काठमाडौँ।अनेरास्ववियूकोहुम्ला-काठमाडौँ सम्पर्क कमिटी गठन भएको छ। शनिबार संगठनको केन्द्रीय कार्यालय अनामनगरमा सम्पन्न सम्पर्क कमिटीको भेलाले कुमार बुढाको नेतृत्वमा २१ सदस्यीय कमिटी सर्वसम्मतिले चयन गरेको हो।
संगठनको उपाध्यक्षमा सुवास शाही, सुमिना रावल, सचिवमा मदन तामाङ, उपसचिवमा झक्क ऐडी र कोषाध्यक्ष जनकली टमटा चयन हुनु भएको छ।
पार्टीका केन्द्रीय सदस्य हस्त शाहीको प्रमुख अतित्थ्यतामा सम्पन्न भेलाले संगठनको सदस्यहरू चेतन बुढा, शान्त बुढा, दया बुढा, कविराज शाही, धिरज सिंह, दिनेश टमटा, लोकेन्द्र सुनार, राजेन्द्र पुन मगर, उब्जनबुढा, दिपेन्द्र टमटा, दर्शन सिंह, सुवास बुढा चयन हुनुभएको छ ।
कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुली, उपाध्यक्ष माधव पन्त, उपमहासचिव महेश श्रेष्ठ, मेघराज चापागाईँसहितकानेताहरुको उपस्थिति रहेको थियो । अनेरास्ववियूको विधानअनुसार जिल्ला सम्पर्क कमिटीको पहिलो सम्मेलन सम्पन्न भएको हो।