काठमाडौं । कला क्षेत्रमा लामो समयदेखि काम गदै आएका विशिष्ट कलाकर्मीलाई राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मान गरिएको छ ।
नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमका राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० बाट डा. भोला रिजाल, बसुन्धरा भुषाल , दयाराम दाहाल, राजकुमार राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, पल शाह, विकास चौधरी, अमृत भारती, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाईँ,शान्तीप्रिय, गीता अधिकारी, तारादेविलिम्बु, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दिपेन्द्र खड्का सुनिता भट्टराई लगायतलाई सम्मान गरेको हो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा जमल स्थित राष्ट्रिय नाचघरमा सम्पन्न कलाकार सम्मान कार्यक्रम संघका अध्यक्ष जनक बहादुर कार्कीको सभापतित्वमासम्पन्न भएको थियो ।
नयाँवर्ष २०८० को शुभकामना आदानप्रदान सहित आयोजना भएको कार्यक्रममा चलचित्रसंघ सम्बन्धी बिभिन्न संघ, संस्थाहरुलाई सम्मान पत्र तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।