डोल्पा । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) डोल्पाले विभिन्न कार्यक्रम गरि पार्टी स्थापना दिवस मनाएको छ । पार्टी जिल्ला अध्यक्ष छक्क बहादुर धरालाको अध्यक्षतामा पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको छ ।
यस्तै पार्टी स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोल्पामा आवश्यक बिरामीको लागि पानी तताउन मिल्ने ३ थान इलेक्ट्रोनिक जग, पानी पिउनको लागि प्रयोग गरिने गिलास हस्तान्तरण गरिएको नेकपा एकीकृत समाजवादी पार्टी डोल्पाका सचिव युवराज थकालीले जानकारी दिनुभयो। यस्तै पार्टी स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल डोल्पाका बिरामीहरूलाई जुस वितरण गरिएको थियो ।
एकीकृत समाजवादी पार्टी जनताको सुखदुःख को पार्टी हो भन्ने जनताले महसुस गर्नेगरी पार्टीका नेतृत्वलाई काम गर्न पेशागत महासंघ नेपाल डोल्पाका अध्यक्ष राजन कुमार डाँगीले आग्रह गर्नुभएको छ । कुनै पनि व्यक्तिलाई समस्या परेको खण्डमा विशेषगरी नेतृत्वले ध्यान दिनुपर्ने त्यसको लागि सबैको हातेमालो आवश्यक रहेको उहाँले बताउनु भयो ।
पार्टी स्थापना दिवस कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टी स्थापनाको चर्चा परिचर्चा गर्दै आगामी दिनमा संगाठानिक रुपमा बलियो हुन आवश्यक रहेको नेकपा एकीकृत समाजवादी पार्टी कर्णाली प्रदेश कमिटी सदस्य बबिकिश्वर गुरुङले बताउनु भयो ।
पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै जिल्लाका सबै तहका कार्यक्रतालाइभोलीका दिनमा एकीकृत समाजवादी पार्टी रहन्छ या रहन्न भन्ने भ्रममा नपर्न नेकपा एकीकृत समाजवादी पार्टी डोल्पाका अध्यक्ष छक्क बहादुर धरालाले बताउनु भयो ।
पार्टी स्थापना दिवसको अवसरमा जिल्लाका पार्टी प्रतिनिधि,विभिन्नभातृसंगठनका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सबैले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रमको साँझ पार्टी कार्यालयमा दीप प्रज्वलन गरिएको थियो ।