काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने बताउनु भएको छ ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा नेता खनालले समाजवादी शिक्षा पद्धतिको विकास नभएसम्म विद्यार्थी र देशको विकास नहुने बताउनु भएको हो । शिक्षा क्षेत्रमा भइरहेको व्यापार रोक्दै निशुल्क शिक्षा प्रदान गर्नु अहिलेको आवश्यकता भएको भन्दै उहाँले , ‘जबसम्म समाजवादी शिक्षा पद्धतिको विकास हुदैँन त्यति बेलासम्म विद्यार्थी र देशको विकास गर्न सक्दैनौ त्यसैले आज जुन प्रकारले शिक्षामा व्यापार चलिरहेको छ, यसलाई रोक्नुपर्छ । शिक्षा व्यवस्था भनेको आम जनतालाई राज्यले निशुल्क रुपमा दिनुपर्छ । शिक्षा जनताको मौलिक हकको कुरा हो ।’
नेता खनालले अहिले पनि पुनःउत्थानवादीहरूको धार देशमा रहेको भन्दै फेरि राजतन्त्र फर्काउँछु भनेर लाग्ने धारलाई विद्यार्थी आन्दोलन भित्रबाट बढार्न जरुरी रहेको बताउनु भयो ।
दोस्रो पुँजीवादी यथास्थितिवादी धार छ, त्यसले जुन ढंगले २०६३/०६३ मा क्रान्ति भयो, हाम्रो देशमा पुँजीवाद आएको छ, पुँजीवादी जनवाद हामीले स्थापना गरेका छौँ, अब यहाँबाट अझै अघि बढ्नुपर्नेछ’, खनालको भनाइ छ ।
अर्को दक्षिणपन्थी अवसरवादी धार पनि रहेको र त्यो धार, भन्न चाहिँ आफूलाई क्रान्तिकारी धार भन्ने गरेपनि यथार्थमा दक्षिणपन्थी अवसरवादी धार समात्ने र उसले जबज भन्ने गरेको बताउँदै जबज भनेको पनि पुँजीवादी जनवाद त्यसले पुर्याउने ठाउँ पनि पुँजीवादी यथास्थितिवाद नै हो । त्यसैले दक्षिणपन्थी अवसरवादी धारसँग पनि वैचारिक संघर्षहरु गर्नुपर्छ’, खनालको भनाइ छ । उनले देशव्यापी रुपमा पार्टीको संगठनलाई एक्लो पार्ने षड्यन्त्र भएपनि स्ववियू निर्वाचनमा देशको विद्यार्थी सङगठन भित्र चौथो संगठनको रुपमा विजय भएको भन्दै यो एउटा महत्वपूर्ण विजय भएको बताउनु भयो ।
विद्यार्थी आन्दोलन देशको समाजवादी आन्दोलनको एउटा अभिन्न अंग बन्न सफल भएको जनताको बहुदलीय जनवाद भनेको पुँजीवादी यथास्थितिवाद रहेको बताएका छन् । अव जबजबाट समाजको अग्रगति सम्भव छैन, समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव छ, उहाँले भन्नुभयो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पुँजीवादी यथास्थितिवादको धारालाई समाइरहेको भन्दै उनीहरूसँग वैचारिक संघर्षहरू गर्नुपर्ने बताउनु भयो । नेता खनालले समाजवादी जनवादमा पुगेर मात्रै आम नागरिकको विकास सम्भव हुने पनि बताउनु भयो ।
स्ववियु चुनावमा विजयी युवाहरुलाई स्वागत गर्ने समारोहमा प्रस्तुत टिपोट -
झलननाथ खनाल
१.सम्बोधन र नव वर्ष २०८० को बधाई !!
२.सबै विजयीलाई बधाई !!!
