भेला गराइ पाँचथर जिल्लाको फिदिम स्थित लव्रेकुटिमा धर्म संस्कार र संस्कृतिमा देखा परेका विकृति कुरीति र कुसंस्कारको विरुद्ध १० बुँदे सत्य धर्म मुचुल्का तयार गरी प्रचार प्रसारका साथै लागु गरेका थिए ताप्लेजुङसँग जोडिएको कुम्भकर्ण हिम सृङखलालाई किराँतिहरुको पवित्र धार्मिक स्थत तथा तीर्थ स्थलको रुपमा विकास समेत गरेका थिए। सोहीअनुरूप अहिलेसमेत किराँतहरूले कुम्भकर्णलाइ पवित्र स्थलको रुपमा आराधना गर्ने गरेका छन्। उनले त्यस बेलामासमेत आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिने प्रयास गरेको पाइन्छ।
किराँतिहरुको मौलिक धर्म र संस्कृतिको प्रचार प्रसार गर्दै भारत , भुटान र नेपालका विभिन्न स्थानमा भ्रमण गरेका उनले तत्कालीन अवस्थामा देश द्रोहिको आरोप समेत खेप्नु परेको थियो। लिङदेनको विक्रम सम्वत् २००५ मा पाँचथरको इम्वुङ गाविस (हाल फाल्गुनन्द गाउँपालिका २) हाङयक भन्ने स्थानमा मृत्यु भयो।
उनको मृत्यु पछि किराँत धर्म संस्कार र संस्कृति मान्ने साथै उनको समाज सुधारको अभियानलाइ मान्ने संघ संस्थाले कार्तिक २५ गते जन्म जयन्ती मनाउँदै आएका छन्। लिङदेको समाज सुधारको महान कार्यको सम्मान गर्दै नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो।
उनको समाज रुपान्तरणको अभियानलाई महत्व दिएको छ। सरकारले उनको स्मरणमा २०५० सालमा रु १५ को हुलाक टिकट प्रकाशनमा ल्याएर सम्मान गरेको छ। यस्तै उहाँको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ। दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ।
समाजको आर्थिका समाजीक सांस्कृतिका सुधारमा लागेका फाल्गुनन्दले पापले सकिन्छ धर्मले वढिन्छ , वोलेन भने झगडा हुँदैन,हजारौं तारा भएर के हुन्छ एउटा जुनले काम चल्छ , खराब धेरै छोरा भएर के हुन्छ एउटा असल सन्तानले घर सुहाउँछ जस्ता समाज सुधारका उपदेशहरु अहिले समेत उपयोगी र समय सापेक्ष छन्।
आफ्नो मौलिकतालाइ विर्सेर पथ भ्रष्ट हुनु हुन्न धर्म संस्कार र संस्कृतिका नाममा तडक भडक गर्नु हुन्न, आफ्नो गच्छे अनुसार धर्म संस्कार र संस्कृति मनाउनु पर्छ, मदिरा सेवन गरी आर्थिक र समाजीक रुपले भ्रष्ट हुनु हुन्न,अरुलाइ खुशि तुल्याउन अरुको ज्यान लिनु हुन्न अर्थात पशु वलि गर्नु हुन्न भगवानको पुुजा आराधना त नैवेद्य तथा फलफुल चढाएर गर्नु पर्छ जस्ता सामाजीक चेतना फैलाएर समाज सुधारमा लाग्नु भएका फाल्गुनन्दको समाज सुधारको निति विश्व सामु अनुकरणिय छ।
राष्ट्रिय विभूति किराँत धर्मका पथ प्रदर्शक अहिंसाका पूजारी मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्सनिक फाल्गुनन्दको कर्म भूमि तथा तपोभूमि पाँचथरको लब्रेकुटी उनको समाधिस्थल हरेको छ । यसलाई किराँत धर्मका अनुयायीहरुले पवित्र भूमिको रुपमा मान्ने गरेका छन् । नेपाल सरकारले राजा जनक , सीता , गौतम वुध्द , अंशु वर्मा , राम शाह , पृथ्वी नारायण शाह , भीमसेन थापा , अमरसिं थापा , वलभद्र कुंवर , भक्ति थापा , त्रिभुवन ,कलाकार अरनिको , युवाकवि मोतिराम भट्ट , आदिकवि भानुभक्त आचार्य , समाज सुधारक शंखधर साख्वा ,महिला पर्वतारोहि पासाङ ल्यामु शेर्पा पछि समाज सुधारक महाँगुरु फाल्गुनन्द लिङदेनलाई १६औं राष्ट्रिय विभूतिको रुपमा घोषणा गरेको छ।
