काठमाडौं । नेकपा माओवादी निकट संगठनका ८० जना बढी नेताकार्यकर्ता नेकपा एकीकृत समाजवादी पार्टी निकटको संगठन नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका छन् ।
माओवादी समर्थक अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घबाट विद्रोह गरी उनीहरु नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका हुन् ।
शनिबार काठमाडौंमा भएको प्रवेश कार्यक्रमकमा नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष प्रेमबहादुर कार्कीले नव प्रवेशीहरुलाई स्वागत गर्नु भएको थियो । अध्यक्ष कार्कीले कार्यक्रममा बोल्दै मजदुरहरु देशको मेरुदण्ड रहेको तर सरकारको तहबाट मजदुरको हक हित र अधिकारका विषयमा खासै वास्ता नगरेको आरोप लगाउनु भयो ।
‘सरकाले श्रमिक सम्बन्धी कानुन बनाएका छन् । तर, कानुन बनाएर मात्रै श्रमिकले न्याय पाउँदैनन् । त्यो कानुन कार्यान्वयनमा एकदम फितलो छ ।’ उहाँले भन्नु भयो , ‘अब त्यो कानुनलाई कार्यान्वयन गराउन हामीले योगदान गर्नुपर्छ । यदी हामीले पनि सकेनौ भने हाम्रो संगठनको औचित्य छैन ।’
एकिकृत ट्रेड यूनियनमहासंघको अध्यक्ष विष्णु प्रसाद लम्सालले अहिलेको संगठनहरु‘एल्लोयूनियन’ जस्तो भएको भन्दै ‘नेताको गुलाम गर्नको लागि बनाइएको होइन यो संगठन । मजदुरको अधिकारको निमित्त निर्माण गरिएको हो ।, कार्यक्रममा बोल्दै लम्सालले ‘यो व्यवस्थामा पनि मजदुहरु मालिकबाट सधैं पिल्सिइरहनु दुखद भएको बताउनु भयो । ‘हाम्रा नेताहरु गरिबको नेता भएनन् । संगठनकानेताहरु पनि चाकडीबाज भए । ‘एल्लोयूनियनिजम जस्तो ।’
आफ्ना अधिकार प्राप्तीको लागि एकजुट हुनु पर्ने महासचिव गोविन्द हुमागाईंले बताउनु भयो । ‘हामी कहाँ मजदुर घसंगठन छ च्याउ सरी । यतीका संगठनहरुले अहिलेसम्म मजदुरको अधिकारको निमित्त काम गरेको नगरेको भन्दै महासचिव हुमागाईँ भन्नुभयो , ‘अब सम्पूर्ण मजदुरको अधिकारका लागि हामी लड्ने छौं । हामीले अहिलेसम्म कु¥यौं सरकारले उचित किसिमको नीति नियम ल्याउँछ कि भनेर तर अहिलेसम्म केही गरेन ।’
सोही कार्यक्रममा माओवादी निकट अखिल नेपाल सेक्युरिटी मजदुर संघका नेता कार्यकर्ता उद्वव प्रसाद दाहालको नेतृत्वमा ठूलो संख्यामा मजदुर नेताहरु नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनमा प्रवेश गरेका हुन् । दाहालले उक्त पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेतृवामा प्रवेश मजदुरलाई प्रयोग गरी नेताहरू चिल्ला गाडीमा सवार भएर कार्यकर्ताकै समस्या नबुझेको आरोप लगाउनु भयो । नवप्रवेशी दाहालले भन्नुभयो , ‘उनीहरु हाम्रा समस्या देखाउँदै मालिकहरुसँग पैसा असुल्थे ती दलालहरु अहिले चिल्ला भएका छन् । हाम्रा कुरा कुन्दैनन् । हाम्रा समस्या देख्दैनन् ।’
एकीकृत ट्रेड युनियन महासंघ नेपाल राष्ट्रिय कमिटीका अध्यक्ष विष्णु लम्सालको प्रमुख आतिथ्यमा भएको संगठन प्रवेश कार्यक्रममा देशका सातै प्रदेशलाई प्रतिनिधित्व गर्ने माओवादी समर्थक अखिल नेपाल सेक्युरिटी मजदुर संघका उद्वव प्रसाद दाहालले संगठन छाड्नु पर्ने कारण र विषयहरुका बारेमा जानकारी गराउनु भएको थियो ।