३.विद्यार्थी आन्दोलन भित्रका बर्तमान विभिन्न धारहरु -
१.यहाँ पुनरुत्थानवादीहरु पनि छन ।
२.पुँजीवादी यथास्थितिवादीहरु छन ।
३.विभिन्न खाले दक्षिणपन्थी औसरबादीहरु पनि छन ।
४क्रान्तिकारी समाजवादीहरू पनि छन ।
हामीले क्रान्तिकारी समाजवादीहरुलाई गोलबन्द गर्दै आम विद्यार्थीहरुलाई समाजवादका पक्षमा ल्याउने संघर्षलाई अघि बढाउनुपर्छ ।
४.हामी क्रान्तिकारी विद्यार्थीहरुका ६ चरित्रहरू -
१. देशभक्तिको पक्षमा उभिनु ।
२. लोकतन्त्रको पक्षमा उभिनु ।
३. प्रगतिशीलताको पक्षमा उभिनु ।
४.समाजवादका पक्षमा उभिनु ।
५.विद्यार्थी हित, हक र अधिकारका पक्षमा उभिनु ।
६.समाजवादी शिक्षा पद्धतिका पक्षमा उभिनु ।
५. स्ववियुमा बिजयी विद्यार्र्थीहरूको काम कर्तव्य -
१.आम विद्यार्र्थीहरुका हित, हक र अधिकारको रक्षा गर्ने ।
२ .६ चरित्र भएका विद्यार्थीहरुलाई गोलबन्द गर्ने ।
३.विद्यार्र्थीहरूको पठनपाठनलाई नियमित र व्यवस्थित गर्न मद्दत गर्ने ।
४.कक्षाहरु नियमित छन, छैनन हेर्ने ।
५.परीक्षा नियमित र ठीक समयमा भइरहेको छ कि छैन हेर्ने ।
६.विभिन्न विषयहरुमा विचार गोष्ठी र साहित्य गोष्ठी आयोजना गर्ने ।
७.क्याम्पसका र त्रिविका भौतिक संरचनाहरू राम्रो बनाउने ।
८.सरसफाईमा राम्रो बनाउने, हरियाली वातावरण बनाउने ।
९.शैक्षिक, प्राज्ञिक वातावरण राम्रो बनाउन प्रयत्न गर्ने । पाठ्यक्रमलाई जनमुखी समाजबाद मुखी बनाउने ।
१०.अतिरिक्त क्रियाकलापलाई व्यवस्थित रूपले विकास गर्ने ।
११.क्याम्पसहरुलाई आधुनिक प्रविधि मैत्री बनाउने ।
१२.क्याम्पस वा स्ववियू भित्र नै हुन सक्ने भ्रष्टाचारको विरुद्ध उभिने, कुनैपनि प्रकारका गुन्डागर्र्दीका विरुद्ध उभिने ।
१३.राष्ट्रिय मुद्दाहरुमा विद्यार्र्थीहरुलाई परिचालित गर्ने, विभिन्न सवालहरुमा संघर्ष,वा संयुक्त संघर्ष सञ्चालन गर्ने ।
१४.विद्यार्र्थीहरूको पलायन रोक्न पहल गर्ने । शैक्षिक वाताबरण गुणस्तरयुक्त बनाउने ।
१५.हाम्रो स्ववियु प्रतिनिधिहरु हर प्रकारका नमुना बन्नुपर्छ र आम विद्यार्र्थीका नेताका रुपमा आफुलाई स्थापित गर्नुपर्छ ।
६.आज विद्यार्र्थी आन्दोलनमा पनि दक्षिणपन्थी अवसरवाद हाबी छ ।
अहिलेको समाजको चरित्र ‐ पूँजीवादी समाज ।
अहिलेको प्रधान अन्र्तविरोध ‐ दलाल पुँजीवादी र ब्यापक जनता बीचको अन्र्तरबिरोध
अहिलेको प्रधान शत्रु ‐ दलाल पुँजीवाद र त्यसलाई प्रतिनीधित्व गर्ने शक्ति ।
दलाल पुँजीबादका विरुद्ध व्यापक संयुक्त मोर्चा बनाउने ।
७.आज सिंगो देश ठूलो संकटबाट गुज्रिरहेको छ ।
राजनीतिक संकट गहिरिदै छ ।
आर्थिक संकट गहिरिदै छ ।
सांस्कृतिक संकट गहिरिँदै छ ।
राष्ट्रियताको संकट पनि गहिरिदै छ ।
यस्तो बेलामा बाम एकता जरुरी हो तर दक्षिणपन्थी औसरवाद नै सबैभन्दा ठूलो बाधा बनिरहेको छ ।
कम्युनिष्ट आन्दोलन पुनर्गठनको प्रक्रियामा छ र हाम्रो पार्टीले त्यो पुर्नगठनको नेतृत्व गर्नुपर्छ ।
८.आज सिंगो विश्व नै ठूलो उथलपुथल र व्यापक परिवर्तनबाट गुज्रँदै छ ।
पश्चिमा शक्ति आक्रमक छन तर उनीहरु दिनप्रतिदिन कमजोर बन्दै छन ।
चीन हर प्रकारले विश्व शक्तिका रुपमा विकसित भइरहेको छ ।
युक्रेन युद्ध एउटा मापदण्ड बन्दै छ ।
विश्वमा शान्ति र समाजवादका शक्तिहरु बलियो बन्दैछन ।
साम्राज्यवाद संकटग्रस्त बन्दैछ ।
अहिले खुद पुँजीवादी मुलुक भित्र संघर्ष उर्लिदै छ ।
कम्युनिष्ट पार्र्टीका शक्तिहरु बिकसित हुँदैछन ।
बिश्वब्यापी रुपमा सामाज्यबाद बिरोधी संघर्षले गति लिदैँ छ ।
९ एउटा शक्तिशाली अनेरास्ववियूको आबश्यकता
अनेरास्ववियूलाई नियमित र जनअनुमोदित संगठनका रुपमा बिकास गरौँ
यथाशिघ्र राष्ट्रिय अधिवेशन सम्पन्न गरौँ ।
हाम्रो कार्यदिशा,नीति र कार्यभारलाई अध्यावधिक गरौँ ।
एउटा देशब्यापी,लडाकु,सकृय र बिधार्थी ब्यापी संगठनको निर्माण गरौँ ।
तव मात्र बदलिदोँ राष्ट्रिय र अन्र्तराष्ट्रिय स्थितिमा ठोस भूमिका खेल्न सक्छौँ
(अनेरास्ववियू केन्द्रिय कमिटिको आयोजनामा भएको सम्मान तथा नँया बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रममा पूर्बप्रधानमन्त्री तथा सम्मानित नेता झलनाथ खनालले राख्नुभएका टिपोटहरु -२०८० बैशाख ०६)