पर्वकै रुपमा फाल्गुनन्द जयन्ती मनाइँदै
किराँत धर्मावलम्बीहरुका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गते लाई विशेष पर्वका रुपमा मनाउने गरिएको छ। फाल्गुनन्दको १३९ औँ जन्म जयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लाहरु सहित राजधानी काठमाण्डौँ र विदेशमा समेत उनको सम्झना र सम्मानमा विविध धार्मिक तथा साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने गरिएका छन्।
फाल्गुनन्दका प्रमुख कार्यहरु
फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भएपनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले समान श्रद्धा र आस्था राख्ने व्यक्तित्व हुन्। उनले तयार पारेको सत्यधर्म मुचुल्का तत्कालिन अवस्थामा सवै भन्दा महत्वको विषय हो । लिम्बू समुदायका परम्परा भित्रका कुसंस्कारहरुलाई परिवर्तन गर्न तत्कालीन १० लिम्बुवान क्षेत्रका शासक, विद्वान र धार्मिक(सामाजिक अगुवाहरुलाई वि।स। १९८८ साल बैशाक १० गते पाँचथरको फिदिमा भेला गराई फाल्गुनन्दको अगुवाईमा सत्यधर्म मुचुल्का खडा भएको थियो ।
सत्यधर्म मुचुल्कामा छोरी चेलीको विबाह गर्दा सोत(रीत ९पैसा० लिनु नहुने, भगवानको पूजागर्दा प्राणीको हत्यागर्न नहुने, मद्यपान र मासु सेवनकमगर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्ने जस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक÷साँस्कृतिकपक्षहरु समेटिएका छन् ।
सत्यधर्म मुचुल्का र समाजसुधार
सत्यधर्म मुचुल्का निर्माण भएको दिन बैशाक १० गते लाई समाज सुधार दिवसको रुपमा मनाउने गरिएको छ। सत्यधर्म मुचुल्काले किराँत समुदायको धार्मिक, साँस्कृतिक र पारम्परिक पक्षलाई सुधार गर्ने महत्वपूर्ण प्रयत्न गरेको किराँत समुदायका अगुवाहरुको भनाई छ। यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का खडा पछि मात्रै छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन अन्त्य हुँदै गएको पाइन्छ।
लिङ्गीय विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको पाइन्छ। मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानको सन्तानको रुपमा ब्याख्या गर्ने प्रयास गरेको छ । शाकाहारी जीवन पद्धतिमा मुचुल्काले जोडदिएको छ। मादकपदार्थ तथा मदिरा सेवनले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकोले यसको सेवननगर्ने कुरा मुचुल्कामा समावेश गरिएको छ । मुचुल्का निर्माण भएको झण्डै एक शताब्दीपछि पनि यसको सान्दर्भिकता अझै बढ्दै गएको छ ।
प्रकृति प्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको पार्दुभाव गर्न फाल्गुननन्दको विशेष भूमिका रहेको मानिन्छ । त्यस्तै, किराँत समुदायलाई रुढीवादी परम्पराबाट बाहिर ल्याउन पनि फाल्गुननन्दको ठुलो भूमिका छ । त्यसैले पनि वर्षौपछि पनि विशेष गरि किराँत समुदाय सहित सो क्षेत्रमा उनको फाल्गुननन्दको चर्चा निकै चल्ने गरेको छ। उनले दिएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले आज पनि मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको पाइन्छ । यी नै सामाजिक अनि आध्यात्मिक चिन्तक फाल्गुननन्दको सम्झनामा र सम्मानमा आजको दिन थुप्रै स्थानिय निकायले सार्वजनिक बिदा नै दिने गरेको छ ।