पोखरा । नेपाल कम्युनिष्ट पार्टीको ७४ औ स्थापना दिवसको अवसरमा मुलुकमा रहेका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएका छन् ।
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ लगायत ५ जनाले भारतको दरभंगामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । २००६ सालमा पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टीमा विगत देखि हाल सम्म पनि टुट, फुट र एकताका श्रीङ्खलाहरु चलिरहेका छन् । हाल नेपालमा दर्जन भन्दा वढी कम्युनिष्ट पार्टीहरु अस्तित्वमा रहेका छन् ।
कम्युनिष्ट पार्टी स्थापनाको दिन अर्थात २२ अप्रीलका अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी कास्कीले पोखरामा अन्तरक्रिया कार्यक्रमको आयोजना गयौ । सो कार्यक्रमलाई सम्बोधन गदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष तथा गण्डकी प्रदेशका इन्चार्ज केशवलाल श्रेष्ठले २००६ सालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि हाल सम्म नेपालको कम्युनिष्ट आन्दोलनमा आएको उतारचढावको बारेमा चर्चा गर्दै नेपालमा पुष्पलाल पछि मदन भण्डारीले नेपाली परिवेशको कम्युनिष्ट दर्शन जनताको बहुदलीय जनवादी सिद्धान्तको प्रतिपादन गरेर क्याडरवेस पार्टी नेकपा एमालेलाई मासवेस पार्टी बनाए पछि नेकपा एमालेले अभूतपूर्व सफलता प्राप्त गरेको बताउनु भयो ।
नेकपा एमाले निर्माणमा आफूहरूको पनि कम योगदान नरहेको बताउँदै श्रेष्ठले मदन भण्डारीको हत्यापछि माधव नेपालले पार्टीको नेतृत्व समालेर २०५१ को निर्वाचनमा एमालेलाई मुलुककै ठुलो पार्टी बनाएको बताउनु भयो । २०७४ सालमा नेकपा माओवादी सहितको कार्यगत एकता गरेर चुनाव लड्दा झण्डै दुई तिहाइ मत आएको बताउँदै २०७९ सालको निर्वाचनमा कम्युनिष्टहरू विभाजित बन्दा बहुमत समेत नआएको यथार्थता औँल्याउदै श्रेष्ठले नेपालमा कम्युनिष्टहरू बिचको आवश्यकता आज पनि उत्तिकै रहेको बताउनु भयो ।
२०७५ साल ज्येष्ठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच ७ वँदे सहमतिका आधारमा एकता भएर नेकपा भएको बताउँदै एमाले अध्यक्ष ओलीले ७ वुदे सहमति उल्लङ्घन गरेका कारण नेकपा विभाजित भएको श्रेष्ठले बताउनु भयो । देशी विदेशी प्रतिक्रियावादीहरू नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस गर्न लागेको वेला केपी ओली उनीहरूकै मतियार भएको भन्दै ओलीले दुई तिहाइको प्रधानमन्त्री हुँदा र पार्टी अध्यक्ष समेत हुँदा पार्टीलाई एकतावद्ध बनाउनुको साटो नेकपा विभाजन गरेकाले इतिहासमा मूल्याङ्कन हुने श्रेष्ठले बताउनु भयो । आज पनि मुलुकमा वामपन्थी एकताको खाँचो रहेको भन्दै श्रेष्ठले नेकपा एकीकृत समाजवादीले मुलुक भरीका बामपन्थी पार्टीहरूलाई एकतावद्ध पार्ने बताउनु भयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य शारदा प्रसाद सुवेदीले नेपालका कम्युनिष्ट पार्टीहरूमा वैचारिक विचलन आएको बताउनु भयो । के कारणले र किन पुष्पलालले कम्युनिष्ट पाटीको स्थापना गरेका थिए भन्दै आज कम्युनिष्ट पार्टीहरूमा स्थापना हुँदाको वखतको लक्ष र उद्देश्यमा आमूल परिवर्तन आएको बताउनु भयो । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले माक्सवाद ,द्धन्दात्मक भौतिकवाद र कम्युनिष्ट घोषणापत्र अध्ययन गर्नुपर्ने बताउनु भयो । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु कसैको दास हुन नसक्ने भन्दै कम्युनिष्टहरूले स्वाभिमान बेच्न नहुने बताउनु भयो । आफूहरूले गण्डकीमा निरंकुशव्यवस्थाकोदबदबा हुँदाको समयमा केही नगन्य ब्यक्तिहरूकोसम्पर्कबाटपार्टी निर्माण गरेको प्रसङ्गसुनाउँदै सुवेदीले नेकपा एकीकृत समाजवादी पार्टी निर्माणमा आफूहरूले सफलता पा्रप्त गर्ने बताउनु भयो ।
अर्का वक्ता नेकपा एकीकृत समाजवादीका पेलिटव्यूरो सदस्य श्रीनाथ बरालले २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य नरबहादुर कर्माचार्य लगायत ५ जनाले भारतको दरभंगावाट नेपाल कम्युनिष्ट पाटीको स्थापना गरेको बताउनु भयो । नेपालका बामपन्थी पार्टीहरूमा विभिन्न समयमा टुटफुट हुने गरेको बताउँदै कम्युनिष्ट पार्टीकासमर्थकहरूकोचाहनाबमोजिम नेपालमा एउटै कम्युनिष्ट पार्टीको आवश्यकता वराललेऔँल्याउनु भयो । नेपाल कम्युनिष्ट पार्टीएकीकृत समाजवादी कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पूर्ण लामा र सञ्चालन उप सचिव डिवी राईले बताउनु भयो ।
कार्यक्रमका अवसरमा पोखरा महानगरपालिका वडा नं ६ वाट नेकपा एमालेका कार्यकर्ताहरु अमन पौडेल, सुविन पौडेल, आयुष तिमिल्सिना, रोशन थापामगर, रोशन जलारी, राजन केसी, फिरोज पाहारी, सन्देश परियार, साईरस सिंङ, कपिल परियार आयुस थापा, विजय भट्टराई, पुष्प अधिकारी र पोखरा १६ का गौरी अधिकारी वास्तोला नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई प्रमुख अतिथी श्रेष्ठले अविर लगाएर पार्टीमा प्रवेश गराएका थिए ।