विराटनगर । रंगेली नगरपालिका- ९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तगर्तको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (NISIP) द्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुरामभुषालले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै मन्त्री भुसालले देशभरका एस सय ६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिनुभयो । उहाँले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सो बजारमा बिक्री वितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सो प्रयोजनका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताउनु भयो । मन्त्री भुसालले रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताउनु भयो ।
सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयालेदोहमनाकोपशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिनुभयो । उहाँले रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (NISIP) का निर्देशक डा. उमेश दाहालले स्वस्थ पशुपंक्षी विक्रि वितरणका लागि सो बजार निकै महत्वपूर्ण र उपयोगी रहेको बताउनु भयो । उहाँले सो बजारमा पशुपंक्षीविक्रिवितरणका लागि सुविधा सम्पन्न संरचना निर्माण गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले सो बजारका लागि अवश्य अन्य संरचना निर्माणमा पनि मन्त्रालयलाई सहयोग गर्न आग्रह गर्नुभयो । उक्त पशुपंक्षी बजार रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
निर्देशक दाहालले रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई बजारको सम्पूर्ण निर्मित संरचना हस्तान्तरण गरे सँगै उक्त बजार रंगेली नगरपालिकाको स्वामित्वमा आएको छ । सुविधा सम्पन्न उक्त बजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । दक्षिणपूर्वी मोरङको सबै भन्दा ठुलो पशु बजारका रुपमा चिनिँदै आएको सो बजार सुविधा सम्पन्न भएपछि सो क्षेत्रका हजारौँ कृषक लाभान्वित हुनेछन् । नेपालकै सबै भन्दा पुरानो र ऐतिहासिक उक्त बजारको इतिहास पुरानो रहेको बताईएको छ ।