चितवन । नेपाल कम्युनिष्ट पार्टी ( एकीकृत समाजवादी ) खैरहनी तथा राप्ती नगर कमिटीले संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार खैरहनी तथा राप्ती नगरपालिका चितवनको संगठन सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको नेकपा एकीकृत समाजवादी चितवनका प्रचार विभागका प्रमुख हरि अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यता रहेको थियो । प्रशिक्षणमा जिल्ला इन्चार्ज खनालले पार्टी निर्माणका लागि सबै एक ढिक्का भएर अगाडि बढ्न आग्रह गर्नुभएको छ । पार्टीको आधार भनेकै वडा तह, टोल भएकोले सबै एकजुट भएर लाग्नु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादी चितवनका जिल्ला अध्यक्ष अरुण पीडित भण्डारी, निवर्तमान अध्यक्ष कृष्ण पन्त, सचिव कुलप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम नेकपा एकीकृत समाजवादी राप्ती नगर कमिटीका अध्यक्ष दुर्गादत्त अर्यालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन केशवप्रसाद ढकालले संचालन गर्नु भएको थियो ।
यस्तै नेकपा एकीकृत समाजवादी राप्ती नगर कमिटीले पनि शनिबारै संगठन सुदृढीकरण तथा प्रशिक्षण सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हरि पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रमुख अतिथि पराजुलीले पार्टी सुदृढीकरणका लागि सबै जोडतोडले अघि बढ्न सुझाव दिंदै सबै तहबाट हातेमालो गर्दै अघि बढ्न सके मात्र पार्टी निर्माणमा सहज हुने बताउनु भयो । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाल, निवर्तमान अध्यक्ष कृष्ण पन्त, सचिव कुलप्रसाद लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम राप्ती नगर कमिटीका संयोजक राम सेढाईको अध्यक्षतामा सम्पन्न भएको हो भने संचालन सहसंयोजक आरके पण्डितले गर्नु भएको थियो ।