काभ्रेपलान्चोक । नेकपा ( एकीकृत समाजवादी ) धुलिखेल नगर कमिटी वडा नम्बर ५ को अधिवेशन सम्पन्न भएको छ। शनिबार धुलिखेल ५ नम्बर वडामा एक कार्यक्रमका बीच अधिवेशन सम्पन्न भएको हो।
अधिवेशनले अम्बिका सिम्खडाको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरिएको छ । कमिटीको उपाध्यक्षमा सुवसना प्रधानाङ्ग , सचिवमा पार्वती थापा , उप(सचिवमा श्याम प्रकाश प्रधानाङ्ग रहनु भएको छ भने सदस्यहरुमा अन्नपूर्ण राजभण्डारी, नवराज थापामगर, तारा हुमागाँई, सविना थापामगर, ओम प्रकाश प्रधानाङ्ग, कुमारी माया दोङ, सिर्जना घिमिरे, शंकर के.सी., भिम प्रकाश घिमिरे, सीता तिमल्सिना, शोभा माया दोङ निर्वाचित हुनु भएको छ ।
साथै अधिवेशनले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी अखिल नेपाल राष्ट्रिय यातायात स्वतन्त्र मजदुर संगठन पनि गठन गरेको छ। मजदुर संगठनको संयोजक सविन मगर सदस्यमा विकास बजगाँई ,प्रकाश मगर , राज मगर , निकेश श्रेष्ठ हुनु हुन्छ।
जिल्ला कमिटी सचिवालय सदस्य तथा कार्यालय सचिव हरि गोपाल प्रधानाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा जिल्ला सचिवालय सदस्य तथा धुलिखेल नगर अध्यक्ष दया सागर श्रेष्ठ र जिल्ला सचिवालय सदस्य तथा जिल्ला वारका अध्यक्ष विष्णुप्रसाद सापकोटा विषेश अतिथिको रुपमा उपस्थित रहनु भएको थियो ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य टीका प्रसाद हुमागाईले स्वागत मन्तव्य राख्नु भएको थियोे । साथै कार्यक्रममा उपस्थित वक्ताहरूले नवनिर्वाचित पदाधिकारीहरुलाई कार्यकालको सफलताको शुभकामना दिनु भएको थियो ।
आजै बसेको नवनिर्वाचित पदाधिकारीहरुको बैठकले विभिन्न निर्णय गरेको छ। बैठकले श्रम ,रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साललाई बधाई तथा शुभकामना दिनुका साथै धुलिखेल ५ नम्बर वडामा विभिन्न विकासका योजनाका लागि पहल गर्ने र आगामी दिनमा हुन गइरहेको नगर अधिवेशनमा सकृय सहभागीता जनाउने निर्णय गरेको छ।