काठमाडौ । नेकपा ( एकीकृत समाजवादी ) दोलखा काठमाण्डौ सम्पर्क मञ्चको १२ औ सम्मेलन सम्पन्न भएको छ । शनिवार प्रदर्शनीमार्गको रत्न राज्य लक्ष्मी क्याम्पसमा भएको अधिवेशनले बिकल श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको हो ।
कमिटीको उपाध्यक्षमा बासु भण्डारी र पूर्ण बहादुर खड्का सचिव सागर श्रेष्ठ सहसचिवहरु ईश्वर कार्की र रन्जना भुजेल रहनु भएको छ भने कोषाध्यक्षमा गोपाल दाहाल चयन हुनु भएको छ । समितिको सदस्यहरूमा बासुदेव पोखरेल , शिवराज भण्डारी , केशव शिवाकोटी, सागर दाहाल, महेन्द्र बाबू तामाङ, प्रजिना बुढाथोकी, श्याम ढुङ्गेल, नारायण बस्नेत, ललित ब गोले , बालकृष्ण कार्की, रामकृष्ण खड्का ,नृपध्वज खत्री ,संस्कृति बराल ,अमिर बि क, सीता पाण्डे , कुमार बिक्रम गहतराज लगायत हुनुहुन्छ ।
कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय महासचिव घनश्याम भुषाल ,विशेष अतिथि पोलिटब्युरो सदस्य शिव प्रसाद भण्डारी , अतिथिहरू पार्टीका केन्द्रीय सदस्यहरु गोपाल न्यौपाने,पासाङशेपा,चुनु के सी ,भुवन सिहं थापा र दोलखा जिल्ला कमिटी पार्टी अध्यक्ष भिम प्रसाद दाहाल ,उपाध्यक्ष प्रोनाप्रताप के सि,उपाध्यक्षघनाश्याम रिजाल , सचिव अशोक दाहाल , सहसचिव संगितापाखिर्न , सहसचिव हरिहर कार्की , बागमती प्रदेश कमिटीका सदस्य कमरेडहरू , जिल्ला कमिटीका नेताहरूको उपस्थिति रहेको थियो