काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएदेखि हालसम्मको समीक्षा जरुरी रहेको औल्याउनु भएको छ ।
विहीबार परियोजनाले राखेको चालु आवको ९ महिनाको वार्षिकसमीक्षागोष्ठीमा बोल्दै कृषिमन्त्री भुसालले परियोजना लागू भएको सातां वर्षकोसमीक्षा जरुरी रहेको औल्याउनु भएको हो ।
कृषिको आधुनिकीकरणका लागि यो परियोजना लागू गरिएको भन्दै अहिलेसम्म परियोजनाबाट कृषि क्षेत्रको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा के कति प्रगति भयो यसको समीक्षा जरुरी रहेको उहाँले बताउनुभयो । ‘कृषिको आधुनिकीकरणका लागि यो परियोजना लागू भएको हो । सात बर्ष सम्म परियोजना लागू हुँदा हामीले आफ्नो लक्ष्य पूरा गर्न सक्यौ कि सकिनौं ? यसको गम्भीर समीक्षा जरुरी छ’, मन्त्री भुसालले भन्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गर्दा चक्लाबन्दीमा जोड दिदैँ ठूलो लक्ष्यमा उत्पादन बढाउने रहेको उहाँले बताउनुभयो । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केवल कार्यालय सञ्चालनका लागि मात्र लागू गरिएको थिएनन् । यो परियोजनाको परिकल्पना गर्नेहरूसँग मैले पटक पटक छलफल गरेको छु । ठूलो लक्ष्यका साथ उत्पादनमा जोेड दिन परियोजना लागू गरिएको थियो । मन्त्री भुसालले भन्नुभयो,’ आजसम्म हामीले काम त गरिरहेका छौं, तर सोचेजस्तो सफलता मिल्न सकेको छैन् ।’
देशको राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउनका लागि कृषि क्षेत्रमा लगानी आवश्यक हुनेमा उहाँको जोड छ ।
‘कृषि क्षेत्र फस्टायो भने कृषिका उद्योग बढ्ने र यसबाट रोजगारीका अवसर हुन्छ । हामी अरु क्षेत्रबाट समृद्धिको यात्रामा पुग्न सक्दैनौं , मन्त्री भुसालले भन्नुभयो’, त्यसका लागि यो परियोजनाको महत्व बढी छ ।’
फरक प्रसङ्गमा मन्त्री भुसालले किसानलाई दिइदै आइएको अनुदान रकम र सहुलियतपूर्ण ऋणको रुपबदल्नु पर्नेमा जोड दिनुभएको छ । कतिपय ठाउँमा अनुदानको रकम दुरुपयोग भएको सुन्ने गरिएको र वास्तविक किसानले अनुदान नपाउने गरेको भन्दै अब यसको रूपबदल्नु पर्नेमा मन्त्री भुसालको जोड छ । उहाँले किसानलाई विद्युत महसुलमा छुट दिने देखि यान्त्रिकीकरण विस्तारमा जोड दिनुभएको छ ।