काठमाण्डौं,बैशाख २४
सत्तारुढ गठबन्धन अन्तर्गत नेकपा(एकीकृत समाजवादी)को तर्फबाट काठमाडौं महानगरमा उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठले आफूहरु गठबन्धनको बलमा मात्र नभएर एजेण्डासहित निर्वाचनमा होमिएको बताउनु भएको छ ।
उम्मेदवार श्रेष्ठले काठमाडौं महानगरपालिका घुसखोरीको अखडा बनेको बताउनुभयो । उहाँले महानगरपालिकाभित्र सुशासनको आधार नै छैन ।
गठबन्धनको तर्फबाट आफूहरुले महानगरमा सुशासनलाई पहिलो नम्बरमा राखेको भन्दै गठबन्धनका उम्मेद्वारलाई जिताउ अनुरोध गर्नुभयोे ।
आजको कामलाई भोलि, भोलिको कामलाई पर्सी भन्ने प्रवृत्तिको आफूहरुले प्रतिवाद गर्ने भन्दै श्रेष्ठले काठमाडौं महानगरमा फोहोरमा राजनीति गरीएको भन्दै त्यस्तो काम अन्त्य गर्ने प्रतिवध्दता जनाउनुभयो ।
आफूहरुले निर्वाचन जितेपछि फोहोर प्रशोधन गरेर मोहरमा परिणत गर्ने भन्दै फोहोरबाट बिजुली, ग्यास, मल निकाल्न सकिने प्रतिवध्दता जनाउनुभयो ।
श्रेष्ठका अनुसार ‘हाम्रो प्राथामिकता नै शिक्षा र स्वास्थ्य हुुने भन्दै ‘शिक्षा र स्वास्थ्यमा मौलिक हकको रुपमा स्थापित गर्नु सके ज्येष्ठ नागरिकको निःशुल्क उपचार गर्न सकिन्छ । गरिब तथा मध्यम वर्गका परिवारले पनि त्यसको लाभ लिन सक्छन् । गरिबीबाट आएका बालबालिकालाई समेत इन्जिनियर र डाक्टर बन्नका लागि पहल गर्ने भन्दै उहाँले काठमाडौं महानगरमा ८९ वटा सामुदायिक विद्यालयमध्ये दुई÷तीन विद्यालयबाहेक सबैमा गुणस्तरीय शिक्षा नभएको भन्दै उनले तिनलाई गुणस्तरीय बनाउने आफूहरुको एजेन्डा रहेको बताउनुभयो ।
आफूूहरुको नेतृत्वमा त्यस्ता विद्यालयलाई आधुनिकीकरण गर्छौँ उहाँको प्रतिवध्दतामा उल्लेख छ । आफूहरुका प्राथमिकतामा महानगरको आफ्नै अस्पताल बनाएर जेष्ठ नागरिक गरिबलाई सेवा दिने समेत उल्लेख छ ।
बताएका हुन् ।
नेपाली युवा नेपालमा नबसे देश नबन्ने , रेमिट्यान्सलेमात्र देश नबन्ने , ‘रेमिट्यान्सको पैसाले देश दुखले चल्ला तर देश बनाउने हो भने रेमिट्यान्सलेमात्र देश बन्दैन । युवाहरुको पसिना युवाहरुको रगत युवाहरुको कार्य क्षमता यहीँ देशमा प्रयोग गर्नुपर्ने तातावरण निर्माण गर्नुपर्ने छ । युवाहरु कतार मलेसिया गएर देश बन्दैन उहाँको भनाई छ ।
काठमाडौंमा चर्को मूल्यमा भाडा तिर्नुपर्ने गरेकोमामेत गुनासो गर्नुभएको छ । युवाका लागि निस्शुल्क इन्टरनेट उपलब्ध गराउनेसमेत बताए । उनले भने, ‘प्राविधिक शिक्षामा जोड दिनुपर्छ । थ्वेरिटिकलमामात्र ध्यान दिनु हुँदैन । मोबाइल बनाउने, ल्यापटप बनाउने, वकिल, इन्जिनियर र डाक्टर प्राविधिक शिक्षा जति छ । यो सबैलाई प्रोत्साहन गर्नुपर्छ । यो काम गर्न सक्ने वातावरण बनाउनुपर्छ । यसमा खर्च गर्न सकियो भने युवाहरु देशमै बस्छ । नेपालमै काग गर्यो भने राम्रो हुन्छ ।’
