काठमाडौं चैत्र १४
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय श्रम तथा रोजगार बिभागद्वारा स्वदेशी र वैदेशिक रोजगार (श्रम) क्षेत्रका समस्या एवं समाधान बारेको प्रतिवेदन पार्र्टी अध्यक्ष माधबकुमार नेपाललाई बुझाएको छ । आइतबार विभागका प्रमुख उर्वादत्त पंतले अध्यक्ष नेपाल समक्ष प्रतिवेदन पेश गनुभएको हो ।
पार्टी केन्द्रीय कार्यालय सभाकक्षमा आयोजित समारोहमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान), पेसागत महासंघ नेपालका अध्यक्ष प्रेमलकुमार खनाल , पार्टी केकस एवं एकीकृत ट्रेडयुनियन महासंघ,नेपालका महासचिव दीपक पौडेल , एकीकृत वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष सन्तकुमार लामा , ट्रेडयुनियनका नेताहरु र रोजगारदाता अगुवा नेतृत्वको महत्त्वपूर्ण उपस्थिति रहेको थियो । कार्यक्रममा स्वदेशी श्रम क्षेत्रका समस्या तथा समाधानका विषयमा विभागबाट कार्यदले तयार गरेको प्रतिवेदन कार्यदलका संयोजक तथा पेशागत महासंघ, नेपालका सचिवालय सदस्य.धरणीधर अधिकारीले बूँदागत रूपमा प्रस्तुत गर्नु भएको थियो ।
त्यस्तै एकीकृत बैदैशिक रोजगार ब्यबसायी सङ्गठनका महासचिव तथा अर्को कार्यदलका संयोजक मधुकर रिजालले सो सम्बन्धी प्रतिवेदन पेश गर्नु भयो । समारोहमा विभागका सदस्यहरू, ट्रेड युनियनका अगुवाहरू, विभिन्न रोजगारदाताहरू एवं जनवर्गीय सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
भेलाले धरणीधर अधिकारी संयोजको आन्तरिक श्रम क्षेत्रसँग संबन्धित कार्यदल र मधुकर रिजाल संयोजक रहेको वैदेशिक रोजगारसंग सम्बन्धित कार्यदलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेको थियो ।
भेलाले दिएका सुझाब दिइएका विषयहरू -
१.अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोग गठन सम्बन्धमा ।
२. सामाजिक सुरक्षाकोषको प्रभावकारी कार्यान्वयन सम्बन्धमा ।
३. विद्यमान श्रम सम्बन्धी कानुन कार्यान्वयनमा देखिएका समस्याहरु र त्यसको समाधनकालागि हुनुपर्ने आवश्यक संशोधन सम्बन्धमा ।
४. श्रमिकहरुको पार्टी तथा सरकारी निकायहरूमा उचित प्रतिनिधित्व सम्बन्धमा ।
५.संगठन दर्ता,नवीकरण, पुनर्गठन र सञ्चालन सम्बन्धमा ।
६.स्वरोजगार श्रमिककालागि सहज कार्यथलो सम्बन्धमा ।
७.त्यस्तै वैदेशिक रोजगार सम्बन्धी क्षेत्रका विविध समस्या र तिनको प्रभावकारी समाधान सम्बन्धमा छुट्टा छुट्टै प्रतिवेदन प्रस्तुत गरियो ।