राजेन्द्र कुँवर
नेकपा ( एमाले ) ले को ९ औं महाधिवेशनका फैसलालाई अस्वीकार गर्दै एमालेमा व्यक्ति बादी चिन्तन हाबी भएको भन्दै असन्तुष्ट बनेका डाक्टर भीम रावलसँग वार्ता गर्न उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय टोली चैत्र १८ गतेको सचिवालयको बैठकले गठन गरि काम गर्ने अख्तियारी समेत दिएको थियो ।
वार्ता टोलीले करिब दुई हप्ता भन्दा एक दिन बढी गुजारेर वार्ता संवाद अगाडि बढाएको छ यति लामो समय लगाएर डाक्टर भीम रावलसँग कुरा गर्नु भनेको षड्यन्त्रको अर्को रूपमा हेर्ने गरिएको छ रावलका समर्थक शुभचिन्तक ।
काठमाडौँमा बसेर डाक्टर भीम रावलसँग वार्ताको नाटक मञ्चन गरे पनि उनीसँग रहेका केन्द ,प्रदेश जिल्ला र स्थानीय तहमा केही इमानदार नेता कार्यकर्तालाई फकाउन सकिन्छ कि भनेर यति लामो समय लिएको हो भनेर रावलसँग नजिक रहेकाहरु सशंकित भएका छन ।
अहिले पनि डाक्टर भीम रावलसँग नजिक भएका नेता कार्यकर्ताहरूले एमाले पङ्क्तिलाई सजिलोसँग विश्वास गर्नु पर्ने वातावरण बनेको देखिदैन अनेरास्ववियु ,महिला संघ र युवा संघको राष्ट्रिय अधिवेशनमा उनी समर्थकले सामान्य प्रतिनिधित्व गर्ने बाहेक अन्य भूमिकामा आउनलाई रोकेको छ । नेता र कार्यकर्तालाई डाक्टर भीम रावललाई एक्लो पार्ने योजना बनाउने कार्यमा एमालेको पंक्ति निकै मेहनत गरेर लागि रहेको सजिलोसँग बुझ्नलाई कसैलाई गाह्रो छैन ।
नीति, विधि र पद्धतिका हिसाबले एमाले च्युत भएर नौं महाधिवेशनमा पारित भएको राजनीतिक प्रतिबेदन, विधान कार्यनीति र कार्यक्रमको धज्जी उडाइ ब्याक्ति बादी चिन्तन बाट ग्रसित भएको ठम्याइमा पुगेर पार्टी भित्र वा बाहिर जनप्रतिनिधिको हैसियतले सडक हो वा सदनमा आफ्ना बिचार राख्न कुनै कन्जुस्याइँ गरेका थिएन रावलले ।
राष्ट्र ,राष्ट्रियता जनताका जनजिविकाका सवालमा उनले कुनैसँग अनुचित सम्झौता गरेन त्यसै कारणले गर्दा डाक्टर भीम रावल राष्ट्रिय राजनीतिको केन्द्र भागमा मात्रै होइन कम्युनिष्ट पार्टीको वैचारिक नेताको रूपमा आफ्नो पहिचान बनाउन सफल भए ।
अहिले आएर डाक्टर भीम रावल आफूले देश , जनता असल कम्युनिष्ट पार्टी र त्यसका कार्यकर्ताका सवालमा उठाएका मुद्दा लाई थाती राखेर एमालेजन सँग सम्झौता गरेर आत्मसमर्पण गर्छन वा विद्रोह हेर्न बाकी नै छ ।
अबको पछिल्लो समयमा डाक्टर भीम रावललाई अलमल गर्ने कुनै छुट नभएको सजिलोसँग बुझिएको छ । विभिन्न बाहाना वा दस बुदे सहमतिका नाममा एमालेमा लागेमा उनको राजनीतिक कत्ल्याम हुन्छ भनेर सुझाव नदिएको होइन तर त्यो सुझावलाई रावलले ग्रहण गरेन आखिर उनको अहिले राजनीति हत्या नै भएको छ ।
