डोल्पा । नेकपा एकीकृत समाजवादी डोल्पाले संगठन सुदृढीकरण विषेश अभियान सञ्चालन गर्दै छ । पार्टीको सोमबार बसेको चौथो जिल्ला कमिटीको बैठकले अब संगठन सुदृढीकरण विषेश अभियान सञ्चालन गर्नको लागि २०८० साउन १० गते सम्म जिल्ला अधिवेशन गर्ने गरि प्रत्येक वडा देखि पालिका सम्म खटेर काम गर्ने निर्णय गरेको हो ।
जस अनुसार साउन १० गते सम्म जिल्ला अधिवेशन गर्ने गरि प्रत्येक वडा देखि पालिका सम्म खटेर काम गर्न पोलिटब्युरो सदस्य तथा कर्णाली प्रदेश सह इन्चार्ज हंस बहादुर शाही,प्रतिनिधि सभा सदस्य तथा डोल्पा जिल्ला इन्चार्ज माननीय धन बहादुर बूढा, डोल्पा जिल्ला सह इन्चार्ज हरि प्रसाद डाँगी र केन्द्रिय परिषद सदस्य काली बूढा सुझाव दिएको जिल्ला सचिव युवराज थकालीले जानकारी दिनुभयो ।
एकीकृत समाजवादीका जिल्ला सचिव थकालीका अनुसार चौथो जिल्ला कमिटी बैठकले हालै जारी प्रदेश कमिटी र केन्द्र कमिटीबाट जारी अपानी,असनी र समग्र डोल्पा जिल्लाको राजनैतिक प्रतिवेदन पार्टी अध्यक्ष छक्क बहादुर धरलाले प्रस्तुत गर्नुभएको थियो ।
बैठकले समाजवादी प्रेस संगठन जिल्ला डोल्पा जिल्लाको अध्यक्षमा लेख बूढा लाई तोकी १ महिना भित्र पदाधिकारीहरूलाई पूर्णता दिई जिल्ला कमिटीमा अभिलेख गर्ने समेत निर्णय गरेको छ ।
विकास निमार्ण सम्बन्धी काम गर्नको लागि बबिकिशोर गुरुङको संयोजकत्वले विकास निमार्णको खाका बनाइ हाम्रो सगै सरकारमा सामेल दलहरु सग सहकार्य गरि जाने लगायतका निर्णय गरेको बताईएको छ ।
बैठकले पुष्पकमल दाहालको नेतृत्व गठित मन्त्रिपरिषद् विस्तारको क्रममा एकीकृत समाजवादीका उप महासचिव तथा कर्णाली प्रदेश कमिटी इन्चार्ज प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री , उपाध्यक्ष वेदुराम भुसाल कृषि तथा पशुपन्छी मन्त्री र पाटी केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश उपाध्यक्ष नन्दा चपाइ भौतिक पूवार्धार तथा यातायात मन्त्रालयको राज्य मन्त्री लाई डोल्पा जिल्ला पार्टीको तर्फबाट बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिने साथै प्रगतिशील ,शिक्षक संगठन,पेशागतमहासंगनेपाल,एकीकृतस्वास्थ्यकमी संगठन नेपाल र एकीकृत सरकारी कर्मचारी संगठन डोल्पाका सम्पूर्ण पदाधिकारीहरू लगायत सोही संगठनहरुबाट प्रदेश र केन्द्रिय महासंगमा प्रतिनिधित्व गर्ने सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाइ तथा कार्यकाल सफलताको शुभकामना दिने समेत निर्णय भएको जनाईएको छ ।
बिकास निर्माण र कार्यान्वयन बारे तिनै तहको सरकारसँग पहल गर्ने
कर्णाली प्रदेश अन्तर्गतको सत्ता साझेदार दुई दल नेकपा माओबादी केन्द्र र नेकपा एकीकृत समाजवादी डोल्पाको उच्च स्तरीय संयन्त्रको बैठक मंगलबार दुनैमा बसेको छ ।
जिल्लामा विकासको अवस्था र कार्यान्वयन बारे चासो लिदै तिनै तहको सरकारसँग समन्वय सहकार्य गरेर जिल्लाको विकासमा लाग्ने उच्चस्तरीय संयन्त्रको बैठकले निर्णय गरेको एकीकृत समाजवादीकै पोलिटब्युरो सदस्य हंस बहादुर शाहीले जानकारी दिनुभयो । शाहीको अध्यक्षतामा बसेको दुई दलको उच्चस्तरीय संयन्त्रको बैठकले बिभिन्न ५ वटा निर्णय समेत गरेर कार्यान्वयन गरेर जाने भएको हो ।
बैठकले जिल्लाको विकास निर्माण र कार्यान्वयनको प्रतिवेदन तयार गरि तिनै तहको सकारसँग समन्वय गरेर प्राथमिकताका आधारमा पहल गर्ने । हाल सरकारका प्रधानमन्त्री र दुबै दलका मन्त्रीहरू र कर्णाली प्रदेश सरकारमा रहेकी राज्यमन्त्री उर्मिला बिश्वकर्मालाइ बधाई तथा कार्य सफलताको शुभकामना दिने । जिल्लाको समग्र विकास निर्माणका लागि सबै दलहरूसँग सहकार्य र समन्वय गर्ने ।
डोल्पा जिल्लाको विकास निर्माण र कार्यान्वयनका लागि उच्चस्तरीय कार्यदल गठन प्रतिवेदन तयार गरी अर्को उच्चस्तरीय संयन्त्रको बैठक प्रस्तुत गर्ने र ८ वटै स्थीयतह र वडास्तर सम्म लग्ने निर्णय भएको एकीकृत समाजवादी डोल्पाका सचिव युवराज थकालीले जानकारी दिनुभयो ।
आगामी उच्चस्तरीय बैठकको संयोजनका लागि पोलिटब्युरो सदस्य हंश बहादुर शाही र दुबै पार्टीका जिल्ला इन्चार्ज धन बहादुर बूढा र रामलाल बि क लाई जिम्मेवारी दिएर सबै निर्णयहरू केन्द्र सम्म लैजान प्रचार विभागलाई जिम्मा दिएको छ ।
उच्चस्तरीय संयन्त्रमा एकीकृत समाजवादीका तर्फबाट हंस बहादुर शाही धन बहादुर बूढा हरिप्रसाद डाँगी छक्क बहादुर धराला मायादेवी ठकुल्ला मान प्रसाद बूढा र युवाराज थकाली र नेकपा माओवादी केन्द्रका तर्फबाट रामलाल बिक काली चलाउने धर्मजित बोहोरा काली नारा सिँह रोकाया दत्त बहादुर शाही बिरमल भण्डारी रहनु भएको छ ।
त्यसैगरी कार्यदलमा नेकपा माओवादी केन्द्रका तर्फबाट बिरमल कुमार भण्डारी र एकीकृत समाजबादीका तर्फबाट बबिकिशोरगुरुङ्गलाइ जिम्मेवारी दिइएको थकालीले जानकारी दिनुभयो ।