काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजवादी ) बैतेश्वर दोलखा काठमाण्डौ सम्पर्क मञ्चको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
शनिबार नेकपा ( एकीकृत समाजवादी) पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सम्पन्न भएको उक्त अधिबेशनले श्याम ढुङ्गेलको अध्यक्षतामा १७ सदस्यीय सम्पर्क मञ्च गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा अमृत दाहाल ,सचिव राजकुमार दाहाल, सह सचिव मिना ढुङ्गेल,कोषाध्यक्षशन्तोष दाहाल रहेका छन । सदस्यहरुमा क्रमश कृष्ण बहादुर कार्की,शान्ति प्रसाद दाहाल, राजकुमार दाहाल,कुमार बहादुर दाहाल, रेवती प्रसाद न्यौपाने, नवराज कार्की, कुमार कार्की, बद्री बहादुर कार्की, सुजन बस्याल,प्रकाशतोलाङ्गी, राम्जी ढुङ्गेल, करिना मिजार रहनु भएको छ ।
सम्पर्क मञ्चका अध्यक्ष मेघराज घिमिरेको सभापतित्वमा सम्पन्न अधिबेशनको नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रमुख अतिथि गोपाल प्रसाद न्यौपाने, विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष भिम प्रसाद दाहाल,अतिथिहरु जिल्ला कमिटी सचिवालय सदस्य एबमबैतेश्वर गाउँ सङ्गठन कमिटी अध्यक्ष टहल बहादुर खडका,अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहाल,दोलखाकाठमाण्डौमन्च अध्यक्ष हरिहर कार्की,बागमती प्रदेश कमिटी सदस्य सुसिला शर्मा लगायत ले शुभकामना मन्तव्य दिनुभएको थियो.