नेकपा एमालेको महाधिवेशन बाट पराजित अध्यक्षका उम्मेदवारलाई वरिष्ठ नेता बनाउने असल परम्परा भए पनि दशौ महाधिवेशनमा त्यस्को धज्जी उडाउने काम मात्रै भएन डाक्टर रावललाई लखेट्ने काम पनि भयो ।
नगर ,निर्वाचन क्षेत्रीय कमिटीले डाक्टर भीम रावललाई संघीय निर्वाचनका लागि अछाम क्षेत्र नम्बर १ बाट सर्बसम्मत निर्णय गरे पनि त्यस लाई लत्याउदै उम्मेदवारी समेत खोसेन सुदुरपश्चिम र कर्णाली प्रदेशमा रावलको प्रभाव क्षेत्रमा गएर के पि ओलिले मंच बाट अपमानित हुने शब्द प्रयोग भएको तथ्य घाम जस्तै छ ।
अहिले फेरि उनै रावललाई एमालेलाई हराउन महत्त्वपूर्ण भुमिका खेलेको आरोप मात्रै होइन पार्टी अनुशासन बिपरित काम गरेको पनि कुरा जोडतोडले उठाउने गरेका छन । नेपालका दुईवटा ठुलो कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र एकता पछि बनेको नेकपाको निर्माण देखि नै पार्टी संचालनको निश्चित विधि पद्धति हुनुपर्छ भनेर खरो बहसमा उत्रेका भीम रावल निकै पछिल्लो समयामा ओझेलमा परेका छन ।
सर्बोच्च अदालतको आदेश बाट नेकपाको बिभाजन पछि बनेको एमाले पार्टीको भुमिका र सुदुरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी बाट मुक्त गरि भुमिका बिहिन बनाएको थियोे । त्यस अघि भीम रावल लगाएतका दस जना माधवकुमार नेपाललाई विद्रोह गर्नु पर्छ भनेर उचाल्ने समुहका मुख्य पात्रमा पर्नु हुन्थ्यो । एमालेमा विद्रोह गर्नु पर्छ भनेर अन्तिम तयारी गरेको समयमा सहमतिको नाममा दस बुदेलाइ उल्लेख गरेर भीम रावल अन्तिममा आएर के पि ओलि समुहमा सहभागी बने ।
नेकपा एमालेमा फर्केका दस जनालाइ ओलिले पुरानै २०७५ साल जेठ ३ गते अगाडिको भुमिका जिम्मेवारी दिए पनि कमरेड भीम रावलको हकमा चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भने झै भएको थियो । पछिल्लो सबै घटनाक्रम लाई नियालेर हेर्ने हो भने डाक्टर भीम रावललाई पार्टी काममा फर्काएर भुमिका सहितको जिम्मेवारी पार्टीले दिने कुरामा थुप्रै आसंक्का उब्जाएको छ ।
साच्चिकै अब एमाले डाक्टर भीम रावलले भनेको जसरी रुपान्तरण भएको हो ? देबत्वकरण बाट मुक्त भएको हो ? लेनिनवादि संगठनात्मक सिद्धान्त बाट अगाडि बढेको हो ? जनबादि र केन्द्रियतालाइ आत्मसात गरेको हो ? नेतृत्व प्रधान मान्न छोडेर नीति प्रधान मान्न थालेको हो ? गैर कम्युनिष्ट मित्रवत व्यबहार कम्युनिष्ट लाई सत्रुतापूर्ण व्यबहार गर्ने नीति र नेतृत्वमा परिवर्तन भएको हो ? कुनै आग्रह पुर्बाग्रह नराखेर भीम रावल र उनको समुहलाइ साच्चिकै जिम्मेवारी दिएर काममा लगाउन खोजेको हो ? वा डाक्टर भीम रावलले आँखा चिम्लेर आत्मसमर्पण गर्ने हो ? यिनै शंक्काको घेरामा छ एमालेको बर्तमान नेतृत्व र भीम रावल ।
लेखक: प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज हुनुहुन्छ