बाजुरा । बाजुराका स्थानीय तह तथा जनस्तरमा योजना तर्जुमागोष्ठीका लागि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही बाजुरा आउने कार्यक्रम तय भएको छ । बाजुरा निर्वाचन क्षेत्र नम्बर क र ख का नौ वटै पालिकाका विभिन्न ठाउँमा आवश्यक पर्ने योजना तर्जुमाका लागि छलफल गर्न आर्थिक मामिला मन्त्री शाही बाजुरा आउनुहुने भएको हो ।
उहाँले विभिन्न तहका जनप्रतिनिधि, जनवर्गीयसङ्गठनका पदाधिकारी र विभिन्न पार्टी प्रतिनिधिसँग योजना छनोट प्राथमिकताका बारे छलफल गरिने मन्त्री शाहीका प्रेस सल्लाहकार अनिल शाहीले जानकारी दिनुभयो । उहाँले विभिन्न समयमा विभिन्न व्यक्तिसँग छलफल गर्न कार्यतालिका सार्वजनिक भएको बताउनुभयो ।
कार्यतालिका अनुसार वैशाख २२ गते दिउसो १ बजे कोल्टीको ईकोभीलेजमा पार्टीका जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटी तथा जनवर्गीयसङ्गठनका पदाधिकारी सँग भेटघाट हुने छ । त्यस्तै सोही दिनको साँझ ४ बजे अन्य पार्टीका प्रतिनिधि सँग भेटघाट हुने छ । वैशाख २३ गते बिहान ८ वजे बुढीनन्दा नगरपालिकाको सभाहल कोल्टीमा कुण्डा क्षत्रमा रहेका विद्यालयका प्रधानाध्यापक सँग शिक्षा क्षेत्र सुधारका लागि सुझाव संकलन तथा छलफल हुने छ भने सोही दिउसो प्रदेश निर्वाचन क्षत्र अन्तरगत का स्थानीय तहका प्रमुख, विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि सरोकारवाला निकाय सँग योजना तर्जुमागोष्ठी सञ्चालन हुने शाहीले बताउनुभयो । त्यस्तै वैशाख २४ गते पाण्डुसैनमा मतदाता सँग भेटघाट सँगैसाँझ मार्तडी बास हुने जनाईएको छ ।
वैशाख २५ गते बिहान ११ बजे जिल्ला समन्वय समितिको कार्यालयमा जिल्ला समन्वय समितिका पदाधिकारी, नगरपालिकाका तथागाउँपालिकाका प्रमुख तथा प्रतिनिधि, विभिन्न कार्यालयका प्रमुख तथा विभिन्न पार्टीका प्रतिनिधि सँग योजना तर्जुमाका बारे छलफल हुने प्रेस सल्लाहकार शाहीले बताउनुभयो । मार्तडीमा छलफल सकेर सोही दिन साँझसाफेँ बगर अछाममा बास बस्ने र वैशाख २६ गते धनगढी प्रथान गर्न कार्यतालिका सार्वजनिक भएको छ ।
प्रदेश स्थानीय तहका वडास्तर र पालिकाबाट आएका योजनाको छलफल सँगै वडा स्तरबाट योजना छनोट हुने भए पछि सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा योजना छनोट कार्यको सुरुवात भएको छ । आर्थिक वर्ष अन्त्य र नयाँ आर्थिक वर्षको सुरुवात सँगै विभिन्न स्थानीय तहमा आवश्यक पर्ने योजना छनोट कार्य धमाधम सुरु भएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका योजना छनोट वडाबाटै गर्ने नीति लिए पछि सुदूरपश्चिमका नौ वटै जिल्लामा योजना छनोट कार्य भएको छ । विगतका सरकारले सबै योजना प्रदेशमै फोन र एसएमएसका भरमा छनोट गर्ने र पहुँचवालाले भनसुन गरेको आधारमा योजना समेटिने गरेको र सोहीयोजनाहरूआफूले दिएको भन्दै बिचौलियाहरूले कमिसन माग्ने गरेको भन्दै गुनासा आए पछि प्रदेश सरकारले यस वर्षबाट योजना छनोट प्रक्रियालाई नयाँ तरिका अपनाएको छ ।
प्रदेश सरकारले वडाबाटै आएका योजनालाई मात्र प्राथमिकता दिने निति लिए पछि अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्यहरू प्रदेश निवार क्षेत्रतिर केन्द्र बनेका हुन । बैशाख १२ गते आर्थिक मामिला मन्त्रालयले आर्थिक वर्ष २०८०/ ८१ को वार्षक वजेट तथा कार्यक्रम तर्जुमा प्रणालीलाई मागमा आधिारीत, मितब्ययी, अनुशासित, कार्यन्वयन योग्य तथा नतिजा मुखी बनाउनका लागि प्रदेश मातहतका निकायलाई योजना तर्जुमा गर्नु भन्दै निर्देशन गरीसकेको थियो ।
स्थानीय पालिका सँग योजना छनोटका लागि छलफल गर्ने र वडास्तरबाट आएका योजना जिल्ला स्तर हुदै प्रदेश सम्म पुग्ने र आवश्यक योजनाको प्राथमिताको आधारमा छनोट हुने छन । वडा, गाउँ तथा पालिकाकाबाट आएका योजनालाई छलफल गर्ने र छुटेका योजनालाई वहुवर्षिया योजनामा समावेश गर्ने प्रदेश सरकारले जनाएको छ ।