राप्ती । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ७ की वडाध्यक्ष सुमिता डल्लाकोटी नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको छ ।
पार्टीमा समाहित हुनेहरुमा डल्लाकोटी सहित अमृत खानेपानी तथा उपभोक्ता संरक्षण मंचका अध्यक्ष गंगासिंह घले, एमालेसहित दुई सय बढी संख्यामाका .नेता कार्यकर्ताहरुलाई टिका र खादा ओढाई पार्टीमा समाहित गराईएको थियो ।
नेकपा एमालेले टिकट नदिएपछि डल्लाकोटी २०७९ को सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा निर्वाचन लड्नु भएको थियो । प्रतिष्पर्धी अन्य उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै निर्वाचन जितेकी डल्लाकोटी निर्वाचित भएको १३ महिनापछि नेकपा एकीकृत समाजवादीमा समाहित हुनु भएको हो ।
शनिबार आयोजित नेकपा एकीकृत समाजवादी प्रतिनिधि सभा निर्वाचन क्षेत्र न.. १ स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले डल्लाकोटी सहित २ सय वढी नेता कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो ।
डल्लाकोटी राप्तीकी प्रभावशाली महिला नेतृको रुपमा परिचित हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही वडाको वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो ।
कार्यक्रममा पार्टीका नेताहरु स्थायी कमिटी सदस्य हरी पराजुली, पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज कृष्ण खनाल,पोलिटव्यूरो सदस्य डा.कृष्णपन्त,पार्टीका जिल्ला अध्यक्ष अरुणपिडित भण्डारी , राप्ती नगरपालिका मेयर शमशेर लामा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन एकीकृत समाजवादीका जिल्ला सचिव कुलप्रसाद लामिछानेले गर्नुभएको थियो ।