इटहरी । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट मोर्चा सङठन नेपाल दलित मुक्ति सङठन इटहरी उपमहानगर कमिटीले दोस्रो नगर अधिवेशन सम्पन्न गरेको छ।
नेकपा एकीकृत समाजवादीको प्रदेश कार्यालय इटहरी स्थित सभाहलमा सम्पन्न उद्घाटन समारोहमा पार्टी केन्द्रीय सदस्य ,सुनसरी सह इन्चार्ज तथा मोर्चा सङठन प्रदेश इन्चार्ज केशव कुमार बिष्ट प्रमुख आतिथ्यता रहेको थियो।
सङठनका इटहरी उपमहानगर अध्यक्ष बेचन परियारको सभापतित्वमा सम्पन्न पहिलो सत्रको प्रारम्भमा पार्टी पोलिटब्युरो सदस्य महेश रेग्मीको उपस्थिति थियो।
दलितका समस्या समाधान गर्ने राजनीतिक पार्टीहरूमा नेकपा एकीकृत समाजवादी जिम्मेवार पार्टी हो भन्दै प्रमुख अतिथि बिष्टले इटहरी क्षेत्रका सबै उत्पीडित समुदायलाई लक्षित गरि नेकपा एकीकृत समाजवादीले हरेक दृष्टि कोणबाट विकासको गति तीब्र पार्ने अपेक्षा राखेको बताउनु भयो।
कार्यक्रममा केन्द्रीय परिषद सदस्य तथा युवा नेता गौरिमान परियारले दलित समुदायको आन्दोलन सशक्त पार्न दलित नेतृत्वले विशेष ध्यान दिनु पर्ने आबास्यक्ता औंल्याउनु भयो। नेकपा एकीकृत समाजवादी जिल्ला पार्टी अध्यक्ष गोविन्द निरौलाले दलित सहभागिता बेगर राज्यको कुनै पनि तह चल्न नसक्ने संवैधानिक ब्यवस्था रहेकोले त्यसको व्यवहारिक पक्ष तर्फ ध्यान दिएर अघि बढ्दा दलित समस्याबाट छिट्टै मुक्त हुन सक्ने स्थिति रहेको बताउनु भयो। पार्टी सुनसरी जिल्ला सद्स्य तथा इटहरी सहइन्चार्ज रमेश खत्रीले मुक्ति सङठन सङ्ख्यात्मक रुपमा सानो देखिए पनि बिचारको आधारमा ठूलो रहेको भन्दै इटहरीको सबालमा दलित सवाल प्रखर हुँदै गएको बताउनु भएको छ।
बन्दसत्रले बेचन परियारलाइ अध्यक्षमा सर्ब सम्मतिले चुनेको छ। समितिको उपाध्यक्षमा देउमान दास र शिव परियार कमल रहनु भएको छ भने चिबमा लिला घिमिरे, सह सचिबमा सङिता बिक ,कोषाध्यक्षमा सुनिता बिक चुनिनु भएको छ । यसैगरी सदस्यहरूमा रेजिना रणपहेली,लिलादेवी परियार,मानबिर लोहार,मनिसा गहतराज लगायत सत्र जना रहनु भएको छ ।
कार्यक्रममा पार्टी प्रदेश सद्स्य तारा पोखरेल,जिल्ला उपसचिव राजेश भन्डारी,जिल्ला सचिवालय सद्स्य तथा भुपु सैनिक तथा प्रहरी सङठनका केन्द्रीय उपाध्यक्ष पबित्र राम थापा लगायतका अतिथिहरूको उपस्थिति रहेको पत्रकार पिवि दियालीले बताउनु भयो ।