तनहुँ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी तनहुँको अध्यक्षमा काजीमान श्रेष्ठ चयन हुनुभएको छ । जिल्ला पार्टी कार्यालय दमौलीमा आइतबार सम्पन्न भएको विस्तारित बैठकले रिक्त रहेको पदमा श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
रिक्त रहेको अध्यक्षको पदमा श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो । पार्टीको प्रदेश सदस्य समेत रहनु भएका श्रेष्ठलाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको भेलामा बोल्दै श्रेष्ठले खारिएको एवम् सबैले मान्न सक्ने र सबैलाई मनाउने सक्ने नेताको परिचय बनाउनुभएका व्यक्तिलाई अध्यक्ष बनाउँदा पार्टीको गतिविधि चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विद्यानाथ ढकाल, केन्द्रीय सदस्यहरू कलिला खान, भक्तबहादुर रसाइली लगायतले पार्टीमा गम्भीर समीक्षा गरेर तनहुँमा गतिविधि चलायमान बनाउनुपर्नेमा जोड दिनु भएको थियो ।
बैठकले जिल्ला कमिटी सदस्यमा थप ११ सदस्य मनोनीत गरेको छ । सदस्यमा मनोनीत हुनेमा बालकृष्ण कँडेल, डिल्लीराम शर्मा, लक्ष्मण परियार, मनीराज आले, कुशल अधिकारी, घनश्याम सुवेदी, गणेश मगर, राजेश परियार, लीलबहादुर थापा, सूर्य सुवेदी र सरस्वती बस्ती रहनु भएको छ ।