रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ४ मानपुरका आगलागी पीडितलाई राहत वितरण गर्नु भएको छ । उक्त स्थानमा चैत २५ गते आगलागीको घटना भएको थियो ।
नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ( समाजवादी ) मधेश प्रदेशको आयोजनामा बुधबार आगलागी पीडित १७ घरपरिवारलाई राहत वितरण गरेको हो । पीडितहरूलाई प्रतिघरधुरी २५ केजी चामल, २ केजी दाल, १ लिटर तेल, ५ केजी चिउरा, र अढाई केजी स्वाइबिन वितरण गरिएको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम संस्थाका केन्द्रीय सचिव भरत विक्रम कटवालको अध्यक्षतामा सम्पन्न भएको हो ।
केन्द्रीय सदस्य रामकुमार खड्काले सञ्चालन गरेको कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य रामकुमार भट्टराई, गौर नगरपालिकाका मेयर शम्भु साह, सङ्गठनका केन्द्रीय उपमहासचिव तथा रौतहट अध्यक्ष कृष्ण खड्कासहित सङ्गठनका केन्द्रीय र जिल्ला पदाधिकारीहरु , रौतहटका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।
सङ्गठनले विगतका दिनहरूमा समेत मानवीय कार्यहरूमा सहयोग गर्दै आएको जिल्ला अध्यक्ष खड्काले बताए ।
संगठन का केन्द्रीय उपाध्यक्ष तथा मधेश प्रदेश इन्चार्ज हरि बहादुर अधिकारी केन्द्रीय उपमहासचिव तथा सह इन्चार्ज कृष्ण ब खड्का केन्द्रीय सचिव तथा विपद् व्यवस्थापन विभाग प्रमुख भरत विक्रम कटुवालको अध्यक्षता मा कार्यक्रम भएको थियो। कार्यक्रम सङ्गठनका केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष राम कुमार खड्काले सञ्चालन गर्नुभएको थियो। प्रदेश अन्तर्गतका केन्द्रीय सदस्यहरू गणेश बहादुर पाण्डे जय पनेरु लगायत विभिन्न भूपूहरुको उपस्थिति थियो।