उनले नेपालबाट निर्यात बढ्वा गर्नुपर्नेमा जोड दिंदै निर्यात बढाउन नसके आयात रोक्नुपर्नेमा जोड दिनुुपर्ने अवधारणा सार्वजनिक गर्नुभएको छ । हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउनका लागि बिलासिताका सामानलाई रोक्नुपर्ने, हामीसँग बिजुली छ तर हामीसँग के छैन । हामीसँग ग्यास छैन, पेट्रोल र डिजल छैन । यस्ता बस्तुहरु रोक्न सक्नुपर्यो । इन्डक्सन चुलो सहुलियतमा दिनुपर्छ । एक भान्छा एक इन्डक्सन बनाउनुपर्छ ।
ई भ्याकल गाडीलाई प्रोत्साहन गर्नुपर्छ ।’, जेष्ठ नागरिकका लागि डे(केयर सेन्टर बनाउनुपर्नेमा जोड दिंदै भत्ताले मात्र केही हुन नसक्ने उहाँको दाबी छ । ‘जेष्ठ नागरिक डे केयर सेन्टर यसले युवाहरुलाई टच नगर्ला तर बुढाबुढीहरुलाई टच गर्ने बताउनुभयो । आफ्ना उमेरकासँग खुशी साटासाट गर्नु दुख साटासाट गर्न । दिनभर नाच्ने गाउने समय बित्ताउने । रात्ति घर फर्कने अवस्था चाहिन्छ ।
शिशु स्याहार केन्द्र पनि महानगरले बनाउने भन्दै शिशु स्याहार केन्द्रलाई निस्शुल्क बनाउनेमा जोड दिनुपर्ने भन्दै , ‘धनीका छोराछोरीलाई त के मतलब पैसा छँदैछ, जहाँ पनि लगेर पढाउछन् राख्छन् । तर, गरिबलाई महानगरले हेर्नुपर्छ ।’ आफूहरुले ठुला(ठुला सपनाहरु नदेखाएको समेत बताउनुभयो ।
उहाँले सार्वजनिक गाडीहरुलाई सबैले प्रयोग गर्नुपर्ने भन्दै महिलाहरुलाई पहिलो प्राथमिक्ता दिनुपर्ने बताए । उनले महिलाहरुको सुरक्षाका लागि गाडीमा स्वाप सिस्टम चलाउनुपर्ने ,कानुन नै बनाएर महिलाहरुको लागि खलासीरहित गाडी बनाउनुपर्ने, भित्रि सहरमा सांस्कृतिक सम्पदाको संरक्षण गर्र्नुपर्ने,जस्ले ‘सारा संसारका मानिस यहाँको रहनसहन संस्कृति हेर्न आउछन् । ती कुराहरुको पनि हामीले संरक्षण गर्नुपर्छ ।
हामीले कोष खडा गरेर संरक्षण गर्न सक्छौं । कुनै बाजा संरक्षण गर्नुपर्यो । बाजाका लागि कोष खडा गर्नुपर्यो । जात्राहरुलाई निरन्तरता दिन पैसा दिन सक्नुपर्छ । त्यो पैसा व्यक्तिलाई होइन कोषलाई दिनुपर्छ जात्रा संरक्षणका लागि । कुनै मन्दिर भत्केको छ ।
कुनै देवालय त्यस्तो छ भने कोष खडा गरेर संरक्षण दिन सक्नुपर्छ । यी कुराहरुलाई समाउने हो भने हाम्रो महानगरलाई राम्रो बनाउन सकिन्छ । जनताले सानो कुरा चाहेको छ । हामीले साधारण कुराहरु दिएर जनताको मुहारमा खुसी ल्याउन सक्छौं ।’उपमेयरका उम्मेद्वार श्रेष्ठको प्रतिवध्दता छ ।